असार ९, २०७९
नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब वीथ च्याम्पियन'मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लब वीथ च्याम्पियन” म...
हिन्दी भाषामा बन्ने हरर फिल्महरूले चिकित्साविज्ञानको कुरा नगरेकै राम्रो ।
प्रियदर्शनले बनाएको भूल भुलैया मलयाली भाषाको मणिचित्रथाजुको रिमेक थियो । त्यसमा मञ्जुलिका नाम गरेकी भूतनीको कथा चलुन्जेल दर्शकको ध्यान तानिन्थ्यो । तर उनको यो व्यवहारलाई मनोवैज्ञानिक समस्या भनी चिनाएपछि सबै कुरा बिग्रँदै गयो ।
भूल भुलैया २ चाहिँ तार्किकता नभएको तर्साउने फिल्म हो । निर्देशक अनीश बाजमीको यो फिल्म स्मार्ट छैन तर फिल्म अर्थहीन भएकैले रमाइलो छ ।
विवाह गर्न लागेकी युवती रीत (कियारा आडवाणी) मनालीमा छुट्टी बिताइरहेकी छन् । उनले बिहे गर्न लागेको युवक र उनकी बहिनीबीच प्रेमसम्बन्ध छ भन्ने कुरा थाहा पाएपछि उनी आफू दुर्घटनामा मारिएको भान परिवारलाई दिलाउँछिन् ।
मनालीका हिउँ भरिएका पहाडमा रीत रुहान (कार्तिक आर्यन) सँग ठोक्किन पुग्छिन् । उनीहरू नजिकिन थाल्छन् र रूहानले रीतलाई झूटो मृत्युको कथा बुन्न सघाउँछन् । उनी रूह बाबा बनेर रीतको भूतसँग कुराकानी गरिरहेको अभिनय गर्छन् । तर रीतको परिवारमा भूतको छायाँ परेको कुरा बिचरा रूहानलाई के थाहा !
रीत र रूहानको भेट हुनुअघि मञ्जुलिका नामक भूतनीलाई देखाइन्छ । आँखामा बेस्सरी गाजल दलेकी अनि जगल्टा फिँजाएकी मञ्जुलिकाले मानिसहरूलाई भुइँमा लतारेको र उनलाई समातेर सदाका लागि एक ठाउँमा थुनिएको देखाइन्छ ।
कुनै मूर्खले ढोका खोलेर मञ्जुलिकालाई बाहिर निकालेको अनि उनले हंगामा मच्चाएको कुरा त भनिरहनै पर्दैन । तर पटकथाकार आकाश कौशिकले मञ्जुलिका पात्रलाई रहस्यमय बनाउनका लागि अनेकौं पात्रको भूल भुलैया खडा गरेका छन् ।
त्यसो गर्दा पनि मञ्जुलिकाको रहस्य एकैछिनमा खुलिहाल्छ । तैपनि उनलाई देख्दा दर्शकहरू एकपटक तर्सिन्छन् । मञ्जुलिकाको मेकअपका लागि निकै मेहनत गरिएको छ ।
दर्शकलाई तर्साउनका लागि अनेकौं दृश्य निर्माण गरिएको छ । कालो लुगा लगाएकी अनि अनुहारमा रंग पोतेर भूतनी देखिएकी पात्र, सुनसान विशाल हवेली, निकै तर्सिएको संयुक्त परिवार, सबैको केही न केही कालो रहस्य अनि धोका– यी सबैले दर्शकलाई तर्साउँछन् अनि कतैकतै हसाउँछन् पनि ।
भूल भुलैया २ को स्क्रिप्टमा कुनै तार्किकता भेटिँदैन तर यो रद्दी नै हो भन्न पनि मिल्दैन । यसमा थुप्रै वान लाइन टुक्काहरू छन् । अनि यसको ह्युमर रमाइलो किसिमको छ ।
सञ्जय मिश्रा धामीझाँक्री र अश्विनी कलसेकर उनकी हल्लाखोर पत्नीको भूमिकामा छन् । रूह बाबाको लोकप्रियता बढ्दै गएपछि उनीहरूको रोजीरोटीमा असर परेको दृश्य रमाइलो छ । राजपाल यादवको मूर्ख हर्कत रमाइलो छ भने राजेश शर्माका रमाइला फन्डा पनि हेर्न मजै आउँछ ।
कियारा आडवाणीको भूमिका खासै दमदार छैन तर उनले मञ्जुलिकाको भयानक नृत्य गरेको प्रशंसायोग्य छ ।
कार्तिक आर्यनले रमाइला लाइनहरू बोल्न पाएका छन् । अन्धविश्वास, लोकप्रिय संस्कृति र भूतप्रेतका कुरालाई मजाकमा उडाउने क्रममा उनले सफलता पाएका छन् ।
तब्बुको अभिनयमा खोट लगाउने ठाउँ छैन । उनले फिल्ममा आफ्नो भूमिकालाई रमाइलो गरी निर्वाह गरेकी छन् ।
रिडिफ डट्कममा प्रकाशित सुकन्या वर्माको समीक्षा
फिल्म भूल भुलैया २
कलाकार कार्तिक आर्यन, कियारा आडवाणी, तब्बु, सञ्जय मिश्रा, राजपाल यादव
निर्देशक अनीश बज्मी
विधा हरर कमेडी
अवधि २ घन्टा ३९ मिनेट
रेटिङ ५ मा साढे २ तारा
नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो 'कमेडी क्लब वीथ च्याम्पियन'मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम “कमेडी क्लब वीथ च्याम्पियन” म...
'पुष्पा द राइज'को अपार सफलतापछि फ्यानहरू फिल्मको पार्ट २ को प्रतीक्षामा छन् । यसैबीच पुष्पाकी नायिका श्रीवल्लीको ‘पुष्पा २’ मा मृत्यु हुने खबर बाहिर आएको थियो । त्यसपछि फ्यानहर...
असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पसमा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समया...
नागिन ६ मा ऋषभगुजरालको भूमिकामा रहेका सिंबा नागपाल घाइते भएका छन् । नागिन ६ को शुटिङकै क्रममा उनलाई चोट लागेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, चोट लागेपनि उनले काम नरोकेको ब...
एकता कपूरको टेलिभिजन शो नागिन ६ निकै लोकप्रिय छ । यस सिरियलमा अहिले नयाँ ट्वीस्ट आएको छ । यस शोमा अहिले यतिको ‘इन्ट्री’ भएको छ । शेष नागिनसँग युद्ध गर्नका लागि यति आएको छ ...
गीतकार प्रकाश योन्जनले यो वर्षको संस्करणमा नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२ मा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन् । यस वर्ष ‘परदेश’ गीतका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। टीका बम्जनले ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...