×

X
Nic Asia
Marvel
Khukuri

कैलालीमा चुनावका बेला मदिरा बिक्रीवितरण गर्न रोक

कैलाली | बैशाख २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

कैलालीमा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।

DHARA
LAxmi BAnk

जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार सार्वजनिक सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

वैशाख ३० गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जारी गरिएको निर्वाचन आचारसंहिता अनुसार रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही हुने सूचित गरिएको छ ।


Advertisment
Bizbazar
Saurya island

सार्वजनिक भवन, उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स प्रिन्ट र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामाग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रर्दशन गर्न नहुने बताइएको छ ।

जारी सूचना अनुसार १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न/गराउन नहुने तथा माइक वा लाउडस्पिकर प्रयोग गरी सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी राजनीतिक दल वा उम्मेदवारका गीत/नाराहरू बजाउने जस्ता कार्यहरूमा पनि प्रतिबन्ध गरिएको छ ।

Vianet communication
IME BANK INNEWS

त्यस्ता क्रियाकलाप गरेको भए तत्काल रोक्न वा हटाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । कसैबाट निर्वाचन आचारसंहिता विपरितका कार्यहरू भए गरेको पाइएमा सुरक्षाकर्मीहरूको प्रयोग गरी उल्लेखित प्रतिबन्धित कार्यहरू नियन्त्रण गरिने तथा हटाउने र प्रचलित कानून बमोजिम कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिश गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटी सदस्य तेजकुमार घिमिरेलाई पार्टीमा स्वागत गरेका छन् । शनिवार बुटवलमा जसपा प्रदेश कमिटी सदस्य घिमिरेसहित भारत प्रवास स...

असोज १५, २०७९

जनता समाजवादी पार्टीले पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । मंसिर ४ मा हुने निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा तालमेल गर्ने सहमति गरेको जसपाले सिट बाँडफाँट आफ्नो पार्टीको पक्षमा नभएको भन्दै बाह...

असोज १५, २०७९

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेसका ए...

असोज १५, २०७९

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) भक्तपुरले काठमाडौं उपत्यकाबाट घर हिँडेका यात्रुलाई पानी र मास्क वितरण गरेको छ । भक्तपुरको सूर्यविनायकमा बसेका वाईसीइएल कार्यकर्ताले यात्रुहरूलाई ...

असोज १५, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको क्रम शुरू भएको छ । आयोगले शनिवारदेखि निर्वाचन कार्यालय स्थाप...

असोज १५, २०७९

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको अन्तिम टुंगो लाग्न नसकिरहेको बेला सहयात्री दल जनता समाजवादी पार्टी (जसपा)ले शनिबार दिउँसो गठबन्धनबाट बाहिरिने संकेतसहितको विज्ञप्ति जारी गर्‍यो  ।  शनिबार द...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x