×

Nic Asia
Marvel

राष्ट्रियताको बहस

नेपाली राष्ट्रियताको मौलिक आधार के हो ?

काठमाडाैं | पुस १७, २०७८

TVS INSIDE

यस वर्षको पुस २७ गतेदेखि पृथ्वीजयन्तीले त्रिशताब्दी अर्थात् ३०० वर्ष पूरा गर्दैछ । श्री५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्त्वमा स–साना भुरे–टाकुरे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेर स्वतन्त्र एवं सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा स्थापित गर्न सम्भव भएको हो ।

IME BANK INNEWS
morang Auto yamaha

एकीकरणका नायक एवं नेपालको पुनर्जागरणका संवाहक पृथ्वीनारायण शाह, चाहे गणतन्त्रवादी होस् वा राजतन्त्रवादी दुवै राजनीतिक व्यवस्थामा आस्था राख्ने सबै देशभक्त नेपालीको साझा हुनुहुन्छ । जरोकिलो महाअभियानको आह्वानमा यसै वर्षदेखि पुस २७ गतेलाई अन्तर्राष्ट्रिय रूपमा हिमवत्खण्ड पुनर्जागरण दिवसको रूपमा मनाउन लागिएको छ ।


Advertisment
NMB BANK
Saurya island

आधुनिक नेपाल राष्ट्रको एकीकरणकर्ता शाहको ३००औं जयन्ती आइनपुग्दै नेपाल राष्ट्रको अस्तित्व र अस्मितामाथि चौतर्फी प्रहारहरू भइरहेका छन् । चीनका माओ र भारतका गान्धी जयन्तीको दिवसमा भव्य कार्यक्रम गर्नेहरू पृथ्वीनारायण शाहको मानमर्दन गर्ने, शालिक तोडफोडमा उत्रिएका छन् । 

साम्प्रदायिकता भड्काउने, घृणावादी कित्ताकाट गर्ने र राष्ट्रियताको संकीर्ण परिभाषा गर्नेहरूलाई नेपाल राष्ट्र स्थापना भएको चित्त बुझेको छैन । जब–जब पृथ्वी जयन्ती नजिकिन्छ, तिनीहरूलाई औडाहा भएको देखिआएकै छौं ।

Vianet communication
Maruti inside

नेपालमा घृणा, द्वन्द्व र विभाजनको एजेण्डा बोकेका पहिचानको राजनीति गर्नेहरू नेपाल राष्ट्र निर्माणको आधार नै कमजोर भएको तर्क गर्न थालेका छन् । संयुक्त राज्य अमेरिकाको जर्ज वाशिंगटनलाई आदर्श बनाएर पृथ्वीनारायण शाहको मानमर्दन गर्न थालेका छन् ।

आयातित दृष्टिकोणको चश्मा लगाएकाहरूले नेपाली राष्ट्र निर्माणको आधारमा खोटैखोट देख्नु अनौठो होइन । साउनमा आँखा फुटेको गोरुले जताततै हरियो देख्छ भनेझैं विदेशी दास मानसिकताले ग्रस्तहरूले आफ्नो सभ्यता, संस्कृति, राष्ट्रियताभित्र समस्यै–समस्या देख्नु स्वाभाविक हो । गतार्थ एवं वर्तमान विश्व परिस्थितिमा असान्दर्भिक भइसकेको एकल राष्ट्र राज्य, द्वीराष्ट्रिय राज्य र बहुराष्ट्रिय राज्यको दृष्टिविन्दुबाट संकीर्ण राष्ट्रियता चिन्तन गर्नेहरूलाई पृथ्वीजयन्ती वा राष्ट्रिय एकता दिवस घाँडो हुने गरेको छ । 

‘वेस्ट फ्यालिया’ सन्धिको उपज

पटक–पटक चर्चा भइसकेको छ कि जात, जाति, सम्प्रदाय, भाषिक समुदाय, धार्मिक सम्प्रदाय, छालाको रंग, नाकको बनोट जस्ता समाजमा हुने स्वाभाविक विशेषतालाई राष्ट्र/राष्ट्रियता मान्ने अवधारणा युरोपमा सन् १६४८ मा भएको वेस्ट फ्यालियाको सन्धिले स्थापना गरेको हो । क्याथोलिक र प्रोटेस्टेन्ट सम्प्रदायको ३० वर्षे साम्प्रदायिक द्वन्द्वलाई समाधान गर्न गरिएको वेस्ट फ्यालियाको सन्धिले स्थापित गरेको मान्यतासँग नेपालका वैदिक सनातन हिन्दू, बौद्ध, किरात, बोन, जैनसँग कुनै लिनुदिनु छैन । जन्मको आधारमा प्राप्त गरिने स्वाभाविक विशेषतालाई राष्ट्रियता मान्ने संकीर्णता त्यो बेलाको युरोपको तत्कालीन समस्याको समाधान गर्न लिइयो होला । एउटै मात्र जाति वा एउटै मात्र भाषा वा एउटै मात्र सम्प्रदायका मानिसहरूलाई राष्ट्र निर्माणको आधार तिनै विशेषता उचित लाग्यो र त्यही बनाए ।

राष्ट्रियताको त्यो संकीर्ण चिन्तन तत्कालीन युरोपकै सबै क्षेत्रमा लागू हुनसक्ने अवस्था थिएन भने झण्डै ४०० वर्षपछि आजको समयमा नेपालमा लाद्न खोज्नु मूर्खता हो । नेपाल जस्तो विविधतायुक्त देशमा त्यहीँको जस्तो मान्यता न कहिले अवलम्बन गरिएको थियो, न भविष्यमा गरिनु राष्ट्रको स्वाधीनता र सार्वभौमसत्ताको लागि उचित हुन्छ ।

तर नेपालमा घृणावादी कित्ताकाट गर्ने बहुराष्ट्रिय राज्यका मतियारहरूले नयाँ फण्डा शुरू गरेका छन् । एकल राष्ट्र राज्यको अवधारणा वेस्ट फ्यालियाको सन्धिबाट आएको हो तर बहुराष्ट्रिय राज्य होइन । यो सफेद झूट हो । जात, जाति, प्रजाति, भाषा, नश्ल, सम्प्रदायलाई राष्ट्र मान्ने वेस्ट फ्यालियाको सन्धिको मान्यता हो । यो संकीर्ण मान्यताअनुसार कुनै देशमा एउटै मात्र जात, जाति, प्रजाति, भाषा, नश्ल, सम्प्रदाय भए एकल राष्ट्रिय राज्य, २ वटा भए द्वीराष्ट्रिय राज्य र २ भन्दा बढी भए बहुराष्ट्रिय राज्य भनिन्छ । यो सामान्य साक्षरले समेत बुझ्न सक्छ । घृणावादी कित्ताकाट गरेर हुन्छ वा फरक विचार राख्नेको गर्धन काटेर हुन्छ, सत्ता जसरी पनि प्राप्त गर्नुपर्छ भन्नेहरूको समूह बहुराष्ट्रिय राज्य पनि नेपालको मौलिक व्यवस्था हो भन्न पछि पर्दैनन् ।

नेपाल बहुराष्ट्रिय राज्य हो भन्ने तर्क कुनै केटाकेटीलाई राति निन्द्रा लगाउन सुनाइएको लोहोरी होइन, नेपालमा जाति, प्रजाति, नश्लको आधारमा संघीयताको रेखांकन गरेर देशलाई टुक्राटुक्रा पार्ने षड्यन्त्र हो । जति नै स्वर्ण लेपन गरे पनि बहुराष्ट्रिय राज्यको तर्क जातीय संघीयताको लागि हो, कुरा स्पष्ट छ । बहुराष्ट्रिय राज्यको कूतर्कधारीले राज्यराष्ट्र सिद्धान्तलाई यथास्थितिवादी देख्छन्, जब कि आफू गतार्थ (आउट डेटेड) अवधारणा बोकेर कबिलाको अवस्थामा पुर्‍याउन उद्धत छन् ।

राज्य निर्माणको आधार के ?

राज्य निर्माणको सर्वमान्य आधार संसारमा कतै छैन । कतै प्रतापी व्यक्तिको उदय भएर राज्य अस्तित्वमा आएको छ । कतै सांस्कृतिक साम्राज्यवादविरुद्ध लड्ने क्रममा राज्य अस्तित्वमा आएको छ । कतै जाति, प्रजाति, नश्ललाई राष्ट्रियता मान्दै राष्ट्रियताको संरक्षण गर्न भन्दै राज्य अस्तित्वमा आएका छन् । कतै प्राकृतिक भूबनोट नै राज्य निर्माणको प्रमुख आधार प्रदान गरेको छ । 

राज्य निर्माण फरक–फरक किसिमले हुन्थ्यो भन्ने कुरा प्राचीनकालमा मात्रै होइन, आधुनिक कालमा पनि देखिएको छ । आधुनिक कालको नेपाल श्री५ पृथ्वीनारायण शाहले स–साना भुरे–टाकुरे राज्यमा विभाजित नेपाललाई पुनःएकीकरण गर्ने क्रममा बन्यो । सिंगापुर मलेसियाबाट निकालिएर बन्यो । छिमेकी राष्ट्र इन्डिया बेलायती साम्राज्यवादविरुद्ध लड्ने क्रममा बन्यो । संयुक्त राज्य अमेरिका बेलायती करको भार र शासनमा हालीमुहालीबाट बच्न बन्यो । फरक स्थानमा फरक परिस्थितिको कारण राज्य अस्तित्वमा आएका छन् । त्यसकारण राज्यको स्थापना पारिस्थितिक सम्भाव्यताको आधारमा हुन्छ भनिएको हो । राज्य निर्माण कुनै एकै मात्र आधार छैन ।
 
बाँदरको शरीरमा घाउ भयो भने कोट्याउँदै कोट्याउँदै झन् ठूलो घाउ पार्छ भन्ने भनाई छ । राज्यराष्ट्र सिद्धान्तले राज्य निर्माण किन भयो र कसरी भयो भन्ने विषयमा चर्चा गर्दैनन् भन्ने बाँदरे आरोप हो । घृणा, द्वन्द्व र संकीर्णताले ग्रस्तहरू इतिहासबाट पाठ पढ्नको लागि भन्दा पनि भताभुङ्ग पार्नको लागि यो विषय अनावश्यक तरिकाले कोट्याइरहेका छन् । नेपालको एकीकरण भएर एउटा राज्य बनिसकेको छ । नेपाल राज्य निर्माणको आधार कमजोर छ भनेर श्री ५ पृथ्वीनारायण शाहलाई अमेरिकाका जर्ज वाशिंगटनसँग तुलना गरेर त्यहाँको मापदण्डमा नेपालको राज्य निर्माणको आधारको गुणस्तर मापन हुन्छ ? राज्य निर्माणका विभिन्न परिस्थितिजन्य सम्भाव्यता हुन्छन् भनेर स्वीकार गरिसकेपछि फेरि किन कोट्याउनुपर्‍यो ? स्थापित राज्यलाई कसरी सबैको साझे बनाउने, कसरी सबैथरी अनुहार देखिने संरचना बनाउने भनेर चिन्तन गर्ने कि बाँदरले घाउ कोट्याएर ठूलो पारेझैं गरी समस्या बल्झाउने ?

राज्यराष्ट्र सिद्धान्त संसारको कुनै पनि देशमा लागू भइसकेको छैन । सिद्धान्तको अभिनिर्माण नै नेपालमा भएर यो सिद्धान्त सम्बन्धि पुस्तक विक्रम संवत् २०७३ सालमा पहिलो संस्करण प्रकाशित भएको हो भने अन्यत्र पनि लागू भइसकेको छ भनेर हौवा फैलाउन उद्धत देखिन्छन् । कुनै पनि देशको भू–राजनीतिक वैधानिकता र सामाजिक सांस्कृतिक अन्तरघुलनको समष्टि नै राज्यराष्ट्र हो । जर्मनी फुट्नु ठीक कि जुट्नु ठीक ? राज्यराष्ट्र सिद्धान्तले कुनै पनि उत्तर दिन चाहँदैन अथवा दिनु उचित ठान्दैन भन्नु राज्यराष्ट्र सिद्धान्त सम्बन्धी अल्पज्ञान हो । राज्यराष्ट्र पुस्तकको पृष्ठ ४५ को दोस्रो हरफमा लेखिएको छ, ‘पहिले अलग्गै–अलग्गै रहेका २ प्रतिस्पर्धी एकाइहरू कुनै बृहत्तर एकताको आधार पहिल्याएर एउटै भू–राजनीतिक–वैधानिक संरचनामा समेटिन सके भने यो त ‘द्वि–राष्ट्रियता’ले दिएको सकारात्मक योगदान नै मान्नुपर्छ ।’

राज्यराष्ट्र सिद्धान्त पूर्ण रूपमा लागू भइसकेपछि मात्रै होइन, वेस्ट फ्यालियाको सन्धिको धङधङीमा हिँडेकाहरूबाट पनि हुनसक्ने सकारात्मक परिघटनाको सम्भाव्यतालाई आकलन गरेर बृहत्तर एकताको लागि प्रोत्साहन गरिएको छ राज्यराष्ट्र सिद्धान्तको दृष्टिकोणबाट । राज्यराष्ट्र सिद्धान्तले राष्ट्रियताको आधार नै राज्यलाई मान्छ । जब जर्मनी विभाजित अवस्थामा थियो, त्यहाँ २ वटा राष्ट्रियता थियो, किनभने २ वटा राज्यहरू अस्तित्वमा थिए । जब २ जर्मनी एकीकरण भयो, त्यसपछि एउटै राष्ट्रियता मान्छ । यो त नेपालका बहुराष्ट्रिय राज्यधारीहरूको समस्या हो कि पूर्वी जर्मनी र पश्चिम जर्मनी छुट्टाछुट्टै हुँदा पनि राष्ट्रियता चाहिँ एउटै देख्छ । भलै त्यहाँ सोर्व, बाभारियन, फ्रीसियन, प्रोटेस्टेन्ट, क्याथोलिक, मुस्लिमहरूको विविधता छ । त्यही विविधता नेपालमा भएको भए नेपाल बहुराष्ट्रियता हुन्थ्यो तर जर्मनीमा भएको भएर एउटै मात्र राष्ट्रियता भयो, होइन त ?

उत्तर कोरिया र दक्षिण कोरिया २ फरक राज्य हुन् । यी राज्यले चर्चेको भूभागमा रहने नागरिकको राष्ट्रियता पनि फरक छ तर नेपालका बहुराष्ट्रिय राज्यधारीहरूले ठाउँठाउँमा मनलाग्दी मापदण्ड बनाउँदै हिँड्छन् । नेपालमा फरक जात, जाति, सम्प्रदाय भएको हुँदा नेपाललाई बहुराष्ट्रिय राज्य भन्नुपर्ने रे तर उत्तर कोरियामा चिनियाँ मूलका मानिस, जापानी मूलका मानिस, बौद्ध सम्प्रदाय, कन्फ्युसियस सम्प्रदाय, दक्षिण कोरियामा प्रोटेस्टेन्ट १९ प्रतिशत, बौद्ध १५ प्रतिशत, क्याथोलिक ८ प्रतिशत भए पनि राष्ट्रियता चाहिँ एउटै रे, लौ ! अरुलाई ठगेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजे पनि कम्तिमा अरुले फेला पार्न नसक्ने गरी ठग्नु नि ! अरुलाई ‘अवैज्ञानिक’ प्रमाणित गर्न खोज्दा आफू नांगिएको पत्तै भएनछ ।

म्यानमारमा रोहिंग्यामाथि सरकारी दमन भयो । भुटानमा नेपाली भाषीमाथि दमन भयो । जर्मनीमा यहुदीमाथि दमन भयो । जात, जाति, प्रजाति, नश्ल, भाषा, सम्प्रदायलाई राष्ट्रियता मानेर राज्य निर्माण गरेपछि राज्य उक्त ‘राष्ट्रियता’को दमन गर्ने हतियारको रूपमा प्रयोग हुन्छ, फलस्वरूप आफूभन्दा फरक जात, जाति, प्रजाति, नश्ल, भाषा, सम्प्रदायलाई दमन गर्न खोज्छ अथवा उसको सांस्कृतिक पहिचान मासेर आफ्नो जस्तै लाद्न खोज्छ । यो एकल राष्ट्रिय राज्य (राष्ट्र–राज्य) को विशेषता नै हो तर यसको समाधान बहुराष्ट्रिय राज्य हो त ? रोहिंग्यामाथि दमन भयो भनेर रोहिंग्याको संरक्षणका लागि राज्य बनाउने हो भने त्यो राज्यले चर्चेको भागमा रोहिंग्याबाहेक अरु कोही बस्ने कि नबस्ने ? बस्ने भए उक्त स्थानमा रहेका रोहिंग्याबाहेक मोन, कचिन, करेन, शान, वा, नागा, लाहुको संरक्षण कसले गर्ने ? रोहिंग्याको संरक्षणको लागि बनाइएको राज्यको आडमा मोन वा नागामाथि दमन भयो भने फेरि रोहिंग्याको लागि बनाइएको राज्यभित्र अर्को मोन र नागाको संरक्षणको लागि राज्य बनाउने ? कि इन्डिया र पाकिस्तान विभाजन हुँदा जस्तो रोहिंग्या जति म्यान्मारको जुनसुकै ठाउँमा भए पनि रोहिंग्याको लागि बनाएको राज्यमा जाने ? यसरी समाधान हुन्छ ?

राज्यराष्ट्र सिद्धान्तले त यसको समाधान दिएको छ । नागरिक तथा राजनीतिक अधिकार र सांस्कृतिक अधिकारको विशिष्टीकृत प्रत्याभूति गरिएको हुन्छ राज्यराष्ट्र सिद्धान्तको अवलम्बन गरेपछि । देशको जुनसुकै कुनामा जुनसुकै जाति, प्रजाति, भाषा, सम्प्रदायको भए पनि नागरिक तथा राजनीतिक अधिकारको क्षेत्रमा बराबर अधिकार हुन्छ भने पहिचानको पनि संरक्षण हुने गरी सांस्कृतिक पहिचानको अवलम्बनको लागि अग्राधिकार प्रदान गरिएको हुन्छ । सांस्कृतिक अधिकारको क्षेत्रमा कार्य गर्न सांस्कृतिक प्रतिनिधि र राजनीतिक क्षेत्रमा कार्य गर्न राजनीतिक प्रतिनिधि चुन्ने व्यवस्था हुन्छ । यसले गर्दा एकल राष्ट्र राज्यमा जस्तो एउटा सांस्कृतिक पहिचान भएका समूहले अर्को फरक पहिचान मास्न सक्दैन, साथै सबै मौलिक सांस्कृतिक पहिचानहरूको प्रतिनिधित्वको ग्यारेन्टी हुने हुँदा राज्य सबै सांस्कृतिक अवयवहरू साझा हुनपुग्छ । बहुराष्ट्रिय राज्यमा जस्तो जुन जाति, प्रजाति, सम्प्रदायको संरक्षणको लागि बनाइएको छ, बसाइँसराइँ गरेर त्यहीँ गए मात्रै सुरक्षित हुने अवस्था पनि रहँदैन । 

पृथ्वीनारायण शाहको मानमर्दन

विदेशी सिद्धान्तका चश्मा लगाएका फोटोकपीधारीहरू नेपालका हरेक विषयलाई विदेशी दृष्टिकोणबाट हेर्छन्, विदेशी मापदण्ड लगाउँछन् । बहुराष्ट्रिय राज्यको आयातीत एजेण्डाधारीबाटै पृथ्वीनारायण शाहको मानमर्दन गर्ने कुरा आउनु अनौठो होइन, किनभने नेपाल राष्ट्र टुक्राटुक्रा नपर्दासम्म यिनीहरूको नियोजित षड्यन्त्र पूरा हुँदैन । नेपाललाई एकीकृत राख्ने हरेक विषयहरूमाथि प्रहार यिनीहरू गरिरहन्छन् ।

पृथ्वीनारायण शाह मात्रै होइन, टुक्राटुक्रामा विभाजित नेपाललाई एकीकरण गर्न अन्य राजाहरूले पनि प्रयास गरेका थिए । काठमाडौंका यक्ष मल्लले नेपालको सिमाना मगध, गया, मिथिला र मोरङसम्म पुर्‍याएका थिए । विभिन्न समयका राजाहरूले आफ्नो राज्य विस्तार गर्ने प्रयास गर्छन् तर विस्तारित राज्य पहिलैदेखि रहेको भू–राजनीतिक–वैधानिकताको निरन्तरताको लागि हो भने पुनः एकीकरणको रूपमा लिनुपर्छ । पृथ्वीनारायण शाहपछि नेपाल नामको भू–राजनीतिक–वैधानिकता शुरू भएको होइन । यसको इतिहास हजारौं वर्ष पुरानो छ । नेपालको पुनर्जागरणको लागि जसजसले प्रयास गरे, ती सबैको कदर गर्नैपर्छ तर पृथ्वीनारायण शाहको सम्मान गर्दा अरुको अपमान हुने सोच्नु २ फक्लेटे दृष्टिकोणको उपज हो । 

मैले मेरो आमालाई माया गर्छु भन्दा अरुको आमालाई घृणा गर्छु भनेर बुझ्नु मानसिक रोग हो । आजको नेपालको भू–राजनीतिक–वैधानिकता पृथ्वीनारायण शाहको कारण जोगिएको हुँदा उहाँ नै राष्ट्रिय एकताको प्रतिक हुनुहुन्छ र मान्नुपर्छ । पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रूपमा सम्मान गर्दा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन योगदान पुर्‍याएका बाँकी सबैको अपमान गरिएको सोचिन्छ भने त्यो गलत हो । 

जर्ज वासिङ्गटन र पृथ्वीनारायण शाह झण्डै समकालीन थिए । जर्ज वाशिंगटनले १३ वटा राज्यहरूको सम्मेलन बोलाएर संयुक्त राज्य अमेरिका खडा गरे तर पृथ्वीनारायण शाहले युद्धको बाटो लिए भनेर घुमाउरो शैलीमा राष्ट्रनिर्मातालाई कमसल देखाउन खोजिएको छ । जर्ज वाशिङ्गटन र पृथ्वीनारायण शाहको परिस्थिति एकै थियो त ? तत्कालीन बेलायती साम्राज्य रहेको अमेरिकाको साझा दुश्मन बेलायती चर्को कर र शासन व्यवस्थामा हालीमुहाली थियो भने नेपाल एकीकरणअघि अंग्रेजी सेनाले दक्षिणमा रहेका थुप्रै राज्यहरू एकपछि अर्को युद्ध गरेर जित्दै गएको थियो । मौका मिले एउटा राज्यले अर्को राज्यमा आक्रमण गर्ने अवस्था थियो । त्यस्तो अवस्थामा एउटा राज्यको सार्वभौमसत्ता अर्को राज्यलाई सहजै हस्तान्तरण अवस्था आन्तरिक रूपमा पनि थिएन र ढिलो गरेको भए एकपछि अर्को गर्दै अंग्रेजले कर्ल्याप्प पार्ने अवस्था थियो । अनि युद्ध नगरेर के गर्नु ?

पृथ्वीनारायण शाह र जर्ज वाशिङ्गटनले तत्कालीन परिस्थितिमा जे गर्दा उपयुक्त हुन्थ्यो त्यही गरे । आज नेपालको अवस्थाको दोष पृथ्वीनारायण शाहमाथि थोपर्नुभन्दा आफू भारतमा ‘ज्वाइँ’ जसरी लुकेर भारतविरुद्ध युद्ध गर्ने भन्दै नेपालका विद्यालयमा ट्रेञ्च खन्ने आफ्नै नेतालाई सोधे छिटो उत्तर पाइन्थ्यो कि ? आजको नेपालको अवस्थाको दोषी पृथ्वीनारायण शाह होइनन्, हरेक कुरा विदेशबाट फोटोकपी बोक्ने कपूतन्त्र हुन् । युवा बेच्ने नेता हुन् । पार्टी पÞmुटाएरै भए पनि, जातजातिबीच संकीर्णता रेखा कोरेरै भए पनि राजनीतिक अभीष्ट पूरा गर्न खोज्ने बहुराष्ट्रिय राज्यधारीहरू हुन् । फरक विचार राख्नेको गर्धन छिनाल्ने, संस्कृत भाषा पढाएको भन्दै झुण्ड्याएर मार्ने र धार्मिक प्रवचन गर्दा छातीमा गोली हान्नेको नेतृत्वमुनि बसेर पृथ्वीनारायण शाहले जर्ज वाशिङ्गटनले जस्तो वार्ता गरेर एकीकरण गरेनन् भन्नु हास्यास्पद सुनिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं विजयपछि जीवित देवी कुमारीलाई ढोगेर खड्ग साटे । गोर्खामा त कुमारीको प्रचलन थिएन । न उनले शाक्यको छोरीलाई कुमारीबाट हटाएर ठकुरीको छोरी राख्ने प्रथा शुरू गरे, न पराजित राज्यको संस्कृति भनेर तिरस्कार गरे । ढोगेर काठमाडौंको संस्कृतिको सम्मान गरे । जुन आजसम्म पनि निरन्तर चलिरहेको छ । हामी नेपालीलाई आज कुमारी संस्कृति विश्वलाई देखाउँदा गौरव लाग्छ । 

पृथ्वीनारायण शाहले राजवंशलाई निरन्तरता दिए । बरु जर्ज वाशिङ्गटन राजा बनेनन्, राष्ट्रपतीय शासन शुरू गरे भनेर वाशिङ्गटनको जयजयकार र पृथ्वीनारायण शाहको अपमान गरिएको छ । राजाले राजवंशलाई निरन्तरता दिनु स्वाभाविक हो । जर्ज वाशिङ्गटनले राष्ट्रपतीय व्यवस्था लागू गरेर सबैलाई समान व्यवहार गरे भन्न खोजिएको हो भने त्यो कुतर्क हो । राष्ट्रपतीय व्यवस्था लागू गरे पनि महिलालाई मतदानको अधिकार दिए त ? गोराबाहेक अरुलाई मतदानको अधिकार दिए त ? जर्ज वाशिङ्गटनले राष्ट्रपतीय शासनसमतामूलक समाजको लागि होइन श्वेत पुरुष अहंकारवादी व्यवस्था ल्याए भन्न मिल्यो कि मिलेन ?

पृथ्वीनारायण शाहले चार जात छत्तिस वर्णको साझा फूलबारी हो भनेर विविधतालाई आत्मसाथ गरिरहँदा उता जर्ज वाशिङ्गटनको आफ्नै घरमा दर्जनौं काला जातिका मानिसलाई दास बनाएरै राखेका थिए । यसको आधारमा पृथ्वीनारायण शाह र वाशिङ्गटनको मानवताप्रतिको चेतनामा आकाश जमिनको फरक थियो भन्न मिल्यो कि मिलेन ?

तर वास्तविकता के हो भने यी २ भिन्न परिस्थितिमा रहेका महान् व्यक्तिहरू थिए । आफ्नो परिस्थितिमा जे गर्दा उत्तम हुन्थ्यो त्यही गरे । पृथ्वीनारायण शाहलाई जर्ज वासिङ्गटनसँग तुलना गर्नु कुनै तुक छैन । दास मानसिकता भएकाहरूको बुद्धिविलासबाहेक यसको उपादेयता केही छैन ।  

नेपाल परापूर्वकालदेखि राज्यराष्ट्र मान्यतामा चलिआएको थियो । काठमाडौंका नेवार समुदाय राज्यराष्ट्र सिद्धान्तको जीवन्त उदाहरण हो । जसले जति नै संकीर्णताको रटान लगाए पनि जात, जाति, प्रजाति, नश्ल, भाषा, सम्प्रदायलाई राष्ट्रियता भन्दै राज्य निर्माण गरिएको कुनै पनि उदाहरण छैन । राज्य नै राष्ट्रियताको आधार रहने मूलभूत मान्यता इतिहासदेखि चल्दै आएको छ । बेलाबखतका शासकहरूले एउटै भाषा, एउटै भेष भनेर एकल राष्ट्रिय राज्य (राष्ट्र–राज्य) को अभ्यास नगरेको होइन तर त्यो अपवादको रूपमा रहेको थियो । इतिहासमा भएका त्यस्ता घटनाहरूबाट पाठ पढेर नेपालका विविध भाषा, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र विकास गर्नुपर्छ ।

नेपालका मौलिक धर्म संस्कृति, भाषा, भेषभुषा र सांस्कृतिक पहिचानको संरक्षण क्याथोलिक र प्रोटेस्टेन्टको द्वन्द्वको उपज वेस्ट फ्यालियाको सन्धिले स्थापना गरेको एकल राष्ट्रिय राज्य, द्विराष्ट्रिय राज्य र बहुराष्ट्रिय राज्य होइन । हिन्दू, बौद्ध, किरात, बोन, जैन जस्ता नेपालका मौलिक धार्मिक सम्प्रदायले अंगीकार गरेको उदार राष्ट्रियताको चिन्तनमा राज्यराष्ट्र सिद्धान्त नै नेपाल राष्ट्र निर्माणको आधार थियो र अबको विश्वले पनि आत्मसाथ नगरी सुखै छैन ।

TATA Below
NLIC
जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x