×

NMB BANK
NIC ASIA

घरदैलो अभियानलाई तीब्र बनाउन कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन

चैत ७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घरदैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 

Muktinath Bank

सोमवार कांग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरूको सुखदुःखमा सरिक हुँदै आवश्यक सुझाव समेत संकलन गर्न सके मात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घरआँगनमा पुग्न सकेका छौं कि छैनौं ? म राम्रो उम्मेदवार हुँ मैले जितिहाल्छु भनेर बसेर हुँदैन है ! जनताको बीचमा पुग्न सक्नुपर्छ । उनीहरूको अवस्था कस्तो छ ? जनहितमा पार्टीले के गर्न सक्छ ? जनताको हामीप्रति असन्तुष्टिहरू छन् कि ? कांग्रेसले सुधार्नुपर्ने पो केही छ कि ? यी सबै विषयमा गम्भीर हुनु आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

सरकारले निर्वाचनको मिति तय गरिसकेको अवस्थामा पनि केहीमा अझै चुनाव हुँदैन कि भन्ने शंका देखिएकाले दोधारमा नपर्न उनले आग्रह गरे ।

Vianet communication

‘सरकारले निर्वाचनको मिति तोकिसकेको छ, निष्पक्ष ढंगबाट निर्वाचन गराउन सरकार तयारी अवस्थामा छ तर केही मानिसहरूमा निर्वाचन तोकिएको समयमा नहुने हो कि भन्ने शंका रहेको पनि देखियो । तोकिएकै मितिमा निर्वाचन हुने, म विश्वास दिलाउन चाहन्छु । हामी विधि र प्रक्रिया अनुसार चल्ने पार्टी हौं, चुनाव हुन्छ ।’ 

चुनावी गठबन्धनको विषयमा विभिन्न स्तरबाट केन्द्रीय कार्यसम्पादन समितिले सुझाव संकलन गरिरहेको र सोही आधारमा एउटा निष्कर्षमा पुगिने उनले स्पष्ट पारे । ‘धेरै सुझावहरू आएका छन्, कसैले निर्वाचनमा एक्लै जानुपर्छ भन्नुभएको छ, केहीले गठबन्धन नगरी हुँदैन भन्नुभएको छ । पार्टीको आन्तरिक सुझाव अनुसार नै अघि बढ्ने हो । गठबन्धन हुने नहुने वा आवश्यकता अनुसार हुने भन्ने विषय केही दिनभित्रै केन्द्रीय कार्यसम्पादन समितिले टुंगोमा पुर्‍याउँछ,’ सिंहले भने ।

कार्यक्रममा कांग्रेसबाट बागमती प्रदेश सरकार र प्रदेश सभामा प्रतिनिधित्व गरेका मन्त्री तथा सांसदहरू प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, १३ वटै जिल्लाका सभापति लगायत पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x