×

X
Nic Asia
Dabur
Marvel

'पावरको उन्माद'

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

न्याय मर्‍यो, राज्य छैन, दिनहुँ तड्पिरहनुपर्ने, तैपनि सहेर बस्ने ?

काठमाडाैं | असार १९, २०७९

Premier Steels
TVS INSIDE
British college

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा राखेर अस्पताल पुर्‍याएको छु । उनीहरूमध्ये कतिपयलाई सामान्य चोट लागेको थियो, कतिपयलाई गम्भीर ।

IME BANK INNEWS

उपचारपछि घर फर्किसकेका उनीहरू आजकल त्यो बाटो हिँड्नै डराउँछन् रे ! रातभर पानी परेको छ भने भोलिपल्ट बिहान त्यो बाटोमा मानिस पुरिने खाल्डा बन्छन् । त्यसमाथि रातभर त्यही बाटो भएर गुड्ने टिप्परका कारण बाटो यति बिग्रेको हुन्छ कि स्कूटी चालक आमाहरूलाई त्यो बाटोमा सवारी गुडाउनु भनेको काल निम्त्याउनु बराबर हो ।   


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मलाई थाहा छ, मेरो यो लेखले यो देशका भ्रष्ट नेता, अति भ्रष्ट कर्मचारी र लुटेरा ठेकेदारलाई पटक्कै छुने छैन । तर, कम्तीमा मैले अस्पताल पुर्‍याएका ती निर्दोष आमा र स्कूटीमा चढेर स्कूल जाँदै गर्दा सडकमा पछारिएर घाइते भएका स–साना नानीबाबुहरूलाई थोरै भए पनि राहत मिल्नेछ । यो देशमा बोल्ने कोही त बाँकी छ भनेर उनीहरूले चित्त बुझाउनेछन् । वश, त्यसैले मात्र यो आलेख लेखेको हुँ । नत्र यसको कुनै औचित्य छैन । 

चौँडा गर्ने नाममा भैँसेपाटीको उकालो र डिसहोमभन्दा माथि सोह्रखुट्टे, चुनिखेल खण्डमा सडक भत्काएको तीन वर्ष नाघिसक्यो । उद्देश्य पवित्र छ– सडक चौडा बनाउने, स्तरोन्नति गर्ने । तर नियत अर्कै छ– सडक चौडा पार्ने नाममा अपारदर्शी धन्दा, भ्रष्टाचार, छलछाम, धूलोहिलो, बिजुलीका बेवारिसे तार, खाल्डाखुल्डीबाट जनतालाई सास्ती दिने । 


Advertisment
mahindra Box
Saurya island

केही साथीहरू भन्छन्– सडक ठूलो बन्दैछ, विकास हुँदैछ, केही समय दुःख त खेप्नुपर्‍यो नि ! तर, म त्यो तर्कसँग सहमत छैन । दुःख खेप्नुपर्छ, ठीक छ, तर कहिलेसम्म ? अनि दुःख खेप्नुपर्छ भन्नुको अर्थ हुँदाखाँदाको शरीर नै अंगभंग हुनेगरी घाइते भएर बस्न पनि तयार हुनुपर्छ भन्ने हो ?

म पेशाले पत्रकारितामा छु । गलत कुरा उजागर गर्नु, सरोकारवालालाई घच्घच्याउनु मेरो पेशागत धर्म हो । पेशागत कामसँगै म सामान्य नागरिक हुँ । मेरो पनि मन छ, मुटु छ । हो, मजस्ता अधिकांश मानिस नरकजस्तो सडकको हालत देखेर पनि चुपचाप बस्न विवश छन्, तर स्वभावले पनि म चुपचाप रहन सक्दिन ।

Vianet communication
Sanima Bank

वर्षाको समय छ । सडक भत्काएर ठेकेदार कहाँ के गर्दैछ, थाहा छैन । सडक विभाग र मातहत कार्यालयका भ्रष्ट कर्मचारी कहाँ के गर्दैछन्, थाहा छैन । ती न सडकमा भेटिन्छन्, न भेट्न खोज्दा उपलब्ध हुन्छन् ।

मैले दिनहुँ भोगिरहेको पीडाका बारेमा डीजी र आयोजना प्रमुखलाई जानकारी गराउँदा त ममाथि यस्तो व्यवहार हुन्छ भने आम निर्दोष र पहुँचविहीन नेपाली नागरिकको अवस्था कस्तो होला ? थापा र ओझाहरूलाई लाग्दो हो, हामी नमरुञ्जेल पदमा बस्छौं, दुईचार जना नेतालाई खुशी पारेकै छौं, ठेकेदारसँग चोचोमोचो मिलाएकै छौं, दुईचार करोड कमाएकै छौं, हामीलाई कसले छुन सक्छ र ? 

अति भएपछि मैले करीब १५ दिनअघि सडक विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझा (फोन नं. ९८५१२१२६८२) लाई सम्पर्क गरेँ । शुरूमा आफ्नो विस्तृत परिचय दिएँ । तर पेशागत कामका लागि नभई एउटा पीडित नागरिकका तर्फबाट फोन गरेको बताएँ । उनीसँग अलि अगाडि पनि कुरा भएको प्रसंग सम्झाएँ ।

मैले उनलाई त्यो दिन फोन गरेको थिएँ, जुन दिन म कार्यालय आउँदै गर्दा चुनिखेलमा सडक विस्तार आयोजनाले भत्काएको बाटोको बीचमा रहेको ठूलो खाल्डोमा परेर लडेकी आमा र बच्चालाई उद्धार गरेर आफैँले अस्पताल पुर्‍याएको थिएँ । बाटोमा आमा र बच्चा यति रोए, यति कराए, साध्ये छैन । मेरो गाडीको सीट रगताम्ये भएको थियो किनभने आमा र बच्चालाई चोट लागेको थियो ।

उनीहरू रोएको, कराएको सुनेर मेरो मुटु भक्कानिएको थियो । म धेरै नै भावुक बनेको थिएँ । उनीहरूको चिच्चाहटले मेरो मुटु छियाछिया भएको थियो किनभने उनीहरू निर्दोष थिए । सडक विस्तार आयोजना र ठेकेदारको चरम लापरवाहीका कारण बनेको खाल्डोका कारण घाइते भएका थिए ।

कार्यालय पुग्नासाथ मैले ओझाजीलाई मेरो मोबाइलबाट फोन गरेर भनें– लगातार बाटोमा दुर्घटना भैरहेको छ, तपाईंहरूको मनमुटु अलिकति पनि पग्लिँदैन ? तपाईंलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन ? फिल्डमा गएर हेर्नुभएको छ ? कि तपाईंहरूलाई हामीजस्ता नागरिकका पीडाले पोल्दैन ? यसअघि पनि मैले तपाईंको ध्यानाकर्षण गराएको थिएँ, किन काम भएन ? कम्तीमा खाल्डा पुरेर जोखिम कम हुने काम त गर्न लगाउनुहोस् । यति धेरै दुर्घटना भैसक्दा पनि किन हाम्रा कुरा सुन्नुहुन्न ? 

स्वभावैले मेरो बोली ‘ज्युहजुरी’ लगाउने या चाकडी गर्ने खालको छैन । मैले उनलाई आइस्यो, गैस्यो भन्न जरुरी पनि छैन । उनी मजस्ता नागरिकले तिरेको करबाट पारिश्रमिक बुझ्ने सार्वजनिक पद ओगटेर बसेका कर्मचारी हुन् । हामी नागरिक हौं । कुनै जिम्मेवारी बोकेको कर्मचारीलाई फोन गरेर आफ्ना पीडा सुनाउनु मजस्ता नागरिकको हक हो । अधिकार हो ।     

मेरो कुरा सुनेपछि ओझाजी रिसाए । ‘तँ को होस्, फोनबाट मलाई थर्काउने ? धम्क्याउने ? तिमी नागरिकहरू कस्ता छौ हामीलाई थाहा छैन ? सडक विस्तार हुँदा अवरोध गर्ने तिमीहरू नै होइनौ ? अझ ठूला कुरा गर्ने ? तिमीहरूले भनेको समयमै काम गर्नुपर्छ भन्ने के छ ? तिमीहरूका कुरा सुन्नैपर्छ भन्ने के छ ? ल के गर्न सक्छौ, गर ।’ यति भनेर ओझाजीले फोन काटे । 

ओझाजीको बोलीमा अलिकति पनि जिम्मेवारीबोध थिएन । आफू आयोजना प्रमुख भएकोमा दम्भ थियो । ठेकेदारसँगको हिमचिमप्रति गर्व थियो । उनको बोली सुन्दा यो देशका भ्रष्ट नेता चिनेकै छु, ठेकेदारसँग मिलेकै छु, तँ ठेट्नाले के गर्न सक्छस् र ? भन्ने खालको भाव झल्किन्थ्यो । ओझाजीले दाबी गरेजस्तो सडक विस्तारका क्रममा स्थानीयले अवरोध गरेकोबारे मलाई केही जानकारी छैन । अहिलेसम्म कसैले सडकमा उत्रेर कामको विरोध गरेको पनि थाहा छैन । 

त्यसपछि मलाई यति गैरजिम्मेवार कर्मचारीसँग गुनासो गर्नुको कुनै अर्थ छैन भन्ने लाग्यो । वर्षौंदेखि सडक अलपत्र छ । सडकभरि खाल्डैखाल्डा छन् । पानी पर्दा धान रोप्नेभन्दा बढी हिलो हुन्छ । घाम लाग्दा धूलोले हिँडिसाध्ये हुँदैन । यी समस्याका साथै सोह्रखुट्टेदेखि चुनिखेल सडकखण्डमा जहाँ सडक विस्तार भैरहेको छ, त्यहाँको दृश्य देख्दा जोसुकैलाई हाँसो उठ्छ । सडक नागबेलीजस्तो बनेको छ– अस्वाभाविक बाङ्गोटिङ्गो । कसैको जग्गा जोगाउने हिसाबले, कसैको घर जोगाउने हिसाबले सडक चौँडा पारिएको छ । त्यो खण्डमा गएर हेर्‍यो भने विजोग देखिन्छ ।

एक त तीन–तीन वर्षसम्म जाबो एक किलोमिटर सडक विस्तारको काम सकिएको छैन । त्यसमाथि सडक गुणस्तरीय पनि छैन । आयोजना प्रमुखलाई फोन गर्दा झर्कन्छन् । दम्भ देखाउँछन् । मलाई लाग्यो– ‘दालमे कुछ काला है ।’

गुनासो गर्न जाने कहाँ ? त्यही भ्रष्ट नेताकहाँ ? अहँ, मनले मानेन । अहिलेका अख्तियार प्रमुख प्रेमकुमार राई एक जना इमान्दार, निष्कलंक छवि भएका पूर्व प्रशासक लाग्छ, मलाई । लीलामणि पौड्याल, गोपीनाथ मैनालीजस्तै प्रेम राई पनि मैले अति नै सम्मान गर्ने थोरै प्रशासकमा पर्छन् । सडक विस्तार भैरहेको बाटोमा कतै बदमासी पो भैरहेको छ कि ? अख्तियारले चासो लियो भने अलि छिटो र गुणस्तरीय काम हुन्छ कि भनेर म एकदिन भएभरका सवै पीडा बिसाउन अख्तियार प्रमुख राईलाई भेट्न गएँ । घटनाबारे सुनाएँ । 

मेरो कुरा सुनेपछि (खासगरि दुर्घटना र सडकको गुणस्तरबारे) प्रतिक्रिया जनाउँदै उहाँले भन्नुभयो– ‘यो त अख्तियार प्रमुखको हैसियतले मात्र होइन, मानवीय हिसाबले पनि बुझ्नुपर्ने विषय रहेछ । म सडक विभागका महानिर्देशकसँग बुझ्छु ।’

त्यसको केही दिनपछि अख्तियार प्रमुखले सडक विभागका महानिर्देशकलाई उक्त सडक खण्डको बारेमा जानकारी गराएको र गुणस्तरीय हिसाबले छिटो काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको जानकारी पाएँ ।

अनि मैले सडक विभागका महानिर्देशक अर्जुन थापालाई सम्पर्क गरें र एकपटक उक्त सडक खण्ड अवलोकनका लागि आइदिन अनुरोध गरें । सडकको अवस्था झनझन् बिग्रँदो र दुर्घटना झनझन् बढ्दो थियो ।

मैले एक साताअघि त्यस्तो अनुरोध गर्दा थापा सर काठमाडौं बाहिर कार्यक्रममा हुनुहुँदोरहेछ । उहाँले ‘विमलजी, मैले त्यो सडकको बारेमा सुनें । म गम्भीर भएको छु । वास्तवमा त्यहाँ समस्या भएकै हो । हामीहरूको तर्फबाट पनि कमजोरी भएको छ कि भनेर बुझ्न लगाउँछु । म दुई दिनपछि काठमाडौं फर्कनासाथ त्यहीँ आउँछु र तपाईंलाई पनि बोलाउँछु । स्थानीयका पनि कुरा सुन्छु । र, सक्दो छिटो काम सम्पन्न गर्न लगाउँछु,’ भन्नुभयो । 

मैले ‘हुन्छ सर, कम्तीमा मेरो गुनासोलाई गम्भीरतापूर्वक लिइदिनुहोला । मैले फेरि फलोअपका लागि फोन गर्दा अप्ठ्यारो नमानिदिनुहोला र दिनदिनै दुर्घटना हुने क्रम रोक्नलाई तत्काल के गर्न सकिन्छ, त्यो गर्न लगाइदिनुहोला,’ भनें ।

थापा सरसँग कुरा भएको पनि एक साता बित्यो । समस्या उस्तै छ । खाल्डा उस्तै छन् । पानी पर्दा हिलो उस्तै छ । जोखिम उस्तै छ । 

कुनै प्रगति नभएपछि (आइतवार बिहान ९ः४६) मा मैले उनै महानिर्देशक थापालाई फोन गरें । ‘सर, खै हाम्रो गुनासो त सम्बोधन भएन । सर काठमाडौं त आइपुग्नु भयो नि ? फर्केको एकदुई दिनमै फिल्ड हेर्न आउँछु भन्नुभएको थियो । म विमल गौतम बोलेको । सरले चिन्नु त भयो नि ?’

मेरो कुरा सुनेपछि थापा सरले घटनाबारे केही थाहै नपाएजस्तो गर्नुभयो । ‘भन्नुस् न, भन्नुस् । के पर्‍यो ? कुन ? कहाँको के कुरा हो ? सबै मलाई कसरी याद हुन्छ ? म भर्खर एक महिना भयो यहाँ आएको । सबै कसरी याद हुन्छ ? सबै कामको ठेक्का मैले लिएको छु र ? मभन्दा अघिका डीजीले गरेको ढिलासुस्तीको जिम्मा पनि मैले लिने त ? तपाईंको समस्या कहाँको, के हो ? भन्नुस् ।’

राम, राम, राम ! हेर यो देशका कर्मचारी । एक साताअघि अख्तियार प्रमुखले ध्यानाकर्षण गराएको अवस्था छ । त्यसको भोलिपल्ट म स्वयंले करीब १५ मिनेट फोनबाटै सडकको दुरवस्थाबारे जानकारी गराएको छु (जतिखेर उनी काठमाडौंबाहिर थिए) । एक साता नबित्दै केही थाहा नपाएजस्तो गर्छन् । 

‘डीजीसाब, यो त अति भएन ? अस्ति भर्खर अख्तियार प्रमुखले ध्यानाकर्षण गराएपछि मैले पनि फोनमा बताएको होइन तपाईंलाई ? यति छिट्टै बिर्सनुभएको ?’ यति भनेपछि बल्ल उनले आइतवार ‘सेकेन्ड हाफ’ मा छलफल गर्न बोलाउने र विस्तृत गुनासो सुनेपछि पहल लिने बताए । आइतवार दिनभर कुरें, तर अहँ, थापा सरबाट कुनै बोलावट भएन । हामीजस्ता सामान्य नागरिकका पीडा थापासरको प्राथमिकतामा पर्ने कुरा पनि त भएन ।

थापा सरसँग कुरा भएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग कुरा गर्न मन लाग्यो । मैले अघि नाम लिएका पौड्याल, राई र मैनाली जस्तै उपाध्याय पनि निष्ठावान र इमान्दार चरित्र भएका थोरै प्रशासकमा पर्छन् । भत्काएको बाटोमा राति ओभरलोडेड टिप्पर गुड्दा बाटोको हालत झनै बिग्रेको र दुर्घटनाको खतरा बढेको विषयमा गुनासो गर्न उपाध्याय सरलाई फोन गरेको थिएँ ।

मेरो गुनासो सुनेपछि उपाध्याय सरले भन्नुभयो, ‘विमलजी, म आफैँ पनि त्यो सडकको हालत देखेर चकित छु, चिन्तित छु । मैले धेरैपटक आयोजना प्रमुखलाई लौन, के गरेको त्यो ? यस्तो ढिलासुस्ती पनि हुन्छ ? भनेर ध्यानाकर्षण गराएको छु । दिनदिनै घटिरहेका दुर्घटनाबारे पनि जानकार छु । म लज्जित छु । हेर्नुस् न, के भन्ने ? अझै उल्टै तपाईंविरुद्ध पो मकहाँ उजुरी आएको छ ।

आयोजना प्रमुख ओझाजीले फोनबाट तपाईंले धम्क्याएको भनेर तपाईंविरुद्ध हुलाकमार्फत उजुरी दिएका थिए । फोन गरेर सोधें– धम्की केको बारेमा आयो तपाईंलाई ? ओझाले भने–सडक मर्मत समयमै नगरेको विषयमा । विमलजीले काट्छु, मार्छु पनि भन्नुभयो कि ? फोहर शब्द प्रयोग गर्नुभयो कि ? ‘त्यो त छैन सर । तर सडक विस्तारको काम समयमै किन नगरेको भनेर धम्क्याउनुभयो, त्यसैले उजुरी दिएको ।’

ओझाको जवाफ सुनेपछि सीडीओ उपाध्यायले भन्नुभएछ– ‘सडक विस्तारको काम ढिला भएको, दुर्घटना बढाएको, जनतामा समस्या भएको बारेमा त मैले पनि तपाईंलाई पटक–पटक गुनासो गरेको छु । त्यसो भए अब तपाईं मेराविरुद्ध पनि उजुरी दिन जानुस् ।’

सीडीओको जवाफ सुनेपछि ओझाले भनेछन्– ठिकै छ सर, त्यसो भए । 

आदरणीय पाठकवृन्द,

जुन बाटोमा डीजी थापा, आयोजना प्रमुख ओझा र ठेकेदार मिलेर डोजर चलाएका छन् र सडक अलपत्र पारेका छन्, पानी परेपछि त्यो बाटोमा सवारी चलाउनु भनेको तरबारको धारमा हिँड्नुबराबर भएको छ । म पेशाले पत्रकारितामा छु । सचेत वर्गमा पर्छु । दुई चारजना चिनेको छु । मलाई डर र लाज लाग्दैन ।

मैले दिनहुँ भोगिरहेको पीडाका बारेमा डीजी र आयोजना प्रमुखलाई जानकारी गराउँदा त ममाथि यस्तो व्यवहार हुन्छ भने आम निर्दोष र पहुँचविहीन नेपाली नागरिकको अवस्था कस्तो होला ? थापा र ओझाहरूलाई लाग्दो हो, हामी नमरुञ्जेल पदमा बस्छौं, दुईचार जना नेतालाई खुशी पारेकै छौं, ठेकेदारसँग चोचोमोचो मिलाएकै छौं, दुईचार करोड कमाएकै छौं, हामीलाई कसले छुन सक्छ र ? 

आज दर्जनौं नागरिक तिमीहरूले थापेको पासोमा परी पछारिएर अंगभंग हुँदा नखुल्ने तिम्रो चेत समय आएपछि एकदिन खुल्छ, खुल्छ । वश, मात्र कुरा समयको हो । सार्वजनिक पदमा बसेको मानिस झुक्न जान्नुपर्छ । गाली खान, आलोचना सहन सक्ने हुनुपर्छ । त्यसमाथि तिमीहरूकै चरम लापरवाहीले निम्त्याएको समस्याबारे गुनासो गर्दा उल्टै उजुरी ? हेर, तिम्रो मति ! 

थापा र ओझाहरूलाई यही आलेखबाट चुनौती दिन चाहन्छु, यो राजसंस्था ढलेको देश हो । यो पारस शाह, खुमबहादुर खड्का र त्यस्तै अन्य कैयन मैमत्तहरूको साम्राज्य गर्ल्यामगुर्लुम ढलेको देश हो । तिमीहरूको पावर दुईचार दिनको हो । मेरो पत्रकारिता पेशा बरु तिमीहरूको भन्दा स्थायी छ । दुईचार वर्षपछि तिमीहरू रिटायर्ड हुन्छौ, म त आर्यघाटमा नुपुञ्जेल पत्रकारिता गर्ने प्रण लिएर होमिएको मूर्ख पत्रकार हुँ ।

आधुनिक सूचना प्रविधिले मलाई आफ्नै स्वतन्त्र मिडिया चलाउने अवसर दिएको छ र म अहिले आफैँले रगत पसिना बगाएको मिडिया चलाउँछु । मेराविरुद्ध उजुरी हालौँला, तर मेरो कलम रोक्ने तागत तिमीहरूमा छैन । तिम्रा दैनिक क्रियाकलापका एक–एक हिसाब राखेर उजागर गर्ने सामर्थ्य त मलाई पेशाले दिएकै छ ।

आज दर्जनौं नागरिक तिमीहरूले थापेको पासोमा परी पछारिएर अंगभंग हुँदा नखुल्ने तिम्रो चेत समय आएपछि एकदिन खुल्छ, खुल्छ । वश, मात्र कुरा समयको हो । सार्वजनिक पदमा बसेको मानिस झुक्न जान्नुपर्छ । गाली खान, आलोचना सहन सक्ने हुनुपर्छ । त्यसमाथि तिमीहरूकै चरम लापरवाहीले निम्त्याएको समस्याबारे गुनासो गर्दा उल्टै उजुरी ? हेर, तिम्रो मति ! 


अन्त्यमा,

आदरणीय पाठकवृन्द, यो देश अब तपाईं हामी सोझा, इमान्दार र कर्म गरेर खाने निर्दोष नागरिकका लागि रहेन । यो देश त केवल भ्रष्ट, दलाल, विचौलिया, लुटेरा र पापीहरूका लागि स्वर्गजस्तै बन्यो । अब अति भयो । म मेरो पेशाबाट जेहाद छेड्छु । तपाईं आमनागरिक पनि सचेत हुनुहोस्, उठ्नुस्, जाग्नुस् । भ्रष्टलाई निमिट्यान्न पारौं । ओझा र थापाजस्ता गैरजिम्मेवार कर्मचारीलाई सदाका लागि बिदाइ गरौं । र लागौं, यो देशको काँचुली फेर्ने, तपाईं हाम्रा बुवाआमा, दाजुभाइ र दिदीबहिनीका चहर्‍याइरहेका घाउहरूमा मलम लगाउने वास्तविक राजनेताको खोजीमा । नत्र हामीले सधैँ दुःख पाइरहनेछौं । ओझा र थापाजस्ता नालायकहरूको हालीमुहाली चलिरहनेछ । हाम्रो आवाज दबाइनेछ । रोज्ने कुन– अत्याचार, अन्याय, पीडा, भ्रष्टाचार कि समाजमा सुशासन, कानूनी राज, समृद्धि र परिवर्तन ? तपाईं र मैले चाल्ने कदममै भर पर्नेछ ।   

हेर्नुहोस्, धूलोधूवाँ, हिलो र सडकहरूको बेहालबारे लोकान्तरमा अहिलेसम्म प्रकाशित सामग्री :

 


 

Maruti inside
NLIC
TATA Below
साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

साउन २०, २०७९

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपश्चात २०७४ मा भएको संघीय र प्रादेशिक निर्वाचनपश्चात आमनेपाली जनतामा देश कायापलट हुने सपना बाँडिएको थियो । ती सपना राजनीतिक दलहरूले घोषणापत्र छापेरै गा...

साउन २०, २०७९

अमेरिकाकी सभामुख न्यान्सी पलोसी ताइवान ओर्लिएपछि अमेरिका र चीन आमनेसामने भएजस्तो गरी चर्चा भइरहेको छ । विभिन्न समयमा विश्व व्यवस्थाका स्थापित अवस्थाहरू परिवर्तन भइरहेका हुन्छन् । अमेरिकाले कुनै समय एक चीन नीत...

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

साउन १७, २०७९

लामो समयसम्म विवादमा रहेको राज्य व्यवस्था समितिमा अल्पमत/बहुमतको आधारमा निर्णय भएको तर सरकारले सदनमा लान नसकेको नागरिकता सम्बन्धी विधेयक अन्ततः दुवै सदनले पास गरेको छ तर यसमा शुरूदेखि परिवर्तन गर्न नसकिएको वै...

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x