असार १७, २०७९
प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्याइएको छ । यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्याइएको हो...
काठमाडाैं | जेठ ९, २०७९
सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ ।
पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन् । तर पीडित युवती मानसिकरूपमा विक्षिप्त रहेकाले प्रहरीले जाहेरी लिन समेत पाएको छैन ।
ती युवतीलाई प्रहरीले काँडाघारीस्थित उनकै घरमा काउन्सिलिङ दिएर राखेको छ ।
अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले अहिलेसम्म प्रहरीलाई विश्वास गर्न सकेकी छैनन् । मानसिक रूपमा विक्षिप्त रहेकाले कसलाई विश्वास गर्ने, कसलाई नगर्ने भन्ने सोच्न नसक्ने अवस्थामा उनी रहेको प्रहरीले जनाएको छ ।
‘हामीले काउन्सिलिङ गरिरहेका छौं । उहाँ अझै पनि कसलाई विश्वास गर्ने, कसलाई नगर्ने भन्नेमा अन्योलमा रहनुभएको देखिन्छ,’ काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा अनुसन्धान समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले भने ।
युवतीले पीडक भनेर आरोपित गरेका मनोज पाण्डेलाई हिजो प्रहरीले शनिवार साँझ काठमाडौंको स्वयम्भुबाट नियन्त्रणमा लिएको थियो ।
अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्ने गरी अदालतबाट म्याद लिएर हिरासतमा राख्ने प्रहरीको तयारी छ ।
पाण्डेलाई पक्राउ गरेपछि आज सोमवार पहिलोपटक अदालत खुलेकाले आज म्याद लिन लागिएको हो ।
करीब आठ वर्ष अगाडि भएको घटनाको उजुरी दिने हदम्याद नाघेका कारण अनुसन्धान प्रक्रिया अगाडि बढाउन कानूनी जटिलता उत्पन्न भएको छ ।
सडकदेखि सदनसम्म चर्को आवाज उठेपछि संसदबाट सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गर्दै सरकारलाई आवश्यक कानूनी कारवाही अगाडि बढाउन भनेका थिए ।
त्यसलगत्तै गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकसहित ५ सदस्यीय समिति गठन गरेर अनुसन्धान अगाडि बढाएको छ ।
समितिले अहिले यो घटनालाई कसरी स्थापित गर्ने भन्ने विषयमा कानून व्यवसायीहरूसँग परामर्श गरिरहेको छ ।
‘घटना पुरानो भएकाले त्यसलाई कसरी अनुसन्धान गर्न सकिन्छ भनेर कानूनी परामर्शमा छौं,’ एसएसपी कुवँरले लोकान्तरसँग भने, ‘केही निकास निस्किएला ।’
प्रहरीले अनुसन्धानलाई अगाडि बढाउन दुईवटा विकल्पमा विचार गरिरहेको छ । पहिलो, आरोपित मनोज पाण्डेलाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान गरेर कारवाही प्रक्रिया अगाडि बढाउने ।
दोस्रो, जाहेरी दर्ता नभएको विषयलाई लिएर पीडित पक्ष अदालत जाने, अनि अदालतको आदेश आएमा त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउने ।
अदालतले यसअघि अर्कै प्रकृतिको, तर हदम्याद नाघेको मुद्दामा अनुसन्धान अगाडि बढाउन आदेश दिएको नजिर छ ।
घटनाको प्रकृति अलग भएकाले त्यही नजिरमा टेकेर मात्र अगाडि बढ्न सकिने अवस्था नरहेको अधिवक्ता मुरारी सापकोटा बताउँछन् ।
‘नजिर लागू हुनलाई घटना र परिस्थिति एउटै हुनु जरुरी छ,’ सापकोटाले भने, ‘कि त कानून नै परिवर्तन हुनुपर्यो, होइन भने यो विषय अब कानूनले चिन्दैन ।’
यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर अनुसन्धान गर्ने बाटो बाँकी रहेको उनको सुझाव छ ।
प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्याइएको छ । यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्याइएको हो...
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । ...
पाँचथरमा अविरल वर्षापछि पहिरो जाँदा एक घर बगाएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका...
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकनमा गएका छन् । सर्वाेच्च अदालतले निजगढबारे फैसला सुनाएपछि शनिवार शीर्ष नेताहरू निजगढ पुग...
नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति जस्तो भएको आरोप लगाएको छ । पार्टीका सभापतिको रुपमा नेता कार्यकर्ताले आशानुरुप भरोसा पाउन नसकेको शेखर पक्षको आरोप छ । शेखर...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशक...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...