×

NIC ASIA

लोकतन्त्रका लागि कांग्रेस र गठबन्धनका उम्मेदवारले जित्नु जरुरी छ : प्रधानमन्त्री देउवा

बैशाख २१, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् ।

Muktinath Bank

नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधवार उनले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औंल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नेपालको संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण र सुदृढीकरण गर्न ५ दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले सोहीअनुरूप लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा आवश्यकताअनुसार चुनावी तालमेल र सहकार्य समेत अघि बढेको धारणा व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

गठबन्धनको अपरिहार्यतालाई आत्मसात् गर्दै लोकतान्त्रिक र परिवर्तनकारी पक्षधर उम्मेदवारलाई सबैले सहयोग गर्ने उनको अपेक्षा थियो । प्रधानमन्त्री देउवाले कांग्रेस सदैव लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गर्दै आएको र त्यसमा सदैव अडिग रहेको उल्लेख गर्दै कांग्रेस बलियो भए मात्र लोकतन्त्र सुदृढीकरण हुने बताए ।

Vianet communication

भेटमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको आसन्न नवौं महाधिवेशनको तयारी, लोकतन्त्र रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका, मुलुकको सञ्चार क्षेत्रको अवस्थालगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

भेटमा युनियनका, उपाध्यक्ष ईश्वरी ओझा, कावा महासचिव भीष्मराज ओझा र कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए । युनियनले नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते मकवानपुरको हेटौंडामा गर्ने तय गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x