साउन २९, २०७९
भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...
पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आइतवार बिहान नेकपा (एस) अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर आलेले राजीनामा बुझाएको नेकपा एसका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए ।
यसअघि शुक्रवारको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र निकास दिने बताएका थिए । सोहीबमोजिम उनले अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् ।
आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफ्नो हातमा रहेको बताएका थिए । मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एसमा विवाद चुलिएको छ ।
यसअघि असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाउँदै चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।
त्यसमध्ये आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेका थिए ।
यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने राजीनामा दिएका छैनन् ।
नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले कर्णाली करिडोरअन्तर्गतको सलीसल्लामा बेलिब्रिज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले कर्णाली करिडोरअन्तर्गत सलीसल्लामा बेल...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन् । आइतवार प्रचण्ड र भट्टराई पक्षबीच भएको छ...
निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन् । आइतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले जातका नाममा, क...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...