×

NMB BANK
NIC ASIA

विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रले भने : मन लागे सिनेमामा अभिनय गरुँला

जेठ १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएसँगै अब उनले के गर्लान् भन्ने प्रश्न र जिज्ञासा धेरै आउन थालेको  छ ।

Muktinath Bank

सोचेअनुसार चुनावी परिणाम नआएपछि नैतिकताको  आधारमा बुधवार मिश्रले राजीनामा दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजीनामा दिएपछि अब तपाईं के गर्नुहुन्छ  भनी धेरैले सोधिरहेको भन्दै मिश्रले त्यसको जवाफ बिहीवार फेसबूकमार्फत दिएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले आफूलाई भाग्यले कुनै गुनासो  गर्ने ठाउँ नदिएको बताउँदै अब आफूलाई केही आवश्यक नभएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

उनले मन लागेमा सिनेमामा खेल्ने समेत बताएका छन् ।  

उनले लेखेका छन्,' कविता लेखौँला, किताब लेखौँला, परोपकारी काम गरुँला र, मन लाग्यो भने सिनेमामा अभिनय पनि गरौँला ।'

मिश्रले  यसअघि भनेका छन्,'मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकी, उपरवाले की इच्छा ।'

फेसबूकमा उनले एक वाचासमेत गरेका छन् ।

उनले भनेका छन्, …वाचा गर्छु: मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।'

फेसबूकमार्फत उनले पार्टीका नेताहरूलाई राजीनामा नदिन समेत आग्रह गरेका छन् ।

'पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ,' मिश्रले भनेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x