२९ जेठ २०८३, शुक्रबार
खानपान

काठमाडौंमा मेक्सिकन नागरिक ड्यानिल तपियाको ‘कासा म्याक्सिकना’

फागुन २८, २०७८
काठमाडौंमा मेक्सिकन नागरिक ड्यानिल तपियाको ‘कासा म्याक्सिकना’

मेक्सिकन नागरिक ड्यानिल तपियाको कासा म्याक्सिकना नामको रेस्टुरेन्ट खोलेका छन् । उनको रेस्टुरेन्ट काठमाडौंको गैरीधारा र ललितपुरको बखुन्डोलमा अवस्थित छ । 

म्याक्सिकन भाषामा कासाको अर्थ चुल्हो भन्ने बुझिन्छ । दुवै आउटलेटमा उनले टिपिकल म्याक्सिकन खानाको परिकार मेनुमा समावेश गरेका छन् ।

मेक्सिकन खाना पिरो, अमिलो र चिजी हुने हुँदा धेरै नेपालीलाई मन पर्छ ।

ड्यानिल तपिया नेपालमा सपरिवार बस्छन् र राम्रो नेपाली भाषा बोल्छन् । नेपाली कसरी सिक्नुभयो भन्ने प्रश्नमा ड्यानिलले स्टुरेन्टमा नेपाली कर्मचारीहरूसँग बोल्दाबोल्दै सिकेको बताए ।

म्याक्सिकन खानाको माग देखेर नै नेपाल आएर म्याक्सिकन रेस्टुरेन्ट खोलेको उनले बताए । म्याक्सिकन खाना म्याक्सिकनले बनाउनु र अरुले बनाउनुमा फरक पर्ने हुँदा किचनलाई उनी पूर्ण निगरानीमा राख्छन् ।

खानाको मौलिकता बिग्रेला र स्वादमा कमी होला भन्ने चिन्ताले उनले प्रायः सबै कर्मचारीलाई आफ्नो देशको खानाबारे तालिम दिने गरेका छन् । बढीजसो म्याक्सिकन खाना रोल हुने हुँदा सिक्न पनि खासै गाह्रो त हुन्न तर मसला र ताजापनका लागि सामाग्री जुटाउन अलि गाह्रो छ । 

हुन त उनले धादिङमा थोरै जग्गा किनेर आलोपेनो (मेक्सिकन खुर्सानी), सिल्यान्ट्रो (मेक्दिकन धनियाँ) खेती गरेका छन् । 

के–के खान पाइन्छ कासा म्याक्सिकनामा ?

टोटोपोस, गोकामोले, फिस्टाप्लाटर, चिप्स एन्ड साल्सा, चिलाकिलेस, रजस, पपस, टिङ्ग, सुप्रिमा, कार्निटास, इन्चिलाडास, टाकोस, बुरिटो, मोलेटेस, पिकोडेगालो, टोरटास, टोर्टा अहोगडो, टोर्टो चिलाकिल, टोर्टिला सुप जस्ता मेक्सिकन मौलिक खानाहरू कासा मेक्सिकानामा पाइन्छन् । 

मेक्सिकन खानाहरू ताजा, चिजिर अमिलो पिरो मात्र होइन, कलरफूल हुने हुँदा यसको लोकप्रियता विश्वभर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्