×

NIC ASIA

कम्युनिष्टलाई मिल्न नदिन गठबन्धन आवश्यक- देउवा

चैत १२, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा कम्युनिष्ट पार्टीलाई मिल्न नदिन र कांग्रेसलाई जिताउनकै लागि गठबन्धन गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवा र नेता शशांक कोइरालाबीच गठबन्धनको विषयलाई लिएर सवाल जवाफ भएको हो । शशांकले आगामी चुनावमा गठबन्धन गर्न नहुने धारणा राख्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले एमाले विभाजन भएकाले चुनाव जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसका नेता कार्यकर्तालाई सचेत गराए ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका अध्यक्ष चुनाव जित्नका लागि जुनसुकै बेला एमालेसँग मिल्न सक्ने र त्यसलाई रोक्नकै लागि भए पनि चुनावी गठबन्धन गर्नुपर्ने अवस्था रहेको देउवाले बताएका थिए । 

Vianet communication

‘हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? कांग्रेस जिताउनकै लागि गठबन्धन गर्ने हो,’ देउवाले भने, ‘एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छन् नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ?’

एमाले विभाजन भएको भनेर कमजोर आँक्न नहुने देउवाको भनाइ थियो ।

कार्यक्रममा शेखर कोइरालाले चुनावमा गठबन्धन गर्दा नेपाली कांग्रेस भारतको कांग्रेस आईको अवस्थामा पुग्ने तर्क गरेका थिए । भारतको कांग्रेस आई चुनावमा विभिन्न पार्टीसँग तालमेल गर्दा कमजोर बनेको कोइरालाले बताए । 

कांग्रेसभित्रै आन्तरिक एकता भए पनि स्थानीय तहको चुनाव जित्ने अवस्था रहेको कोइरालाको भनाइ थियो ।

कोइरालाले चुनावमा गठबन्धन गर्न नहुने भनेपछि सभापति देउवा आक्रोशित भएका थिए ।

गठबन्धन भएकै कारण कांग्रेसको नेतृत्वमा सरकार बनेको र अहिल्यै सहयात्री दलहरूलाई ‘गेट आउट’ भन्न नमिल्ने देउवाको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x