×

NMB BANK
NIC ASIA

नवलपरासी कांग्रेसमा उम्मेदवार सिफारिसमै किचलो, वडाबाटै प्रमुखको नाम मागिएपछि अन्योल

चैत २३, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले उम्मेदवारको नाम छनोट प्रक्रिया शुरू गरेको छ तर उम्मेदवार छनोटमा वडादेखि नै किचलो देखिएको छ ।

Muktinath Bank

नवलपरासी कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलको गृहजिल्ला हो । वैशाख ३० गते हुने निर्वाचनका लागि पहिलो चरणको नाम सिफारिसमै अधिकांश वडामा विवाद देखिएको छ तर कांग्रेसले तत्काल उम्मेदवारको नाम घोषणा नगर्न आग्रह गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति २ नम्बर क्षेत्रको छुट्टाछुट्टै पत्रले उम्मेदवार चयनमा अन्योलसहित विवाद उत्पन्न गराएको छ । कांग्रेसको विधानमा सम्बन्धित तहहरूले उम्मेदवारको नाम पठाउँदा सबै तहको एक पद बराबर महिला अनिवार्यसहित बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ तर विवादका कारण वडाबाट एउटै पदमा ५–७ जना बढीको नाम आएको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

उम्मेदवारका लागि अहिले पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पुनः दोहोरिने गरी सिफारिसका लागि नाम अघि सारेका छन् । केही नयाँ अनुहारका पनि छन् ।

Vianet communication

जिल्ला समितिले जारी गरेको पत्रले अन्योल थपिएको प्रतिनिधिसभा २ नम्बर क्षेत्रीय समितिका सभापति मुकुल आचार्यले बताए । ‘यो पत्रले कुनै वडा कार्यसमितिले प्रमुख र उपप्रमुखको नाम पठाएका छन्, कुनै वडाले पठाइएका छैनन् । आफ्नो नाम पठाए सहमति जनाउने र नपठाए विवाद निकाल्ने कार्यले झन् अन्योलता छायो । विधानमा जे व्यवस्था छ, त्यही अनुरूप गर्नुपर्छ,’ आचार्यले भने ।

विधानमा नगर र गाउँपालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम वडाले सिफारिस गर्नुपर्ने उल्लेख छैन ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको २ नम्बर क्षेत्रले जिल्ला कार्यसमितिले जारी गरेको पत्रको खण्डन हुने गरी अर्को पत्र जारी गरेको छ । पत्रमा नगर र गाउँपालिका अध्यक्ष/उपाध्यक्षको नाम वडा कार्यसमितिबाट सिफारिस गर्न अनिवार्य नभएको जनाएको छ । पत्रमा वडा कार्यसमितिले वडाध्यक्ष र सदस्यको नाम मात्र पठाउन भनिएको छ । 

तर जिल्ला सचिव उमेश यादवद्वारा हस्ताक्षरित पत्रमा आफ्नो रायसहित गाउँ/नगरका प्रमुख र उपप्रमुखको नाम पठाउन वडा कार्यसमितिलाई भनिएको छ । त्यसले केही वडामा नाम सिफारिस गर्न अन्योल भएको वडा सभापतिहरूले जनाएका छन् । 

केही वडाले प्रमुखहरूको नाम सिफारिस गरेर पठाउन थालेका छन् भने केहीले वडाको मात्र पठाउन थालेका छन् । सुस्ता गाउँपालिकाका अधिकांश वडा कार्यसमितिले अध्यक्ष र उपाध्यक्षको नाम छनोट गरेका छन् । केही वडा कार्यसमितिले अध्यक्षको मात्र र केहीले उपाध्यक्षको मात्र नाम छनोट गरी सिफारिस गर्न लागेका जानकारी आएको गाउँ कार्यसमितिका अध्यक्ष रविन्द्र जयसवालले बताए ।

रामग्राम नगर कार्यसमितिका सभापति श्रीधर बस्यालले विधानअनुसार नामावली सिफारिस गरी पठाउन सम्बन्धित वडाहरूलाई परिपत्र गरेकाले तोकिएको समयमा नामावली आउने बताए ।

उम्मेदवारको नाम टुंग्याउन सहज हुने भएकाले वडाबाटै राय सहितको प्रमुख र उपप्रमुखको नामावली पनि पठाउन जिल्लाले पत्राचार गरेको पार्टी जिल्ला सचिव कुलदिप आचार्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x