×

NMB BANK
NIC ASIA

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण

वाङ भ्रमणको अन्तिम दिन : राष्ट्रपतिसँगको भेटलगत्तै ओली र प्रचण्डलाई भेट्ने

चैत १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भ्रमणको अन्तिम दिन आज (आइतवार) महत्वपूर्ण भेटवार्ता गर्दैछन् ।

Muktinath Bank

जसअनुसार वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहान ९ : ३० बजे शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने उनको कार्यसूची छ ।


Advertisment
Nabil box
Kumari

यसलगत्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

Vianet communication
Laxmi Bank

होटल मेरियटमा ओली र प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने वाङको कार्यसूची छ ।

शुक्रवार दिउँसो नेपाल भ्रमणका लागि आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिवार शिवपुरीमा हाइकिङ गरेका थिए । 

शनिवार नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । 

त्यस्तै उनले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट तथा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । यसपछि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल रूपमा काठमाडौंबाटै उद्घाटन गरेका थिए । 

नेपाल भ्रमण सकेर वाङ यी आइतवार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यी हुन् नेपाल र चीनबीच भएको ९ बुँदे समझदारी

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठकपछि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

जसअनुसार, आर्थिक तथा प्राविधिक सहयोग, नेपाल चीन क्रसबोर्डर रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनमा प्राविधिक सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी, नेपालमा रेल्वे क्षेत्र सहकार्य बढाउने सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।  

नेपाल र चीन अन्तरदेशीय विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्ने, नेपालबाट चीनमा घाँस निर्यात गर्ने, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, मर्मत सम्भार एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण र चिनियाँ स्वास्थ्यकर्मीको टोलीले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले बताएको छ । 

त्यसबाहेक, कोभिड-१९ विरूद्धको ४० लाख डोज खोप हस्तान्तरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

द्विपक्षीय बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेतृत्व गरेको १७ सदस्यीय प्रतिनिधि मण्डल बैठकमा सहभागी भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x