×

NMB BANK
NIC ASIA

देउवा-प्रचण्ड भेट

देउवासमक्ष प्रचण्डले राखे मध्यमार्गी प्रस्ताव, कांग्रेस नेताहरू आन्तरिक छलफलमा

फागुन १३, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । 

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एमसीसी अनुमोदनसम्बन्धी विवाद र गठबन्धनका बारेमा छलफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार प्रचण्डले एमसीसी पनि टुंगोमा पुग्ने र गठबन्धन पनि जोगिने प्रस्ताव देउवासमक्ष राखेका छन् । 


Advertisment
Nabil box
Kumari

एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र उपस्थितिको बहुमतले पारित गर्ने विकल्पमा छलफल भएको स्रोतको दाबी छ ।

Vianet communication

अर्कातर्फ कांग्रेस महामन्त्री गगन थापाले प्रस्ताव गरेजस्तै एमसीसीमा अमेरिकाले दायाँबायाँ गरे तत्काल खारेज गर्ने संकल्प प्रस्ताव संसदबाट पारित गर्न सकिने विकल्प पनि गठबन्धनका नेताहरूले शीर्ष नेताद्वयलाई सुझाएका छन् ।

छलफलमा प्रधानमन्त्री र प्रचण्डसँगै कांग्रेसका केही नेता र माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा समेत सहभागी थिए ।

प्रचण्ड गठबन्धन जोगाउने मध्यमार्गी प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

बालुवाटारमा उनीहरूबीच करीब एक घण्टा संवाद भएको थियो । छलफल सकेर प्रचण्ड निस्किएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा छलफलपछि तयार भएको प्रस्ताव प्रधानमन्त्रीलाई जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए ।

प्रचण्डसँगको संवादपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x