×

NMB BANK
NIC ASIA

मन्त्रीविहीन मन्त्रालय

आफैंले सम्हालेको मन्त्रालयमा ६ महिनासम्म पुगेनन् देउवा, मन्त्रीस्तरीय बैठक समेत बस्न सकेन

पुस १९, २०७८

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुग्दा आजभोलि सधैँ एउटै दृश्य देखिन्छ ।

Muktinath Bank

मन्त्रीको कार्यकक्ष बाहिरको नेमप्लेटमा 'बाहिर' भन्ने संकेत जनाइएको हुन्छ भने मन्त्रीको कार्यकक्ष र सचिवालय सुनसान रहने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागीय मन्त्री नभएकाले स्वकीय सचिवालय छैन । निजी सचिवालयका कर्मचारी पनि फुर्सदिला छन् ।


Advertisment
Nabil box
Kumari

२०७८ असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

Vianet communication

सोही दिन प्रधानमन्त्री देउवाले आफूसहित ५ मन्त्रीलाई नियुक्त गरे । 

अर्थ, गृह, ऊर्जा र कानून मन्त्री नियुक्त गरेर बाँकी मन्त्रालयको जिम्मेवारी देउवा आफैंले सम्हाले ।

अहिले सबैजसो मन्त्रालयमा (रक्षाबाहेक) मन्त्री छन् । 

तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन छ ।

यसबीचमा असोज २५ गते गजेन्द्रबहादुर हमाललाई उद्योग मन्त्री नियुक्त गरिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनाएको भन्दै चर्को आलोचना भएपछि हमालले नियुक्तिको ४८ घन्टा नबित्दै पदबाट राजीनामा दिए । 

यही प्रकरणले सर्वोच्चमा शुरू भएको आन्दोलन र विवाद अझै साम्य भएको छैन ।

हमालको राजीनामापछि देउवाले नै मन्त्रालय सम्हाल्दै आएका छन् । 

असार २९ देखि पुसको तेस्रो सातासम्म झण्डै ६ महिना बित्दा पनि देउवा उद्योग मन्त्रालयमा पुगेका छैनन् ।

बालुवाटारबाटै चल्छ उद्योग मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग मन्त्रालय आफ्नो सरकारी निवास बालुवाटार तथा सिंहदरबारको प्रधानमन्त्री निवासबाट नै सञ्चालन गरिरहेका छन् । 

आवश्यक पर्दा सचिव तथा सहसचिवलाई देउवाले उतै बोलाउने गरेका छन् । जसले गर्दा समय मिलाउने दबाबमा छन्, मन्त्रालयका सचिव–सहसचिव लगायत कर्मचारीहरू ।

‘हामीलाई समयको दबाब छ, सम्माननीयज्यूले बोलाएपछि हामी जानुपर्ने हुन्छ । कहिले बिहानै त कहिले बेलुकी अबेर पनि गइरहेका हुन्छौँ,’ मन्त्रालयका एक सहसचिवले लोकान्तरसँग भने ।

ती सहसचिवका अनुसार, प्रधानमन्त्री देउवासँग भेट्नका लागि समय निकाल्न पनि हम्मेहम्मे पर्छ । 

कसरी भइरहेको छ त काम ? 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रधानमन्त्री देउवा अहिलेसम्म गएका छैनन् । 

केही काम पर्दा सचिव तथा सहसचिवहरू प्रधानमन्त्रीलाई भेट्न धाउने गरेका छन् । 

तत्कालै नगरी नहुने केही काम मात्र हुँदै आएको छ । नियमित गर्नुपर्ने अन्य कामहरू ठप्पप्राय छन् ।

‘सम्माननीयज्यूको समय व्यस्तताका कारण केही कामहरू पेन्डिङमै छन्, तर ती कामहरू विस्तारै गरेपनि हुने काम हुन्,’ मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।

त्यसबाहेक कतिपय कामहरू प्रधानमन्त्री आफैं र उनका सचिवालयले अड्काउने गरेका छन् । 

प्रधानमन्त्री आफैं सक्रिय भएर केही फाइल बुझ्नका लागि र केही फाइल आफूअनुकुल निर्णय गराउने स्वार्थका कारण रोकिएको मन्त्रालयका अर्का एक अधिकारीले बताए ।

‘यो कुरा बिलकुल राजनीतिक कुरा भएकाले हामीले बोल्नु उचित नहोला, तर कतिपय फाइलहरू उहाँहरूले विभिन्न कारणले रोकेर राख्नुभएको छ । त्यस्ता कामहरू सक्न पनि केही समय लाग्ने हुन्छ,’ ती अधिकारी भन्छन् ।

६ महिनासम्म बस्न सकेन मन्त्रीस्तरीय बैठक

उद्योग मन्त्रालयमा विभागीय मन्त्री राख्न ढिला भएको सम्बन्धित निकायहरूले बताएका छन् । 

प्रशासनिक काममा अवरोध नभएपनि नीतिगत र नयाँ कार्यक्रममा भने मन्त्रीको प्रत्यक्ष संलग्नता हुनुपर्नेमा त्यसो नभएको सरोकारवालाहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विभागीय मन्त्री नियुक्त हुन नसक्दा विभिन्न निकायहरूको बैठकसमेत बस्न नसकेको बताएको छ ।

महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यले विभागीय मन्त्री उद्योग मन्त्रालयमा नहुँदा नयाँ कार्यक्रम र नीतिगत काम अगाडि बढ्न नसकेको बताए ।

उनका अनुसार, गुणस्तरसम्बन्धी बैठक बस्नुपर्नेमा लामो समयदेखि बस्न सकेको छैन । मन्त्रीको अध्यक्षतामा बैठक बस्नुपर्ने भएपनि त्यसो हुन नसक्दा गुणस्तरसम्बन्धी नयाँ मापदण्डहरू निर्माण हुन सकेका छैनन् ।

४/५ महिनाको अन्तरालमा सो बैठक बस्नुपर्ने भएपनि त्यसो हुन नसक्दा नेपाली उत्पादनलाई समेत समस्या भएको उनले बताए ।

बैठक बस्न नसक्दा पुराना वस्तुहरूको पनि मापदण्ड परिमार्जन गर्न नसकिएको उनले सुनाए । 

‘नेपाली उत्पादनले प्रमाणीकरण पाउन सकेको छैन, यसले असर परिरहेको छ,’ सभापति आचार्यले भने ।

यस्तै मन्त्रीको अध्यक्षतामा बस्नुपर्ने औद्योगिक प्रवद्र्धन बोर्डको बैठक पनि बस्न सकेको छैन । 

लामो समयसम्म बोर्डको बैठक बस्न नसक्दा नयाँ औद्योगिक नीति निर्माणबारे छलफल नै हुन सकेको छैन ।

यसको असर वैदेशिक लगानी भित्र्याउने कुरामा बढी पर्ने आचार्यको भनाइ छ ।

पछिल्लो समय आर्थिक पुनरुत्थानको समय हो । 

यस समयमा उद्योगहरूलाई छूट तथा सहुलियत दिने जस्ता कुरामा पनि मन्त्रीको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा विभागीय मन्त्री नहुँदा समस्या भइरहेको सभापति आचार्य बताउँछन् । 

सचिव भन्छन्– 'अत्यावश्यक काम भइरहेका छन्'

वाणिज्य सचिव दिनेश भट्टराईले भने मन्त्रालयमा प्रशासनिक कामका लागि केही समस्या नरहेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्ततालाई लिएर जनमानसमा चासो हुनु स्वभाविक भएपनि उद्योग मन्त्रालयले आफ्नो काम गरिनै रहेको उनको दाबी छ ।

सचिव भट्टराईले भने, ‘सम्माननीयज्यूको कार्यव्यस्तताले गर्दा छलफल तथा इन्ट्र्याक्सनको काम केही कम भएको छ, तर मन्त्रालयले काम भने गरिरहेको छ । काममा समस्या छैन ।’

उनले प्रधानमन्त्रीको समय व्यस्तताले गर्दा अहिले अति महत्वपूर्ण काम छिट्टै र सामान्य समय लम्बिँदा केही फरक नपर्ने प्रकृतिका काम केही समयपछि भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x