×

NMB BANK
NIC ASIA

जेठ ४ देखि ७ गतेभित्र स्थानीय चुनाव गर्ने देउवाको प्रस्ताव

माघ १८, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने बताएका छन् ।

Muktinath Bank

सकभर एकै चरणमा चुनाव गर्ने र दुई चरणमा गर्नुपरे पनि जेठ पहिलो साताभित्र चुनाव हुने उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवालाई भेट्न बालुवाटार गएका नेपाली कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीहरूसँग सोमवार साँझ प्रधानमन्त्रीले जेठको पहिलो साताभित्र चुनाव गर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव हुन्छ, त्यसको तयारीमा लाग्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभयो,’ कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले लोकान्तरसँग भने । प्रधानमन्त्रीको मनसाय चुनाव एकै चरणमा गर्ने रहेको उनको भनाइ छ । 

Vianet communication

‘सुरक्षा या प्राविधिक कारणले एकै चरणमा सम्पन्न गर्न सकिएन भने पनि जेठको पहिलो सातामै देशभर चुनाव हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बानियाँले लोकान्तरसँग भने ।

जेठको पहिलो साता चुनाव गर्ने गरी मन्त्रिपरिषद्ले केही दिनमा मिति घोषणा गर्ने देउवाले बताएका थिए । ‘निर्वाचन आयोगले जेठ ५ अगावै चुनाव गर्नुपर्ने भनेको छ, जेठ ४ मै चुनाव शुरू हुन्छ,’ देउवाको भनाइबारे भेटमा सहभागी अर्का एक नेताले लोकान्तरसँग भने ।

देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पनि सहमतिमै संसदबाट अनुमोदन हुने बताएका छन् ।

‘गठबन्धन टुट्दैन, एमसीसी पारित हुन्छ,’ भेटमा सहभागी अर्का एक नेताले भने । 

सोमवारको भेटमा कांग्रेस बागमती प्रदेशको कार्यालय बनाउने विषयमा समेत छलफल भएको बानियाँले बताए ।

काठमाडौंमा पार्टी कार्यालयको नजिक सम्पर्क कार्यालय र हेटौंडामा कान्ति राजपथको सानोपखारा चोकमा प्रदेश कार्यालय स्थापना गर्नेबारे सभापतिसँग छलफल भएको बानियाँले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x