×

NMB BANK
NIC ASIA

एसपीपी विवाद

ईश्वर पोखरेलको दाबी- ओली प्रधानमन्त्री बन्नुअघि नै सरकारले सेनालाई एसपीपीका लागि स्वीकृति दिएको थियो

असार ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

एमाले वरिष्ठ उपाध्यक्ष एवं पूर्व रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) शुरुवात कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा भएको दाबी गरेका छन् । सन् २०१९ मा एसपीपी इण्डो प्योसेफिक रणनीतिको अंगमा राखिएपछि नेपाल त्यसमा सहभागी नहुने निर्णय भएको उनले दाबी गरे । 

Muktinath Bank

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रवार पूर्व रक्षामन्त्री पोखरेलले एसपीपीबारे कतिबेला पत्राचार गरियो भन्ने निष्कर्षमा पुग्नुअघि यसको सिलसिला बुझ्नुपर्ने बताएका हुन् । केपी ओली प्रधानमन्त्री रहेको बेला नेपाली सेनाले एसपीपीलाई गरेको पत्र सार्वजनिक भएपछि एमाले नेता पोखरेलले पृष्ठभूमि हेर्नुपर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एसपीपीको बारेमा जंगी अड्डाको तर्फबाट रक्षा मन्त्रालयलाई २०७२ भदौ २४ गते पत्राचार भएको थियो । त्यसपछि रक्षा मन्त्रालयबाट जंगी अड्डालाई सकारात्मक जवाफ भएको छ,’ पोखरेलले भने । 


Advertisment
Nabil box
Kumari

२०७२ असोजमा ओली प्रधानमन्त्री बनेका थिए । कात्तिकमा सेनाले अमेरिकालाई पत्राचार गरेको थियो । 

Vianet communication
Laxmi Bank

‘त्यसबेलाको प्रधानसेनापतिले एसपीपीका लागि पत्र पठाउनु भयो, त्यो भर्खर बनेको सरकारको नभई अघिल्लो सरकारको तर्फबाट गरिएको निर्णयको सिलसिला हो,’ पोखरेलले भने । 

एसपीपीमा सहभागिताका लागि ओलीको सहमतिमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्र सार्वजनिक भएपछि संसदीय समितिले बहालवाला प्रधानसेनापति लगायतलाई छलफलमा बोलाएको हो । 

प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको लागि पत्राचार गरिएको भए पनि सैन्य गठबन्धनका लागि नभएको संसदीय समितिमा बताएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x