साउन २१, २०७९
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
मेक्सिकन नागरिक ड्यानिल तपियाको कासा म्याक्सिकना नामको रेस्टुरेन्ट खोलेका छन् । उनको रेस्टुरेन्ट काठमाडौंको गैरीधारा र ललितपुरको बखुन्डोलमा अवस्थित छ ।
म्याक्सिकन भाषामा कासाको अर्थ चुल्हो भन्ने बुझिन्छ । दुवै आउटलेटमा उनले टिपिकल म्याक्सिकन खानाको परिकार मेनुमा समावेश गरेका छन् ।
मेक्सिकन खाना पिरो, अमिलो र चिजी हुने हुँदा धेरै नेपालीलाई मन पर्छ ।
ड्यानिल तपिया नेपालमा सपरिवार बस्छन् र राम्रो नेपाली भाषा बोल्छन् । नेपाली कसरी सिक्नुभयो भन्ने प्रश्नमा ड्यानिलले स्टुरेन्टमा नेपाली कर्मचारीहरूसँग बोल्दाबोल्दै सिकेको बताए ।
म्याक्सिकन खानाको माग देखेर नै नेपाल आएर म्याक्सिकन रेस्टुरेन्ट खोलेको उनले बताए । म्याक्सिकन खाना म्याक्सिकनले बनाउनु र अरुले बनाउनुमा फरक पर्ने हुँदा किचनलाई उनी पूर्ण निगरानीमा राख्छन् ।
खानाको मौलिकता बिग्रेला र स्वादमा कमी होला भन्ने चिन्ताले उनले प्रायः सबै कर्मचारीलाई आफ्नो देशको खानाबारे तालिम दिने गरेका छन् । बढीजसो म्याक्सिकन खाना रोल हुने हुँदा सिक्न पनि खासै गाह्रो त हुन्न तर मसला र ताजापनका लागि सामाग्री जुटाउन अलि गाह्रो छ ।
हुन त उनले धादिङमा थोरै जग्गा किनेर आलोपेनो (मेक्सिकन खुर्सानी), सिल्यान्ट्रो (मेक्दिकन धनियाँ) खेती गरेका छन् ।
के–के खान पाइन्छ कासा म्याक्सिकनामा ?
टोटोपोस, गोकामोले, फिस्टाप्लाटर, चिप्स एन्ड साल्सा, चिलाकिलेस, रजस, पपस, टिङ्ग, सुप्रिमा, कार्निटास, इन्चिलाडास, टाकोस, बुरिटो, मोलेटेस, पिकोडेगालो, टोरटास, टोर्टा अहोगडो, टोर्टो चिलाकिल, टोर्टिला सुप जस्ता मेक्सिकन मौलिक खानाहरू कासा मेक्सिकानामा पाइन्छन् ।
मेक्सिकन खानाहरू ताजा, चिजिर अमिलो पिरो मात्र होइन, कलरफूल हुने हुँदा यसको लोकप्रियता विश्वभर छ ।
सवितुः पत्रकारले प्रत्यक्ष देखेर तथ्यांक, विवरण संकलन गरेको स्थितिबाहेक समाचारमा प्रयोग भएका हरेक सूचनाका लागि विश्वासिलो स्रोतको उल्लेख गर्नैपर्छ । अपवादको अवस्थाबाहेक ‘नाम नखुलाउने शर्तमा’ ...
‘विश्व आदिवासी दिवस’ आइरहँदा सधैं झै एउटा कुराको स्मरण आइरहन्छ । विभिन्न जातजातिको भेषभुषामा सजिएर टुँडिखेलको मैदान वा कुनै गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका केही प...
खुर्सानी भन्नासाथ सबैको मुखमा पानी ओइरिन थाल्छ । हुन पनि चिज नै त्यस्तो ! खुर्सानी विनाको कुनै पनि परिकार बेस्वादे लाग्छ । अझ नेपालीका लागि त खुर्सानी विना सोच्न पनि गाह्रो हुन्छ । डल्ले खुर्सानी, जिरे खुर्सान...
म्यादी अर्थात् टेम्पोररी । नेपालमा चुनाव सञ्चालन गर्नका लागि शिक्षक वा अन्य सरकारी कर्मचारी खटिन्छन् र सुरक्षाका लागि भनेर अस्थायी प्रहरीको भर्ती लिने चलन छ । अस्थायी प्रहरीलाई भनिने ‘म्यादी’ यसपटकको नेप...
अहिले आँपको सिजन छ । सबैलाई आँप खुब मन पर्ने फल हो । सिजनको आँप त्यसैपनि खुब स्वादिष्ट हुन्छ । आप एक फलको रूपमा मात्र नखाई धेरै परिकार बनाएर खान सकिन्छ । पौराणिक हिसाबमा हेर्ने हो भने आँपको पात पनि एक प...
सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...