×

NMB BANK
NIC ASIA

विराटनगरका जनप्रतिनिधिको ५ वर्ष– आफैंलाई धिक्कार्छन् मतदाता

फागुन १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भीमप्रसाद पराजुलीले निर्वाचित भएपछि शपथ ग्रहण गर्दै १०० दिनमा सडकका खाल्डाखुल्डी पुर्ने वाचा गरेका थिए तर मेयरको ५ वर्ष कार्यकाल पूरा हुनै लाग्दासम्म पनि खाल्डाखुल्डी कायमै छन् ।

Muktinath Bank

मेयर पराजुलीको त्यो वाचा सम्झिँदै विराटनगर महानगरपालिका–३ की सुशीला घिमिरे भन्छिन्, ‘आखिर मेयर पनि उही ड्याङका रहेछन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय चुनाव हुनुअघि २० वर्षसम्म घिमिरेले खाल्डाखुल्डी पुरिदिन कर्मचारीलाई आग्रह गर्ने गर्थिन् तर सुनुवाइ हुँदैनथ्यो । मेयर पराजुलीले जितेपछि गरेको वाचा सुनेर घिमिरे मक्ख थिइन् तर उनको खुशी १०० दिनमै निराशामा परिणत भयो । ‘सय दिन त के ? कार्यकाल बित्न लाग्दा पनि खाल्डाखुल्डी पुरिएका छैनन्, अहिले आफैंलाई धिकार्ने गरेकी छु । मैले गरेको मतदान त्यसै खेर गयो,’ उनले भनिन् ।


Advertisment
Nabil box
Kumari

घिमिरे मात्रै होइन, महानगरका धेरै मतदाता जनप्रतिनिधिसँग सन्तुष्ट छैनन् । १ नम्बर प्रदेशको राजधानी रहेको विराटनगरमा १ घण्टा वर्षा हुँदा सडकमै पानी जमेर पोखरीजस्तै हुने गरेको स्थानीय बिना दाहालले बताइन् ।

Vianet communication
Laxmi Bank

४५ बुँदे प्रतिबद्धतासहित चुनावमा आएका नेपाली कांग्रेसका मेयर/उपमेयरले वाचा पूरा नगरेको उनको आरोप छ । 

२०७४ सालको स्थानीय चुनावमा शान्ति, विकास र समृद्धिको नारासहित बाल उद्यान, पौडी पोखरी, बाइपास रोड, औद्योगिक क्षेत्र, खेल मैदान तथा मनोरञ्जन पार्क निर्माण गर्ने, फोहोरमैला व्यवस्थापन, २ वर्षभित्र औद्योगिक कृषि प्रदर्शनीस्थल निर्माण, पशु वधशाला, सुपथ मूल्य पसल, बसपार्क र सुक्खा बन्दरगाह निर्माण लगायतका प्रतिबद्धता गरिएका थिए । 

यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योगको विकासका लागि विशेष योजना र विराटनगरको व्यापार व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने योजना पनि चुनावी नारामै सीमित भएका छन् । 

विराटनगरका जनप्रतिनिधि आउनुअघि एसियाली विकास बैंकले गरेको सहयोगको समेत राम्ररी सदुपयोग गर्न नसकेको महानगरवासी समेत रहेका अर्थ विश्लेषक तारामणि निरौलाले बताए । ‘अहिलेको नेतृत्व कर्मचारीजस्तो भएको छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा विराटनगरमा मेयर, उपमेयरसहित बहुमत सदस्य कांग्रेसले जितेको थियो ।

गत आर्थिक वर्षमा ४६ करोड २ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । बेरुजुको चाङ लाग्दा समेत गत स्थानीय तहको चुनावमा पराजय भोगेका पार्टी समेत चुपचाप छन् । 

विराटनगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले हो । कांग्रेसका तर्फबाट भीम पराजुली र एमालेका तर्फबाट विनोद ढकालबीच चुनावी प्रतिस्पर्धा भएको थियो । मेयरका उम्मेदवार ढकाल महानगरको विषयमा बोल्न चाहँदैनन् । महानगरको कामकारवाहीबारे कुनै धारणा नभएको उनले लोकान्तरसँग बताए ।

नेकपा एमाले विराटनगर महानगरपालिकाका सचिव रोहित कोइरालाले कोरोनाका कारण खबरदारी गर्न नसकेको बताए । महानगरको काम चित्त बुझ्दो नभए पनि विरोध गर्न नसकेको उनले स्वीकार गरे । महानगरको नेतृत्व घस्रेर मात्रै हिँडेको उनले आरोप लगाए ।

फोहोरमैला व्यवस्थापनमा नै महानगर चुकेको स्थानीय अगुवा घनेन्द्र कटुवाल बताउँछन् । फोहोरबाट मोहर बनाउने उदाहरण भए पनि विराटनगरले फोहोरबाट दुर्गन्ध मात्रै दिएको उनले बताए ।

औद्योगिक शहर विराटनगरलाई महानगरपालिकाले कर मात्रै थुपारेको व्यवसायीको गुनासो छ । ‘सय दिनमा धुलोमुक्त सडक बनाउँछु’ भनेर घोषणा गरेका मेयरले ५ वर्ष बित्न लाग्दा समेत वाचा पूरा नगरेको व्यवसायी पुण्यप्रसाद भट्टराईले बताए । पर्यटन क्षेत्रमा महानगरको लगानी शून्य रहेको उनको आरोप छ ।

विराटनगरको ढल र डुबान समस्या समाधान गर्न एसियाली विकास बैंकको ऋण सहयोगमा भएको काम पनि जनघनत्व नधान्ने खालको भएको भट्टराईले बताए । ‘घर अगाडिका बाटा जस्ताका त्यस्तै छन्,’ उनले भने, ‘१ घण्टा पानी पर्‍यो भने डुबान हुन्छ तर कर भने २ हजारबाट बढाएर २५ हजार पुर्‍याइएको छ ।’

संघ र प्रदेश सरकारको असहयोगले प्रतिज्ञा गरेका कतिपय कार्यक्रम पूरा गर्न नसकेको भन्दै नेतृत्व उम्किने गरेको छ । आफ्नो असफलताको दोष अरूलाई देखाउँदै नेतृत्व ‘पानी माथिको ओभानो’ हुने गरेको छ ।

प्रदेशको राजधानीमै भएको महानगरपालिकाका चुनिएका जनप्रतिनिधिले सिन्को समेत भाँच्न नसकेको महानगरबासीको आरोपबीच मेयर भीम पराजुली भने ९० प्रतिशत काम गरिसकेको दाबी गर्छन् । प्रतिबद्धता पत्रमा भएका भन्दा बढी काम भएको उनले बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x