×

NMB BANK
NIC ASIA

कैलालीमा ३ दलीय गठबन्धनबीच सहमति, यस्तो छ भागबण्डा

बैशाख १२, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सत्तारुढ ३ दलीय गठबन्धनबीच कैलाली जिल्लामा चुनावी तालमेलको विषयमा सहमति भएको छ ।

Muktinath Bank

लामो छलफलपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा सहमति गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार अबेर राति भएको सहमति अनुसार ६ पालिका प्रमुख नेपाली कांग्रेस, ४ पालिका प्रमुख माओवादी केन्द्र र २ पालिका प्रमुख एकीकृत समाजवादीले पाउने गरी सहमति भएको हो ।


Advertisment
Nabil box
Kumari

१३ स्थानीय तह रहेको कैलालीमा धनगढी उपमहानगरपालिकामा यसअघि नै कांग्रेसले प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले पाउने गरी सहमति भइसकेको छ । अब कांग्रेसले ७ पालिकामा प्रमुख पाउने भएको हो ।

Vianet communication

टीकापुर र लम्कीचुहा नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख, गोदावरी नगरपालिकामा कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख पाउने भएको हो । बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाउने भएको छ । 

गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेस उपप्रमुख पाउने भएको छ । घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा एकीकृत समाजवादीले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने सहमति भएको छ ।

त्यस्तै, २०७४ को निर्वाचनमा कांग्रेसले जितेको वडामा काँग्रेसले र माओवादी केन्द्रले जितेको वडामा माओवादी केन्द्रले अध्यक्ष पाउने गरी उम्मेदवारी दिने र एकीकृत समाजवादीले सनाखत र समर्थन गरेका वडामा उक्त दलकै वडाध्यक्ष हुने सहमति भएको बताइएको छ । त्यस्तै स्थानीय आवश्यकताको आधारमा गठबन्धनमा आवद्ध दलहरूको तर्फबाट १/१ जना सदस्य पदमा सम्बन्धित दलकै चुनाव चिन्हमा उम्मेदवारी दिने सहमति भएको बताइएको छ ।

गत निर्वाचनमा नेकपा एमालेले जितेको २४ वडाहरूमा तीनै दलले ८/८ वटा वडा लिने सहमति गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x