×

NMB BANK
NIC ASIA

शिरीष र ऋतुको स्वरमा रोईला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक

जेठ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

गायक शिरीष देवकोटा र ऋतु कंडेलको स्वरमा नयाँ रोइला (खेली) गीत सार्वजनिक भएको छ ।

Muktinath Bank

बुधबार साँझ ‘कहाँ हो तिम्रो मावल’ बोलको रोइला गीत सार्वजनिक भएको हो । शिरीष देवकोटाकै शब्द एवं संगीत रहेको गीतलाई कृष्ण बि.क (भान्जा)ले एरेन्ज गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काजिश श्रेष्ठको निर्देशनमा यसको भिडियो तयार भएको हो । भिडियोमा मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक÷गायिका पनि भिडियोमा प्रस्तुत छन् ।


Advertisment
Nabil box
Kumari

रोइला गीतका पर्याय मानिने शिरीषको एक वर्षको अन्तरमा यो नयाँ रोइला गीत सार्वजनिक भएको हो । गतवर्ष उनको ‘बोलिदेऊ आधार’ बोलको रोइला गीत सार्वजनिक भएको थियो । 

Vianet communication
Laxmi Bank

शिरीषका ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गा‘को जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् । नयाँ रोइला गीत ‘कहाँ हो तिम्रो मावल’लाई पनि श्रोता एवं दर्शकले रुचाउने विश्वास लिएका छन् ।

‘भिडियोको भ्युज अलि कम छ । तर, जतिले हेर्नुभएको छ राम्रो प्रतिक्रिया दिनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे बताउँदै उनले भने, ‘यस प्रकारका गीतको भ्युज विस्तारै बढ्ने गरेको छ । यो गीतले पनि विस्तारै राम्रो भ्युज पाउँदै जाने विश्वास छ ।’

‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन् भने दीपक विष्टले यसको सम्पादन एवं कलर गरेका हुन् । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


>  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x