पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आजका नेपाली युवा कता जाँदैछन् ? २०–२५ वर्ष उमेर समूहको पुस्ताको गन्तव्य कस्तो हुने हो ?
‘तिमी जे सोच्छौ, त्यस्तै बन्नेछौ । यदि तिमी आफूलाई कमजोर सम्झन्छौ भने तिमी कमजोर बन्नेछौ, यदि तिमी आफूलाई बलियो ठान्छौ भने तिमी बलियो हुनेछौ,’ महान भारतीय विचारक स्वामी विवेकानन्दले भनेका छन् ।
किशोरावस्था र वयस्कता बीचको उमेर यस्तो समय हो, जुन बेला मानिस अनेक अलमलमा हुन्छ । भोलि के गर्ने ? के बन्ने ? जीवन कस्तो हुने हो ? यी प्रश्नको उत्तर खोज्न थालेका हुन्छन् ।
किशोरकिशोरीहरू वयस्क बन्ने चरणमा प्रवेश मात्र गरेका हुन्छन् । उनीहरूका लागि यो समय अर्धस्वायत्तताको चरण हो । यसलाई उत्तर युवावस्था वा ‘उदाउँदै गरेको वयस्कता’ पनि भन्ने गरेका छन् कतिपय विद्वानले ।
यस अवधिमा युवाहरू वयस्कले बोक्नुपर्ने जिम्मेवारीबाट तुलनात्मक रूपमा मुक्त रहन्छन् र आफ्ना लागि जीवनवृत्तिका विकल्पहरूको खोजीमा हुन्छन् । त्यसै आधारमा शिक्षा, सीप, क्षमता र दक्षता विकास गर्ने धूनमा हुन्छन् ।
भावी जीवनका सम्भाव्य विकल्पमा घोत्लिँदै, अनेक प्रयोग तथा प्रयास गर्दै जाने क्रममा कतिपय नेपाली युवा अव्यस्थित र आत्मकेन्द्रित बनेको पाइन्छ । वयस्कताको प्रसव वेदनाको यो अवधि जीवनवृत्तिका लागि गरिने परीक्षणले भरिएको हुन्छ ।
अल्मलिएका युवा ...
‘जीवनमा मेरा लक्ष्य के हुन् भन्ने मलाई केही पनि थाहा छैन । हेर्दै जाउँ, जीवनको यो यात्राले कहाँ पुर्याउने हो ?’ आर्यन कोइराला आफ्नो भविष्यबारे अन्योलमा देखिन्छन् ।
भक्तपुर निवासी कोइराला ‘फिल्म स्टडिज’ विषयमा स्नातक पढ्दैछन् ।
काठमाडौंकी कियारा राय ‘सूचना प्रविधि’की छात्रा हुन् । स्नातक गर्दै गरेकी कियारा जीवनका लक्ष्यबारे आफ्नो भावना खुलस्त पार्छिन्, ‘मेरो जीवनको कुनै निश्चित लक्ष्य छैन । भोलि म यस्तै गर्नेछु भन्ने केही छैन । म त केवल मनको शान्ति चाहन्छु र सुखी हुन चाहन्छु । मूल कुरा म वर्तमान क्षणमा बाँच्न चाहन्छु ।’
छोटो अध्ययनका क्रममा अन्तर्वार्ता लिइएका हाम्रा ‘जोशिला’ युवाले व्यक्त गरेका केही प्रतिनिधि धारणा हुन् माथिका भनाइहरू । हाम्रा अहिलेका युवा आफ्ना बारेमा नै प्रस्ट छैनन् भन्ने यसबाट बुझिन्छ । यस्तो अवस्थामा आजका युवाबाट समाज र राष्ट्रप्रतिको जिम्मेवारी बहन कुन स्तरसम्म हुन सक्ला भन्न सकिन्न ।
गाउँको तुलनामा शहरमा अवसर र सुविधा प्रशस्तै पाइने भएकाले हुनसक्छ, आजका शहरी युवा ‘आधुनिक’ बन्दै गएका छन् । हाम्रा युवा आफ्नो व्यक्तिगत स्वतन्त्रताबारे निकै सचेत छन् । ‘यसो गर, उसो नगर’ भनेर अरूले दिएको ‘उपदेश’ सुन्ने धैर्य यिनीहरूमा पाइँदैन ।
प्राध्यापक प्रदीप पौड्याल यो प्रवृत्तिलाई अवसरको प्रचुरताले छोपेको ठान्छन् । पौड्याल काठमाडौंस्थित एक्मी इन्जिनीयरिङ कलेजका प्रिन्सिपल हुन् । ‘अहिलेका युवाहरू व्यक्तिगत स्वतन्त्रता र आधुनिकीकरणमा विश्वास गर्छन् । आफ्नो अधिकारको भरपूर उपभोग गर्न चाहने यिनीहरू आफ्नो कर्तव्य पनि हुन्छ भन्नेतिर पटक्कै ध्यान दिँदैनन् । हाम्रा यी बच्चाबच्चीहरू यहीँनेर हराएका छन्, अल्मलिएका छन् । उनीहरूमा लक्ष्य र जिम्मेवारीबारे अन्योल छ,’ पौड्याल थप्छन् ।
हामी नेपाली युवा आफ्ना लागि मात्र सोच्ने र काम गर्ने आत्मकेन्द्रित प्रवृत्ति विकास गर्दैछौं । समाज र राष्ट्रप्रति पनि हाम्रो दायित्व छ भन्ने चटक्कै बिर्संदैछौं ।
नेपाली युवा मनोवृत्तिका केही उदाहरणः–
‘मेरो जीवनको लक्ष्य आफू स्वतन्त्र रूपमा जिउन सक्ने बन्नु र आफ्नो परिवारलाई सकेसम्म आर्थिक सहयोग पुर्याउनु हो,’ पारश बज्राचार्य भन्छन् । काठमाडौंका पारश सूचना प्रविधिका विद्यार्थी हुन् ।
सामाजिक विज्ञान अध्ययन गरिरहेकी काठमाडौं निवासी अप्सरा अधिकारीको कुरामा पनि त्यही आत्मकेन्द्रित भाव झल्किन्छ । ‘स्वतन्त्र हुनु र परिवारको पालनपोषण गर्नु मेरो जीवनको लक्ष्य हो,’ अधिकारी भन्छिन् ।
राजु अधिकारीको धारणा पनि ‘म’मा नै केन्द्रित छ, ‘मेरो जीवनका २ प्रमुख लक्ष्य छन्, एउटा नियात्रा लेखक बन्नु हो भने अर्को राजनीतिक नेता बन्नु हो ।’ चितवनका राजु सामाजिक विज्ञानका विद्यार्थी हुन् ।
पत्रकारितामा स्नातक पढ्दै गरेकी बर्दियाकी छात्रा गरिमा खनालको चाहना पनि उस्तै छ । ‘राम्रो व्यक्तिगत र व्यावसायिक जीवन मेरो लक्ष्य हो,’ गरिमा भन्छिन् ।
पश्चिमीकरणको बढ्दो प्रभावले गर्दा हाम्रा सामाजिक मूल्य र व्यक्तिगत व्यवहारमा व्यापक परिवर्तन भइरहेको छ । ‘आजका युवाहरू आफ्नै सुविधामा बढी केन्द्रित हुनु स्वाभाविक हो,’ बैंकर दिपेश पौडेल भन्छन् ।
‘सञ्चार प्रविधिले मानिसको जीवनमा पारेको प्रभाव ठूलो छ । युवा पुस्ताले साथीभाइ, परिवार र समाजप्रति गर्ने व्यवहारमा यो कुरा प्रस्ट देख्न सकिन्छ,’ उनी थप्छन् ।
युवाहरू राजनीतिलाई घृणा गर्छन्
आफ्ना लागि जीवनवृत्ति छनौट गर्ने स्वतन्त्रता र आर्थिक सबलता हासिल गर्ने लक्ष्यमा नै केन्द्रित देखिन्छ आजको युवा पुस्ता । ‘डिजिटल क्रान्ति’को विश्वव्यापी लहरमा नेपाल पनि जेलिएको छ । ‘मशिन लर्निङ’, ‘रोबोटिक्स’, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता क्षेत्रले युवालाई ठूलो सपना देखाइराखेका छन् । प्रविधिमा भइरहेको द्रूत विकास र युवाको सपनाबीच तालमेल मिलाउन सजिलो छैन ।
यस्तो अवस्थामा युवाका आकांक्षा र लक्ष्य बुझेर उपयुक्त तथा प्रभावकारी नीति निर्माण गर्न सक्नु नीति निर्माताहरूका लागि चुनौति हो । नेपाल यहीँनेर पछाडि परे जस्तो देखिँदैछ । ऊर्जाशील युवा वर्गलाई राष्ट्र निर्माणमा अधिकतम उपयोग गर्न अनेक उपाय खोज्नुको साटो हाम्रा नीति निर्माताहरूले बेवास्ता गरिरहेका छन् । परिणाम, अवसरका बृहत् क्षितिज खोजिरहेका अहिलेका युवा निराश बन्दै गएका छन् र उनीहरूमा नीति निर्माताहरूप्रति नकारात्मक धारणा विकास भइराखेको छ । युवाहरूका लागि ‘राजनीति भनेको भ्रष्ट खेल’ बन्न पुगेको छ ।
‘हाम्रो देशको राजनीति कामै नलाग्ने भ्रष्ट छ र यो झनै बिग्रँदै गएको जस्तो लाग्छ । आशा गर्ने ठाउँ नै देख्दिनँ,’ सामाजिक विज्ञानमा स्नातक पढ्दै गरेका राहुल श्रेष्ठ निराश छन् ।
यस अध्ययनका क्रममा कुरा गरिएका एकैजना युवा पनि देशको वर्तमान राजनीतिप्रति आशावादी भेटिएनन् । पारश अयोग्य भान्सेले खाना डढाए जस्तो स्थिति देख्छन् ।
कियारा र आर्यन त झन् नीति निर्माताबारे कुरा गर्न समेत चाहँदैनन् । ‘यी नालायक भ्रष्टहरूको मलाई के मतलब ?’ आर्यन जंगिन्छन् । कियाराको स्वर पनि उस्तै छ, ‘मलाई राजनीति र राजनीतिज्ञको वास्ता छैन । यिनीहरूले देश बनाउनुभन्दा झन् बिगार्दैछन् ।’
‘हाम्रो देशको राजनीतिक व्यवस्थाबारे मलाई कुनै कुरा मन पर्दैन । राजनीतिमा सबै भ्रष्ट छन् ... शिक्षा र स्वास्थ्य प्रणाली समेत बिगारिएको छ,’ अप्सरा पनि खुशी छैनन् राजनीतिप्रति ।
गरिमा पनि राजनीतिप्रति सकारात्मक छैनन् । भन्छिन्, ‘राजनीतिका नाममा पूरै प्रणाली ध्वस्त पारिसकियो । कुनै क्षेत्र सग्लो छैन ।’
स्कूले केटाकेटी र किशोरकिशोरीसँग जुध्नु श्रवण चौधरीको दिनचर्या हो । गाउँशहरमा राजनीति कसरी गरिन्छ भन्ने विषयमा सप्तरीका शिक्षक श्रवणको लामो अनुभव छ । ‘राजनीतिक दलका नेता कार्यकर्ताहरूले स्कूल र कलेजमा गर्ने हस्तक्षेपबाट युवा विद्यार्थी आजित छन् । जहिले पनि राजनीतिक खेलमा लाग्ने पार्टी कार्यकर्ताहरू शिक्षाका विषयमा कहिल्यै ध्यान दिँदैनन्,’ श्रवणको अनुभव बोल्छ, ‘यसले हाम्रा छोराछोरीको दिमागमा नकारात्मक असर पारेको छ ।’
आशा गर्ने ठाउँ अझै बाँकी छ ...
यति हुँदा पनि अवस्था पूरै निराशाजनक छैन । आशा गर्ने अलिकता ठाउँ बाँकी देखिन्छ । हाम्रा केही युवाले आफ्नो सामाजिक जिम्मेवारी महसूस गरेको पाइन्छ ।
‘समाजमा सकारात्मक परिवर्तन ल्याउन आफूले सकेको काम गर्नु मेरो एउटा चाहना हो,’ समाजबारे सोच्न समय छुट्याउँछन् राहुल, ‘मलाई आशा छ, अहिलेको अस्तव्यस्त स्थितिमा सुधार आउनेछ र हामी सही बाटोमा अघि बढ्नेछौं ।’
आशा गरौं, नेपाली युवाको अहिलेको अन्योल चाँडै समाप्त हुनेछ र हाम्रो यो कर्मठ युवा जोसजाँगरले समाज तथा राष्ट्रका लागि गहकिलो योगदान गर्ने सक्ने वातावरण निर्माण हुनेछ ।
(एनिमेसनमा रूचि राख्ने अविनाश गजुरेल स्नातकका विद्यार्थी हुन् ।)
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...