×

NIC ASIA

अन्त:शुल्क नटाँसिएको रक्सी बरामद प्रकरण

बिइङ ह्युमनले छोपेको बख्रेलको कालो कर्तुत: ‘नक्कली’ रक्सीदेखि लागूऔषध कारोवारसम्म

माघ १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

महानगरीय प्रहरी अपराध महाशाखाले २९६ कार्टुन रक्सीसहित ४ जनालाई पक्राउ गरेको छ ।

Muktinath Bank

महाशाखाले पर्साका ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ का ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुरका २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा नगरपालिकाका ३८ वर्षीय नारायणप्रसाद घिमिरेलाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले आन्तरिक राजश्वको अन्त:शुल्क नटाँसिएको अर्थात् राजश्व छली गरेको रक्सी बजारमा बिक्री गर्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रेगल बरामद गरेको छ । प्रहरीले बरामद गरेका रक्सीहरू नक्कली हो कि होइन भन्नका लागि नापतौल तथा गुणस्तर विभागमा पठाएको र बरामद भएको रक्सी आन्तरिक राजस्व कार्यलयमा बुझाउन तयारी गरेको महाशाखाका प्रवक्ता एसपी कोइरालाले बताए । 

Vianet communication

‘हामीले सक्कली र नक्कली परीक्षणका लागि गुणस्तर विभाग र अन्त:शुल्कका बारेमा आन्तरिक राजस्व विभागलाई बुझाएका छौं,’ एसपी कोइरालाले भने, ‘थप अनुसन्धान अब आन्तरिक राजस्वले गर्नेछ ।’

कसरी बरामद भयो २९६ कार्टुन रक्सी ?

महानगरीय अपराध महाशाखालाई एकजना ग्राहकले रेड लेबल रक्सी किन्दा अन्त:शुल्क नटाँसिएको पाइएको भन्दै सूचना दिए । 

पुरानो बानेश्वरको एउटा पसलमा रेड लेबल रक्सी किन्न जाँदा अन्त:शुल्क नटाँसेको पाएको भन्दै उनले प्रहरीलाई खबर गरेका थिए । 

महाशाखाको टोली त्यहाँ गएर बुझ्दा खुद्रा व्यापारी (लिक्योर सप)ले ब्ल्याक लेबल, एब्सुलेट भोड्का लगायतका रक्सीमा पनि अन्त:शुल्क नटाँसेर आउने बताए । 

त्यसपछि प्रहरीले ती व्यापारीको सहयोगमा उनले कहाँबाट ल्याउँछन् भन्ने खोज्न थाल्यो । 

त्यसक्रममा नारायणप्रसाद घिमिरेको पसलबाट ल्याउने गरेको खुलेपछि प्रहरीले नेपालमा कतै नक्कली उत्पादन हुने आशंकामा उनीहरूको नेक्सस खोज्न थाल्यो । 

विवाहको समय भएकाले रेड लेबल, ब्ल्याक लेबल लगायतका १४ कार्टुन रक्सी चाहिएको भनेर ग्राहक बनेर प्रहरीले नै अर्डर दियो । अग्रिम भुक्तानी पनि दियो ।

प्रहरीले नारायणले कहाँबाट रक्सी ल्याउँदा रहेछन् भन्ने निगरानी गर्न थाल्यो । उनले काठमाडौंको सीतापाइलामा रहेको एउटा गोदामबाट रक्सी ल्याएको प्रमाण संकलन गर्‍यो ।

उनले रक्सी ल्याएपछि धेरै दिन राख्न नमिल्ने बताए । किन नमिल्ने भन्ने प्रश्न गर्दा सस्तोमा पाइने र अन्त:शुल्क नटाँसिएको बताए ।

प्रहरीले उनलाई तत्काल पक्राउ गर्‍यो । त्यसपछि उनले सामान ल्याउने गरेको गोदाम रविन पाख्रिनको भएको खुल्यो । 

प्रहरीले देशभर कहाँ–कहाँ उनीहरूको नेक्सस छ भन्ने पत्ता लगाउन त्यो सबैकुरा गोप्य राख्यो । उनीहरूमार्फत सन्तोषचन्द्र बख्रेल मुख्य व्यक्ति भएको खुल्यो । 

प्रहरीले उनी कहाँ जान्छन् ? के गर्छन् ? भनेर ३ दिन निगरानी गर्‍यो । उनी तेस्रो दिन घरबाट निस्किएर सिधै रविन पाख्रिनको गोदाम अनि रिटेल पसलमा जाने क्रममा पक्राउ परे ।

उनीमार्फत अर्का व्यक्ति शैलेश पन्तसँग पनि गोदाम भएको खुल्यो । उनीहरू सबै जनाको घर र गोदामबाट अन्त:शुल्क नटाँसिएको नक्कली २९६ कार्टुन बरामद गर्‍यो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपालमा यस कारोवारका मुख्य व्यक्ति सन्तोषचन्द्र बख्रेल हुन् भन्ने पत्ता लागेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । 

‘नेपालमा मुख्य व्यक्ति बख्रेल हुन् भन्ने खुलेको छ । उनले भारतका रवि सिंह भन्ने व्यक्तिबाट लिएको प्रारम्भिक बयान दिएका छन्,’ एसपी कोइरालाले भने, ‘हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले रवि सिंह को हुन् ? भन्ने विषय बख्रेल नखोलेकाले त्यसबाट थप अनुसन्धान गरिरहेको बताएको छ । 

उनले भारतमा बोट्लिङ गरेर नेपाल ल्याउने गरेको खुलाएका छन् । कसरी नेपाल आउँथ्यो ? कसरी भुक्तानी हुन्थ्यो भन्ने विषयमा भने प्रहरीले खुलाएको छैन । 

‘भुक्तानी र ल्याउने विषयमा थप अनुसन्धान आन्तरिक राजस्व विभागले गर्ने हो । त्यहाँबाट अरू कुरा खुल्ला,’ एसपी कोइरालाले भने ।

उनीहरूले पार्टी प्यालेसलाई लक्षित गरेर रक्सी बिक्री गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले ड्युटी फ्रीबाट आएकाले अन्त:शुल्क नभएको भन्दै बिक्री गर्दै आएका थिए । 

लागूऔषधका फरार अभियुक्त, हुण्डीमा पनि संलग्न थिए बख्रेल

नक्कली रक्सी प्रकरणमा पक्राउ परेका सन्तोषचन्द्र बख्रेल लागूऔषध डाइजापामको ट्याब्लेट कारोवारमा पनि संलग्न रहेको खुलेको छ ।

उनी यसअगाडि २ लाख ट्याबलेट लागूऔषध कारोवार गरेको अभियोगमा सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । 

मुख्य अभियुक्त बख्रेलले काठमाडौंको दरबारमार्गमा भारतीय नायक सलमान खानको ब्रान्डिङ कपडा बिइङ ह्युमनको पसल समेत सञ्चालन गर्दै आएका छन् ।

प्रहरीले मंसिर १९ गते उनकै पसलबाट हुण्डी कारोवारको आशंकामा छापा मार्दा स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । 

प्रहरीले त्यो समयमा १ हजार दरका ४९ लाख र ५ सय दरका २० लाख ५० हजार रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको थियो ।

प्रहरीका अनुसार उनले त्यो समयमा जग्गा बिक्री गरेको भन्दै पहुँचका आधारमा पैसा फिर्ता लिएका थिए  ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x