साउन ३१, २०७९
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
काठमाडाैं | जेठ ३१, २०७९
जनता समाजवादी पार्टी(जसपा) नेपालको बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेताहरूबीच पार्टी एकताका लागि वार्ता हुने भएको छ।
जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले निरन्तर लोसपासँग पार्टी एकताका लागि आह्वान गरिरहेको भए पनि लोसपाका नेताहरूले उपेन्द्रको साटो बाबुराम समूहसँग वार्ता गर्ने तयारी गरेका हुन् ।
स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरीबाट फर्किएलगत्तै दुवै पक्षका शीर्ष नेताहरूबीच भेटवार्ता हुने भएको छ ।
भट्टराई समूह अब जसपामा उपेन्द्र यादवसँग मिलेर सँगै जान नसक्ने निष्कर्षसहित पार्टी 'हाइज्याक'को तयारीमा लागेको छ ।
उपेन्द्र यादवलाई संसदीय दलको नेता तथा पार्टीको कार्यकारिणी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने भट्टराई समूहको तयारी देखिन्छ ।
त्यसपछि लोसपासँग एकता गर्नका लागि अहिलेदेखि नै वार्ता शुरू हुन लागेको हो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराई र ठाकुरबीच पार्टी एकताबारे सामान्य कुराकानी भएको स्रोतले दाबी गर्यो ।
लोसपा नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किँदै गर्दा भट्टराई देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा उनीहरूबीच सामान्य कुराकानी भएको थियो ।
स्रोतका अनुसार भट्टराईले जसपाको आधिकारिकता दाबी गर्ने तयारी भएको जानकारी गराउँदै पार्टी एकताका लागि वार्ता गर्नुपर्ने प्रस्ताव ठाकुरसमक्ष राखेका थिए।
जवाफमा ठाकुरले आफू महोत्तरी जान लागेको र महोत्तरीबाट फर्किएपछि वार्ता गर्ने बताएको स्रोतको दाबी छ ।
बालुवाटारमा भएको छोटो कुराकानीबाहेक भट्टराई निकटका केही नेताले ठाकुरसँग फोनमा कुराकानी पनि जारी राखेको स्रोतको दाबी छ।
जसपा अध्यक्ष यादवले निरन्तर पार्टी एकताका लागि आह्वान गरिरहँदा लोसपाले कुनै रेस्पोन्स गरेको छैन ।
पार्टी औपचारिक रूपमा विभाजन समेत नभएको अवस्थामा भट्टराई समूहसँग वार्ता गर्न ठाकुर तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै फिर्ता पठाएको नागरिकता व...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ– सरकारले नागरिकता विधेयक अध्ययन गरेर अघि ब...
निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको आरोप लाग्ने गरेको...
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । राष्ट्रियसभामा मनोनित सदस्य रहेका गौतम कार्यकाल नसकिँदै राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा जुटेका हुन् । ...
सत्तारुढ ५ दलीय गठबन्धनले आगामी चुनावमा सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले बाँडफाँट टुंगो लगाएर प्रतिवेदन बनाउने तयारी गरे...
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयार...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...