×

NMB BANK
NIC ASIA

एमाले र गठबन्धन दुवैलाई प्रतिष्ठाको लडाईं

बुटवलको चुनावी जोडघटाउ: विभाजनपछि पनि 'सग्लो' एमाले, गठबन्धनलाई आफूभित्रै मिलाउन सकस !

चैत २७, २०७८

NTC
Premier Steels

लुम्बिनी प्रदेशका चार उपमहानगरपालिका मध्ये बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) दुवैले दाबी गरेका छन् । 

Muktinath Bank

गठबन्धनको बलमा एमालेको किल्ला भत्काउने रणनीतिमा रहेको गठबन्धनमा नेकपा एसले एमालेले जितेको बुटवल आफूहरूले पाउनुपर्ने दाबी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धन नै बनाएर होमिँदा पनि बुटवलमा एमालेलाई हराउन भने निकै मुस्किल छ । पाँच वर्षअगाडि कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लड्दा पनि एमाले एक्लैले विजयी झण्डा फहराएको थियो ।


Advertisment
Nabil box
Kumari

बुटवल नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्र तथा गृहनगर हो । सोही कारण एमालेलाई पनि बुटवल प्रतिष्ठाको विषय छ ।

Vianet communication

सत्ता गठबन्धनलाई बुटवलमा साझा उम्मेदवार तय गर्न निकै मुस्किल छ । कांग्रेसको संस्थापन पक्ष नेकपा एसलाई छाड्न तयार भए पनि संस्थापनइतर (डा. शेखर कोइराला) पक्ष त्यसका लागि तयार भएको छैन ।

बुटवल नगरमा ३ कार्यकाल सभापति र यसअगाडि मेयरको उम्मेदवार रहेका खेलराज पाण्डेले यसपटक पनि उम्मेदवारी दिने गरी एक वर्षदेखि तयारी गरिरहेका छन् । भर्खरै बनेको दललाई बुटवल उपमहानगरको प्रमुख पद छाड्न नहुनेमा कांग्रेसका बहुसंख्यक नेता एकमत छन् ।

त्यसो त बुटवलमा नेकपा एसको खासै प्रभाव छैन । अघिल्लोपटक एमालेले जितेको स्थान भएकै आधारमा एसले दाबी गरेको देखिन्छ । नेकपा एस एमालेबाटै विभाजित भएर बनेको पार्टी हो ।

नेकपा एसले टिकट पाएमा पार्टीका रूपन्देही इञ्चार्ज बालकृष्ण चापागाईं र अध्यक्ष राजु गुरुङमध्ये एकजना उम्मेदवार बन्ने देखिन्छ ।

अर्कातर्फ गठबन्धनभित्र मतभारको हिसाबले पहिलो पार्टी भएकाले आफूहरूले पाउनुपर्ने दाबी कांग्रेसले गरेको छ । 

कांग्रेस नेताहरूको बोली सुन्ने हो भने स्पष्ट दुईमत देखिन्छ ।

कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँण केन्द्रको निर्देशनअनुसार अगाडि बढ्ने बताउँछन् । उनी गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन । 

तर, खाँणको भनाइ मान्न पाण्डे तयार छैनन् । ‘बुटवल कांग्रेसले छाड्ने कुरा कल्पना पनि गर्न सकिँदैन,’ नगर सभापति पाण्डेले लोकान्तरसँग भने, ‘यो हल्ला मात्र हो । सबैलाई उचित व्यवस्थापन होला । अहिले कांग्रेसप्रति जुन लहर आएको छ, त्यो बुटवलका लागि कांग्रेस अग्रसर हुनु भन्ने संकेत हो ।’ 

पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल पनि मेयरका आकांक्षी छन् । 

नगर सभापति पाण्डेलाई कमजोर बनाउन संस्थापनइतर समूहकै अर्का आकांक्षी हरि लम्साललाई अगाडि सार्ने वा नेकपा एसलाई छाड्ने रणनीतिमा गृहमन्त्री बालकृष्ण खाँणसहित संस्थापन पक्षका नेताहरू रहेको कांग्रेसकै एक नेताले बताए ।

पाण्डेका तुलनामा लम्साल कार्यकतामाझ कम भिजेका नेतामा पर्छन् । 

मेयर र उपमेयर कांग्रेस वा एस जसले पाए पनि उपमेयर भने आफूले पाउनुपर्ने दाबी नेकपा (माओवादी केन्द्र)को छ ।

गएको निर्वाचनमा मेयरमा नेकपा एमालेका शिवराज सुवेदीले २३ हजार २४९ र कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ ल्याएका थिए । सुवेदी र पाण्डेको मत २ हजार ३९८ को अन्तर थियो ।

त्यस्तै उपमेयरमा एमालेकी गुमादेवी आचार्य र माओवादी केन्द्रका जगतबहादुर पोखरेलको भने १० हजारभन्दा बढी अन्तर पर्‍यो । 

आचार्यले २५ हजार ३०१ ल्याउँदा पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । १९ वडा रहेको बुटवलमा १४ वटा एमाले र ४ वटामा कांग्रेसले जीत निकालेको थियो । माओवादीले एउटा पनि जित्न सकेन् । 

नेकपा एमाले पार्टी विभाजनले खासै असर नगरेको भन्दै आक्रामक रूपमा निर्वाचनमा होमिएको छ । तर, यो पटकको निर्वाचन जित्न सबैले रुचाएको र कार्यकर्तामाझ भिजेको उम्मेदवार छान्न एमालेसामु चुनौती छ ।

बुटवलमा व्यवसायसँगै राजनीतिमा होमिएका गोपाल राना, बाबुराम भट्टराई र हालकै मेयर शिवराज सुवेदी नेतृत्वका लागि आकांक्षी छन् ।

एमाले बुटवलमा आफ्नो विरासत गुमाउन चाहँदैन । एमालेले २०५६ देखि कुनै निर्वाचन बुटवल गुमाएको छैन । बुटवलमा एमालेको बलियो संगठन छ । 

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बुटवलमा एमालेको संगठन बलियो भएकाले जुनसुकै गठबन्धन आए पनि सहजै जित्ने दाबी गर्छन् ।

पार्टी विभाजनपछि पनि बुटवलमा एमाले सग्लो रहेको उनले बताए ।

‘जति माधव नेपालको पार्टीमा लागेका छन्, त्यो भन्दा बढी नेकपा हुँदा समाहित माओवादीका नेताहरू एमालेमै छन्,’ केसीले भने ।

१९ वटा वडा रहेको बुटवलमा २४ हजार मतदाता बढेका छन् । गएको निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६७ पुगेका छन् । 

बहालवाला मेयरका अलावा एमालेबाट को–को आकांक्षी ?

एमाले रुपन्देहीका पूर्व जिल्ला उपसचिव गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुन् । रानाका दुईवटा स्टार होटल सञ्चालनमा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउँदा उनै रानाको होटलमा बस्ने गरेका छन् । व्यवसायसँगै राजनीतिमा लागेका राना अध्यक्ष ओलीसँग निकट छन् । हालै एमालेले रानालाई प्रदेश कमिटी सदस्य मनोनयन गरेको छ । 

अघिल्लो निर्वाचनमै धेरै टिकट पाउने बताइएका राना अन्तिम समयमा आएर ‘रिङ आउट’ भएका थिए । उनले आफूलाई पार्टीले अगाडि सारे चुनाव जितेर नयाँ भिजनका साथ काम गर्ने बताउँदै आएका छन् ।

युवा र जनजाति पृष्ठभूमिका कारण उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

एमालेमा एउटा समूहले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ ।

भट्टराई पार्टी पंक्तिमाझ बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् भने उनको सन्तुलित भूमिकालाई धेरैले मन पराउने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

एमालेका एक जिल्ला नेताले बुटवलमा पात्र परिवर्तन गरे चुनाव जित्न कुनै गाह्रो नभएको बताए । 

अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको भट्टराईले १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । पार्टीका नेताहरू भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरूप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । 

लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।

नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे । 

त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमेरमै औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्ष बनेका थिए । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । 

सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरू बताउँछन् । भट्टराई राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईका सहोदर भाइ हुन । 

दुवै समूहले बुटवलको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

बहालवाला मेयर शिवराज सुवेदीले पनि आफू दोहोरिने बताउँदै आएका छन् । आफूले अगाडि सारेका योजनाहरू सफल बनाउन पुनः एक कार्यकाल आफूलाई सेवा गर्न दिनुपर्ने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x