साउन २७, २०७९
अघिल्लो बिहीवार (१९ साउन)मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गरेको सूचना मन्त्रीहरूबाटै ‘लीक’ भयो । कार्यक्षमताको अभाव र न...
काठमाडाैं | चैत १८, २०७८
कोरोना महामारीका कारण संकटमा परेको अटोमोबाइल्स व्यवसायलाई रुस–युक्रेन युद्धले थप समस्यामा पारेको छ ।
युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि हुँदा विद्युतीय सवारी साधनमा आकर्षण बढ्दै गए पनि उत्पादन कम हुँदा अपेक्षित रूपमा बजार विस्तार हुनसकेको छैन ।
कोरोना महामारीका कारण लामो समयदेखि विश्व बजारमा चिप उत्पादन कम हुँदा सवारी साधनको उत्पादन नै कम भइरहेको छ ।
महामारीबाट तंग्रिँदै जाँदा सवारीसाधनको बिक्री बढ्दै गएको तर मागभन्दा निकै कम मात्र उत्पादन भएपछि अहिले बजारमा कतिपय सवारीसाधनहरूको अभाव देखिएको छ ।
रुस–युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा यतिखेर विद्युतीय सवारी साधनमा आकर्षण उच्च छ । तर चिपको उत्पादन नै कटौती भएपछि बजारमा विद्युतीय गाडीहरूको उपस्थिति निकै पातलो छ ।
पछिल्लो समय सरकारले व्यापार घाटा कम गर्नका लागि आयातमा कडाइ गरेको छ ।
सवारी साधन तथा यसका लागि आवश्यक स्पेयर पार्ट्स आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा ५ प्रतिशतबाट बढाएर राष्ट्र बैंकले ५० देखि १०० प्रतिशतसम्म राखेको छ ।
जसका कारण सवारी साधनको मूल्य बराबरकै रकम बैंकमा धरौटी राखेर गाडी आयात गर्नुपर्ने बाध्यात्मक अवस्थामा बिक्रेताहरू छन् ।
यसबाहेक सवारी साधन खरिदका लागि फाइनान्सिङमा बैंकहरूले सहजीकरण नगर्दा पनि बिक्रीमा समस्या आएको व्यवसायीहरूको बुझाइ छ ।
माग उच्च, गाडी अभाव
रुस–युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिको असर नेपालमा पनि उस्तै छ । यसबीचमा नेपालमा विद्युतीय सवारी साधनमा आकर्षण बढेको देखिन्छ ।
विद्युतीय सवारीसाधनका आधिकारिक वितरकहरूका अनुसार पछिल्लो समय विद्युतीय सवारी साधनमा नेपालीहरूको आकर्षण बढेको छ ।
तर, पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धिबाट आजित भएका ग्राहकहरूलाई उनीहरूकै रोजाइका विद्युतीय सवारीसाधन उपलब्ध गराउन वितरक कम्पनीहरूले सकेका छैनन् ।
पछिल्लो समय विश्व बजारमा चिपको अभाव हुँदा विद्युतीय सवारी साधनको उत्पादन नै कम भएको ह्युन्डाइ गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । यसले गर्दा नेपालमा समेत असर परेको उनको बुझाइ छ ।
गत फागुनमा ह्युन्डाइले नयाँ इलेक्ट्रिक कार आयोनिक– ५ नेपाली बजारमा सार्वजनिक गरेको थियो ।
तत्कालीन समयमा करीब २५ वटा गाडी नेपाली बजारमा ल्याएको ह्युन्डाइले केही दिनमै बिक्री सकाएको थियो । अहिले कम्पनीसँग विद्युतीय गाडीको स्टक बाँकी रहेको छैन ।
विश्व बजारमा नै आपूर्तिमा गिरावट आउँदा नेपालमा माग धान्नै गाह्रो परिरहेको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।
विस्तारै आपूर्ति सहज भएमा दशैंसम्म बूकिङ लिएका ग्राहकलाई गाडी उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
श्रेष्ठ भन्छन्, ‘अहिले नेपाली बजारमा नै समस्या रहेको छ, सम्पूर्ण कारणले गर्दा कारोवार घटेको अवस्था छ । सामान्य अवस्थामा भन्दा ५० प्रतिशत बूकिङ घटेको अनुमान गरेका छौँ ।’
यस्तै बजारमा विद्युतीय सवारी साधनको अभाव हुँदा ग्राहकले बूकिङ गरेर लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको टाटाको आधिकारिक वितरक सिप्रदीले जनाएको छ ।
यस्तै नेपालका लागि एमजी मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले फागुन १५ मा एमजी जेडएस इभी २०२२ सार्वजनिक गरेको थियो ।
गाडी सार्वजनिक गरेको एक महिनासम्म पनि ग्राहकको माग अनुसार सो गाडी उपलब्ध गराउन कम्पनीले नसकेको कम्पनीका सेल्स म्यानेजर मुराहरी मास्के बताउँछन् ।
उनका अनुसार सो इभी सार्वजनिक भएको २ दिनमै बूकिङ ४ सयभन्दा बढीले गरेका थिए । माग धान्न गाह्रो हुने देखिएपछि २ दिनमै कम्पनीले बूकिङ बन्द गरेको थियो ।
सेल्स म्यानेजर मास्के भन्छन्, ‘चीनबाट आयात गर्नै सकिएको अवस्था छैन, जसकारण अहिले हामीले सो गाडीको बूकिङ नै बन्द गर्यौँ । बूकिङ गरेकाहरूलाई पनि कहिले दिने हो ठेगान छैन ।’
बूकिङ गरेका ग्राहकहरूले इभी लिन अझै केही समय कुर्नुपर्ने उनले बताए ।
यस्तै जापानी कम्पनी निसानको विद्युतीय गाडी पनि नेपाली बजारमा निकै न्यून रहेको छ ।
सो गाडी चढ्नका लागि ग्राहकले बूकिङ गरेको करीब २ देखि ३ महिना पर्खनुपर्ने अवस्था रहेको निसानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पका बजार प्रबन्धक ज्ञानेन्द्र चन्द बताउँछन् ।
अहिले बूकिङ धमाधम भइरहे पनि बिक्री भने कम भइरहेको उनले बताए ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ राजनबाबु श्रेष्ठले विश्व बजारमा नै उत्पादन कम हुँदा अहिले विद्युतीय सवारी साधनको अभाव भएको बताए ।
उनका अनुसार अहिले विद्युतीय गाडीहरूको उत्पादन नै कम हुँदा आपूर्ति पनि कम भइरहेको छ, जसले गर्दा नेपालमा पनि विद्युतीय सवारीसाधनहरूको अभाव रहेको उनले बताए ।
उनले भने, ‘अहिले यहाँ पनि इभी एकदमै सर्टेज छ । कुनै पनि कम्पनीले भन्नेबित्तिकै गाडी दिन सक्ने अवस्था छैन ।’
उनका अनुसार अहिले सिप्रदीसँग पनि टाटाको इभीहरू निकै न्यून मात्रामा रहेका छन् ।
आज गाडी किन्न चाहने ग्राहकलाई ७/८ महिना पर्खन भन्ने गरिएको नाडाका उपाध्यक्ष समेत रहेका सीईओ श्रेष्ठले बताए ।
उनले भने, ‘बूकिङ धेरै छ, तर मागअनुसार आपूर्ति छैन, आज बूकिङ गर्नेहरूलाई ७/८ महिना पर्खनुपर्ने अवस्था छ ।’
नाडा भन्छ : ‘सरकारले सहयोग गर्नुपर्छ’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का उपाध्यक्ष तथा विद्युतीय सवारी समितिका सभापति राजनबाबु श्रेष्ठ अहिले केही समय बजारमा अभावजस्तो देखिएपनि नेपालमा विद्युतीय गाडीमा आकर्षण बढ्दै गएको बताउँछन् ।
उनले अभाव लामो समय नजाने भन्दै व्यवसायीहरूले यसलाई बुझ्नुपर्ने बताए । पूर्वाधार विकासमा सहजीकरण गर्न सरकारलाई पनि उनको आग्रह छ ।
श्रेष्ठले भने, ‘चार्जिङ स्टेसन राख्छु भन्दा पनि त्यसमा धेरै समस्या छ, सरकारले यसलाई सहजीकरण गरिदिनुपर्छ ।’
उनले पछिल्लो समय सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता राखेकोमा भने खुशी व्यक्त गरे ।
अघिल्लो बिहीवार (१९ साउन)मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गरेको सूचना मन्त्रीहरूबाटै ‘लीक’ भयो । कार्यक्षमताको अभाव र न...
जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्...
जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८ /७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८ /७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्र...
पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा बिहीवार अध्यक्षसहित पदाधिक...
नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन् बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको चेम्बर...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझद...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...