×

NMB BANK
NIC ASIA

रहस्यमयी रामकोट घटना

परिवारले नै विष सेवन गरेको घटनामा नयाँ खुलासा– औंठाछापसहित लेखिएको सुसाइड नोटमा के छ ?

फागुन २४, २०७८

NTC
Premier Steels

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाँडापौवामा एकै परिवारका ५ सदस्यले विष सेवन गरेको घटनामा नयाँ तथ्य बाहिर आएको छ । उक्त घटनामा आर्थिक कारण जोडिएको पाइएको हो ।

Muktinath Bank

डाँडापौवामा फ्ल्याट लिएर बस्ने ३८ वर्षिय भीममान प्रधान, उनकी श्रीमती ३५ वर्षिया मन्दिरा प्रधान, आमा ६२ वर्षीया इन्दिमाया प्रधान, छोरी ११ वर्षीया सुप्रिया प्रधान र भतिजो ३३ वर्षको सुवर्णमान प्रधान सोमवार बेलुका विष सेवन गरेको अवस्थामा फेला परेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुस्त मनस्थितिका भतिज सुवर्ण भीममानको परिवारसँगै बस्दै आएका थिए । उनको मृत्यु भइसकेको छ भने परिवारका बाँकी सदस्यहरू चिन्ताजनक अवस्थामा आईसीयूमा छन् ।


Advertisment
Nabil box
Kumari

सहकारीले ४ लाखलाई १२ लाख बनाएपछि परिवारले नै पिए विष !

Vianet communication

भीममानका दाजु कुमारमान प्रधानका अनुसार मन्दिरा न्युरोडस्थित ब्रिटिश गोरखा सहकारीमा काम गर्थिन् । पैसा उठाउने क्रममा ४ लाख रुपैयाँ हराएपछि उनलाई सहकारीले कामबाट निकालिदियो ।

त्यसपछि सहकारीले १२ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि सिंगो परिवार तनावमा रहेको कुमारमानले बताए ।

‘फाइनान्स (सहकारी)ले १२ लाख रुपैयाँ तिर्न बाँकी भएको भनेर प्रहरीमा उजुरी दिएको रहेछ,’ कुमारमानले लोकान्तरसँग भने, ‘बुहारीले भने आफूले उठाएको जम्मा ४ लाख रुपैयाँ हराएको बताएकी थिइन् ।’

सहकारीको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाले भीममान र मन्दिरालाई शुक्रवार पक्राउ गरेको थियो ।

सहकारीले दाबी गरेको रकम तिर्ने र बोलाएका बेला हाजिर हुने शर्तमा दाजु कुमारमानको रोहबरमा उनीहरूलाई छाडिएको थियो ।

आइतवार मन्दिराले प्रहरीलाई फोन गरेर आफूहरू आउन नसक्ने बताएकी थिइन् । सोमवार बेलुका सिंगो परिवार नै विष सेवन गरेको अवस्थामा भेटिएका छन् ।

श्रीमतीको हस्ताक्षर र आमाको औँठाछापसहित सुसाइड नोट

प्रहरीले घटनास्थलमा सुसाइड नोट पनि भेटेको छ ।

भीममानले लेखेको सुसाइड नोटमा उनी र श्रीमती मन्दिराको हस्ताक्षर तथा आमा इन्दिमायाको औँठाछाप समेत रहेको घरबेटी उद्धवराज पुरीले बताए । 

‘सुसाइड नोटमा आमाको औँठा छाप र २ जनाको हस्ताक्षर छ भनेर प्रहरीले सुनाएको थियो,’ पुरीले लोकान्तरसँग भने, ‘उनीहरूले सहकारी र मनमोहन अस्पतालको नाम समेत नोटमा उल्लेख गरेका छन् ।’

ब्रिटिश गोरखा सहकारीका ७ जनाको नाम र नम्बर सुसाइड नोटमा उल्लेख गरिएको दाजु कुमारमानले जानकारी दिए ।

अर्कातर्फ कोभिड १९ को उपचारका क्रममा मनमोहन अस्पतालमा निकै ठूलो रकम खर्च भएकाले उक्त अस्पतालको नाम समेत उल्लेख गरेको पाइएको छ ।

चार महिनाअघि सरेका थिए डेरा, तिरेका थिएनन् भाडा

सो परिवार ४ महिनाअघि मात्र उक्त घरमा डेरा सरेको पाइएको छ ।

पुरानो घरको माथिल्लो तलाका ४ कोठा महिनामा ११ हजार रुपैयाँ भाडा तिर्ने गरी लिएका थिए ।

‘डल्लुका स्थानीय भएकाले हामीले भाडाका लागि कर गरेनौं । लामो समय बस्ने बताएकाले सम्झौता गरेर भाडा लिने निर्धारण भएको थियो,’ पुरीले लोकान्तरसँग भने, ‘बीचमा म बिरामी र उहाँलाई पनि कोभिड लागेकाले भाडा दिनुस् भनेर कर गरेनौं ।’

छिमेकीसँग नबोल्ने र हल्ला गरे गाली गर्थे भीममान

छिमेकीका अनुसार भीममान एकदमै कम बोल्थे । अरूले हल्ला गरेको पनि उनलाई मन पर्दैनथ्यो ।

तल्लो तल्लामा बस्दै आएकी एक महिलाले भनिन्, ‘उहाँ घरमा भए/नभएको थाहा हुँथैनथ्यो । कसैसँग बोल्नुहुँदैनथ्यो ।’

कहिलेकाहीँ छिमेकीले हल्ला गरे भनेर आफूसँग गुनासो गर्ने गरेको घरबेटी पुरीले बताए । पुरीका अनुसार उनीहरूले च्यानल गेटमा कपडा राखेर कसैले नदेख्ने बनाएका थिए भने बरान्डामा प्लाष्टिकले छोपेका थिए ।

ट्याक्सी चलाउँदै आएका भीममानले कुकुर पालन समेत गर्ने गरेका थिए । आर्थिक अवस्था निकै खस्किएकाले जे काम पाउँछ त्यही गर्ने गरेको पाइएको छ ।

मानसिक समस्या, डिप्रेसनको औषधि सेवन

भीममानले समय समयमा निराशाजनक कुरा गर्ने गरेको घरबेटीले बताएका छन् । श्रीमती मन्दिराको भने सामान्य व्यवहार थियो ।

‘भीममानले अलि निराशाजनक कुरा गर्थ्यो, जे काममा हात हाले पनि असफल भएँ भन्थ्यो,’ पुरीले भने, ‘कोठामा औषधि देखेपछि मानसिक समस्या रहेको पनि थाहा पाएँ ।’

प्रहरीले पनि घटनास्थलमा मानिसक रोगको औषधि फेला पारेको बताएको छ । 

अस्पतालमा आफन्तको छटपटाहट

हिजो बेलुका मनमोहन मेमोरियल अस्पताल स्वयम्भु ल्याइएका ५ जनामध्ये भतिज सुर्वणमान प्रधानको राति साढे १० बजे मृत्यु भएको थियो ।

परिवारका अन्य सदस्यको अवस्था निकै चिन्ताजनक छ । उनीहरू आईसीयूमा छन् ।

अस्पतालको आईसीयू कक्षबाहिर आफन्तहरू निकै छटपटाइरहेका थिए । 

उपचारका लागि पैसा संकलन गर्ने कुरा उनीहरूबीच भइरहेको सुनिन्थ्यो ।

भीममानको भाउजू नाता पर्ने एक महिलाले औषधिमा मात्र ८० हजार खर्च भइसकेको बताइन् ।

‘अस्पतालमा धेरै पैसा गयो, हामीसँग छैन, कसरी उपचार गर्ने ? अस्पतालले पैसा मागेको माग्यै छ,’ उनले भनिन् । 

दाजु कुमारमानले उपचारका लागि पैसा नभएकाले भेन्टिलेटरबाट झिक्न आग्रह गरेको बताए ।

‘भगवानको कृपाले बाँचेछन् भने राम्रै भयो, होइन भने आश छैन,’ कुमारमानले भने । 

कसरी थाहा पायो प्रहरीले ?

भीममान बस्ने फ्ल्याटमा २ वटा जर्मन सेफर्ड कुकुर थिए । 

साँझ ७ बजेतिर कुकुरहरू एकोहोरो भुकेपछि छिमेकीले घरबेटी उद्धव पुरीलाई फोन गरेका थिए । उद्धवले भोकाएका कारण कुकुर भुकेको होलान् भन्ने अनुमान लगाए ।

तल्लो कोठामा डेरा गरेर बस्ने व्यक्तिलाई हेर्न पनि लगाए, तर केही देखिएन । फेरि छिमेकीले हेर्न जाँदा १ जनाको खुट्टा देखियो ।

डल्लुमा बस्दै आएका घरबेटी त्यसपछि घटनास्थलमा पुगे । च्यानलगेटमा भित्रबाट ताल्चा लगाइएको थियो । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । 

बेलुका साढे ८ बजे प्रहरी पुगेर ढोका फोरेर हेर्दा भीममान, मन्दिरा र इन्दिमाया मुखमा फिँज निकालेको अवस्थामा थिए भने सुवर्णमान र सुप्रिया अर्कै कोठामा थिए ।

त्यसपछि प्रहरीको सहयोगमा उनीहरूलाई अस्पताल पुर्‍याइयो । अस्पतालले राति साढे १० बजेतिर सुवर्णमानलाई मृत घोषित गरेको थियो ।

घटनास्थलमा विषको बट्टा समेत भेटिएको प्रहरीले जनाएको छ । आर्थिक कारणले नै आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x