कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
असार १५, २०७९
‘चोरीमा लागेपछि ३५ लाख ऋण लाग्यो सर...’ दोलखाको शैलुङ गाउँपालिका– ४ मनगाउँका कुमार भनिने वीरबहादुर श्रेष्ठले प्रहरीसँगको बयानमा भने ।
२०६४ सालदेखि पटक–पटक प्रहरी हिरासतमा पुगेका उनलाई फेरि विभिन्न ठाउँमा चोरी गरेको अरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अदालती प्रक्रिया, वकिलको फी र न्यायालयमा बुझाउने धरौटीका कारण ऋण लागेको उनले प्रहरीलाई बताएका छन् ।
‘अदालतको काम गर्दा वकिललाई दिनुपर्यो, धरौटीको रकम तिर्नुपर्यो, कम्पनी अहिले घाटामा छ सर,’ उनले दिएको बयान उद्धृत गर्दै एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘तपाईंले फेरि समाइदिनुभयो, अझै घाटा हुने भयो ।’
यसो भन्दै गर्दा तपाईंलाई लाग्न सक्छ, यी सामान्य चोर रहेछन्, जसले ढंग पुर्याउन नसकेर घाटा खाए । तर, त्यस्तो हैन । वीरबहादुरले चोरीमा महारथ नै प्राप्त गरिसकेका छन् । यिनको जीवनशैली पनि अचम्मको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार उनी र उनीसँगै पक्राउ परेका अन्य ३ जनाले समग्रमा जनही २/२ केजी सुन र २ करोडभन्दा बढी नगदसहितको धनमाल चोरिसकेका छन् ।
काठमाडौं उपत्यकालाई केन्द्र बनाएर चोरीमा सक्रिय उनीहरू महंगा होटलमा बस्दै आएका छन् । परिवारका सदस्यलाई भने डेरा लिएर अलग्गै राखेको पाइएको छ ।
श्रीमती र छोराछोरीलाई भेट्न उनीहरू बेलाबेलामा डेरामा पुग्ने गरेका थिए ।
चोरीबाहेक उनीहरूको अधिकांश समय दोहोरी साँझ र क्लबहरूमा बित्ने गरेको थियो । त्यहीँबाट प्रेमिका बनाएर महंगामहंगा कपडा र गिफ्ट दिने गरेको पनि खुलेको छ ।
क्लब तथा दोहोरी साँझमा कुनै युवती मन परेमा वीरबहादुरले जति परे पनि खर्च गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
आफू बस्ने होटलहरूमा पनि उनले खुलेर खर्च गर्ने गरेका थिए । सोही कारण होटलका साहुदेखि गेटपालेसम्मका सबै उनको फ्यान नै बनिसकेका छन् ।
‘यहाँसम्म कि उसले होटल प्रवेश गर्ने बेला पालेलाई टिप्स नै ५ हजार दिँदोरहेछ । त्यसपछि त उसलाई जतिबेला पनि होटलको ढोका खुल्ने । सबै कर्मचारीलाई खुशी पारेर राखेको पाइयो । सोही कारण प्रहरी जाँदा उनीहरूले नै लुकाइदिने रहेछन्,’ ती अधिकृतले लोकान्तरसँग भने ।
पक्राउ परेका चारैजनाको २ भन्दा बढी प्रेमिका रहेको खुलेको छ । महंगा उपहार दिने र फरक–फरक समयमा घुमाउन लैजाने गरेको पाइएको छ ।
सबैभन्दा रोचक कुरा त के भने सामान्य लेखपढ मात्र गर्ने उनीहरू स्मार्टफोन राम्रोसँग चलाउन पनि जान्दैनन् । मोबाइलबाट अनलाइन ट्रान्जिक्सनका लागि उनीहरूले मान्छे समेत राखेको पाइएको छ ।
काठमाडौंमा यताउता आवतजावत गर्न उनीहरूले महंगा गाडी भाडामा लिने गरेका थिए ।
‘गाउँमा जाँदा त उसको छुट्टै शान रहेछ । ल वीरे दाइ आयो, राँगो ढाल केटा हो भनेर गाउँका युवाहरूलाई पैसा दिने रहेछ । गाउँ जाँदा काजु, बदाम, किसमिस लगायतका शक्तिबर्द्धक खानेकुरा पनि लगेर बँड्ने रहेछ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने ।
वीरबहादुरले जाँडरक्सी तथा लागूऔषध भने सेवन नगर्ने प्रहरीले जानकारी दियो । यद्यपि यसअघि एकपटक पक्राउ परेका बेला उनीसँग लागूऔषध भेटिँदा ५ वर्ष जेल बसेर छुटेका थिए ।
पटक–पटक पक्राउ, छुटेलगत्तै चोरी
वीरबहादुरको चोरी धन्दा वि.सं. २०६४ सालदेखि फस्टाएको देखिन्छ ।
उनी त्यसयता १७ पटक पक्राउ परिसकेका छन् । उनीमाथि २ करोड ८४ हजार ४३१ रुपैयाँ बराबरको धनमाल र ठूलो परिमाणमा सुन चोरी गरेको आरोप छ ।
वीरबहादुरले २०६४ सालमा जेठ १ गते लाजिम्पाटस्थित एक घरबाट ६२ हजार, ३ गते लाजिम्पाटकै कोकिला शेरचनको घरबाट ७ लाख ४० हजार, त्यसअघि वैशाख ३० गते बानेश्वरको उर्मिला राजभण्डारीको घरबाट ७ लाख ७५ हजार, ललितपुरको सातदोबाटोस्थित मुक्तिनाथ श्रेष्ठको घरबाट १ लाख ३८ हजार, जेठ २ गते नै सातदोबाटोका गोविन्द महर्जनको घरबाट ४ लाख ३ हजार, वैशाख १६ गते लाजिम्पाटस्थित राजकुमार अधिकारीको घरबाट ५० हजार, पुरानो बानेश्वरस्थित कमलेश बाबु शिखंडाको घरबाट ४ लाख ८७ हजार र ललितपुर चाकुपाटस्थित पार्वती शर्माको घरबाट ४ लाख ६० हजार रुपैयाँ बराबरको सुन र धनमाल चोरीको आरोपमा २०६४ जेठ ७ उनी उनी पहिलोपल्ट पक्राउ परेका थिए ।
असार महिनाको अन्तिममा उनी ८० हजार धरौटी तिरेर जेलबाट छुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको बानेश्वरस्थित लता पौडेलको घरबाट २३ लाख २८ हजार बराबरको सुन र पैसा चोरीको आरोपमा वीरबहादुर २०६५ माघ ११ गते फेरि पक्राउ परे । पक्राउ पर्दा उनको साथमा लागूऔषध पनि भेटिएकाले यसपटक भने उनको जेल बसाइ अलि लामो भयो ।
२०७२ मंसिर २० गते उनी जेलबाट छुटे । झण्डै ५ वर्ष जेल बसेर फर्किँदा पनि उनले आफ्नो पुरानो धन्दा भने छाडेनन् ।
२०७३ असार ७ गते स्वयम्भुबाट २० लाखको सुनको गहना, असार ९ गते ललितपुरको नख्खिपोटस्थित गीता गुरुङको घरबाट ४४ लाखको सुन र धनमाल, असार १४ गते ललतिपुरको कैशासबस्तीबाट १८ लाख १५ हजार, असार १ गते काठमाडौंको नागार्जुन नगरपालिका १ स्थित सुनिल मानन्धरको घरबाट ६ लाख १५ हजार, ३१ गते सोही ठाउँको कामना मार्गबाट ४ लाख ५५ हजार, असार २८ गते नागार्जुनमै भोजराज आचार्यको घरबाट ४ लाख ८४ हजार र सोही दिन चेतकुमारीको घरबाट ५ लाख ६५ हजार बराबरको धनमाल चोरीको आरोपमा उनी पुनः पक्राउ परे ।
यसपटक उनी जिल्ला अदालतबाट २०७३ असोज ६ गते १० लाख ३४ हजार धरौटीमा रिहा भए ।
पछि उनी पुनः पक्राउ परे । यसपटक भने घटना राजधानीबाहिरको थियो ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ कांग्रेसचोकस्थित मोनिका सुन पसलमा भएको चोरीका मुख्य योजनाकारका रूपमा प्रहरीले उनलाई पक्राउ गर्यो ।
त्यतिबेला उनको समूहले ४३ लाख रुपैयाँको सुन चोरी गरेको थियो । उक्त केसमा उनी ३ लाख धरौटी बुझाएर २०७८ चैत ३ गते थुनामुक्त भए ।
प्रहरीका अनुसार त्यो केशमा २०७८ को चैतमा ३ लाख धरौटी तिरेर थुना मुक्त भएका थिए । यी त मुख्य घटनाक्रम हुन् । यसबीचमा उनीहरू कैयनपटक प्रहरी हिरासतमा पुगिसकेका छन् ।
वीरबहादुरले उपत्यकाका ठूला र धनिमानीका घरहरूमा दैनिक निगरानी गरेर चोरी गर्थे ।
‘ती घरका मालिकहरू कहाँ जान्छन्, कतिबेला आउँछन् भन्ने सबै कुरा उसले यकिन गरेको हुने रहेछ, लामो निगरानी गरेपछि कोही नभएको मौका पारेर चोरी गर्ने गरेको पाइएको छ,’ प्रहरीले भन्यो ।
प्रहरीका अनुसार उनीहरूले चोरीका लागि एकसाथ ३/४ घरको रेकी गर्ने गरेका थिए ।
उपत्यकाबाहिर चाहिँ सुन पसलमा मात्र चोरी गरेको पाइएको छ । लकर खोल्ने साधन र जनशक्ति पनि सँगै लिएर जाने उनीहरूले फोर्न नसकेमा बोकेरै लैजाने अभ्यास समेत गर्ने गरेका छन् ।
चोरीको सामान भाडामा लिएको गाडीमा राखेर लैजाने गरेको पाइएको छ । उनीहरूले प्रायः स्कोर्पियो लगायतका गाडी भाडामा लिने गरेका छन् ।
अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वीरबहादुरसहित ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट ५ लाख बराबरको सुन चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।
प्रहरीले प्रहरीले दोलखाको शैलुङ गाउँपालिका– ८ का ३९ वर्षीय वीरबहादुर श्रेष्ठ (मुख्य योजनाकार), ३५ वर्षीय लीलानारायण श्रेष्ठ, सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङ कोपिलासगढी गाउँपालिका २ का ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ परेका तीनैजना श्रेष्ठ नजिकका आफन्त हुन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...