×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

असार १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

Muktinath Bank

यस प्रदेशमा एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आए पनि असार १५ गतेसम्म प्रदेशका नौवटै जिल्लामा ४३ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको हो । प्रदेशका नौवटै जिल्लामा सिँचाइको सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ । उक्त निर्देशनालयका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा समयमै वर्षा नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको जनाइएको छ । डोटीलगायत समग्र सुदूरपश्चिममा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको शिखर नगरपालिका–२ का रामबहादुर दडीवानाले बताए । उनले भने, ‘असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ, अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला ।’


Advertisment
Nabil box
Kumari

प्रदेशको दिपायल, सिलगढी, कालागाढ, जोरायल, बिपीनगर, बर्छैन, बडिकेदार, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, मौवा, गड्सेरालगायत क्षेत्रमा अहिले धान रोपाइँले किसानलाई भ्याइनभ्याई भएको किसानहरू बताउँछन् । सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका यहाँका धेरै किसान अहिलेसम्म पनि आकाशे पानीको भरमा रोपाइँ गर्ने गर्छन् । एक लाख ८१ हजार ६०४ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुने सुदूरपश्चिम प्रदेशमा कैलालीमा ७१ हजार ७०० हेक्टर, कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । 

Vianet communication
Laxmi Bank

पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा ७३ हजार ६१७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४८३ हेक्टर जग्गामा आंशिक सिँचाइको मात्रै सुविधा छ । यतिमात्र नभई रासायनिक र डिएपी मल अभावले यहाँका किसानलाई झनै समस्या थपिएको छ । यस वर्ष यहाँका किसानले बिनामल रोपाइँ गर्न बाध्य भएको अर्का किसान विक्रमबहादुर थापाले बताए । 

उनले भने, ‘मलबिना रोपाइँ गर्न बाध्य भएका छौँ, यसरी गरिएको खेती के सप्रिएला र ?’, रोपाइँ गरेकै दिन प्रयोग गर्नुपर्ने रासायनिक मलको अभाव हुँदा यसपालि सीमापारि भारतीय क्षेत्रबाट लुकीछिपी कम गुणस्तरको रासायनिक मल ल्याएर रोपाइँ गर्नुपर्ने बाध्यता किसानसँग रहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x