×

NIC ASIA

बुटवलको मेयरमा पाण्डेको नाम एकलौटी सिफारिस गरिएको भन्दै कांग्रेसभित्र विद्रोह

बैशाख ६, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयरका लागि खेलराज पाण्डेलाई एकलौटी रूपमा सिफारिस गरिएको भन्दै पार्टीभित्र विरोध भएको छ ।

Muktinath Bank

नगर सभापति समेत रहेका पाण्डेको नाम सिफारिस भएपछि उनकै समूहका नेताहरूले विद्रोह गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस २ नम्बर क्षेत्रका क्षेत्रीय सभापति हरि लम्साल सहितको टीमले अन्य आकांक्षीसँग कुनै छलफल, समन्वय र परामर्श विना नगरले एकलौटी रूपमा प्रदेश समितिलाई पाण्डेको नाम पठाएको भन्दै विरोध गरेको हो । 


Advertisment
Nabil box
Kumari

सभापति लम्साल महाधिवेशन प्रतिनिधि चुन्नप्रसाद पौडेल र चोपनारायण श्रेष्ठ सहितको टीमले कांग्रेस प्रदेश समितिका सभापति अम्मरसिंह पुनलाई विधान विपरीत गरिएको पाण्डेको सिफारिस मान्य नहुने भन्दै निवेदन बुझाएका छन् । 

Vianet communication

लम्साल पनि मेयरका आंकाक्षी हुन् । ‘पाण्डेको सिफारिस मान्य हुँदैन, त्यो विधान विपरीत छ । नगरले कसैलाई पनि थाहा नै नदिएर सिफारिस गरेको छ,’ लम्सालले लोकान्तरसँग भने । 

पाण्डेविरुद्ध कांग्रेसका २ भन्दा बढी नेताहरूले प्रदेश समितिमा निवेदन बुझाएका छन् ।  

पाण्डे र लम्साल दुवै जना संस्थापन इतरका नेता हुन् । यता नेपाली कांग्रेस बुटवल नगर सचिव छाया पोखरेलले पार्टीको नगर समितिको पूर्ण बैठकबाट विधान अनुसार पाण्डेको नाम सिफारिस गरिएको बताए ।

‘सिंगल उम्मेदवार सिफारिस गर्ने भनेपछि खेलराज दाइको नाम सिफारिस भएको हो । निर्णय विधान विपरीत भएजस्तो मलाई लाग्दैन । मेयरका आकांक्षीहरूबीच छलफल त भयो होला, त्यो मलाई जानकारी भएन,’ पोखरेलले भने ।

पाण्डे अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । उनी एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । बुटवलमा गठबन्धनले मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने चर्चा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x