×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

नेकपा हुँदा ओलीविरुद्ध मोर्चाबन्दी गर्नेहरुको पुनर्मिलन, नेताहरुको दवावमा प्रचण्ड

असार २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि बितेका २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
तत्कालीन नेकपा हुँदा केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्ने सचिवालयका नेताहरुबीच आइतबार भेटवार्ता भएको छ । राजधानीको हात्तीवनमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

Muktinath Bank

यि नेताहरुले तत्कालीन नेकपा हुँदा ओलीविरुद्ध कडा मोर्चाबन्दी गरेका थिए भने पछि सर्वोच्चको आदेशको बलमा नेकपा विभाजित बनेको थियो । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियो । पछि एमालेबाट नेपाल र खनाल पनि छुट्टिएका थिए । हाल आएर यी नेताहरु फेरि कम्युनिस्ट एकताको पहलस्वरुप छलफलमा बसेका हुन् । नेताहरुले छलफललाई निरन्तरता दिने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि पार्टीका नेताहरुले दवाव बढाएका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि पदाधिकारी चयन नगरेको भन्दै नेताहरुले दवाव बढाएका हुन् । तर, प्रचण्ड भने तत्काल पदाधिकारी चयन गर्ने पक्षमा देखिँदैनन् । 


Advertisment
Nabil box
Kumari

आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्ने केही नेताहरुले पदाधिकारी चयन गर्न प्रचण्डलाई दवाव दिएका छन् । उनीहरुले पार्टीलाई चलायमान बनाउन स्थायी कमिटी, पोलिटबयुरो लगायत पनि गठन गरिनुपर्नेमा जोड दिएका छन् । यो विषयलाई सोमबारको बैठकमा थप चर्काउने तयारी नेताहरुको छ । 
००००
आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले १० पृष्ठमा समेटिएको संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका छन् । माओवादीले यसअघि लामो दस्ताबेज प्रस्तुत गर्दै आएकोमा यो परम्परा यसपटक तोडिएको छ । माओवादी बैठक मूलतः प्रचण्डको प्रतिवेदन, स्थानीय निर्वाचनको समीक्षा र भावी रणनीतिका विषयमा केन्द्रीत छ । अध्यक्ष प्रचण्डले आइतबार यही पेरिफेरिमा ९ एजेण्डा पेश गरेका थिए । 
आइतबारको बैठकमा प्रदेश इन्चार्जहरुको रिपोर्टिङ भएको थियो भने प्रचण्डले राजनीतिक प्रतिवेदनका विषयमा संक्षिप्त व्याख्या गरेका थिए । बैठक सोमबार ११ बजे पुनः बस्ने कार्यक्रम छ । 
०००००
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादीले २९९ सदस्य भन्दा बढी केन्द्रीय समिति सदस्य नबनाउने बताएपनि आइतबारसम्म आइपुग्दा यो संख्या निकै बढेको छ । 
माओवादीले विवादित व्यक्ति लाक्र्याल लामादेखि अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यसम्मलाई केन्द्रीय समिति सदस्य बनाएको छ । हालसम्म माओवादीमा ३७३ जना केन्द्रीय सदस्य पुगेका छन् भने त्यसमा नेताहरुका आफन्तहरुको संख्या उल्लेख्य रहेको छ । 

Vianet communication
Laxmi Bank

यस्तै माओवादीले ८६ जनालाई वैकल्पिक सदस्य बनाएको छ । माओवादीमा पद वितरण अपारदर्शी बनाएको भन्दै आइतबारको केन्द्रीय समिति बैठकमै कटाक्ष भएको थियो । बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले पद दिने मामिलामा नेतृत्व भावुक भएको भन्दै कसैले रोइकराइ गर्दैमा पनि भावनामा बगेर केन्द्रीय सदस्य बनाइदिने परिपाटी रहेको भन्दै व्यङ्ग्य गरेका थिए ।
००००
नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । 
पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतवार बसेको सचिवालय बैठकले चुनावी समीक्षा गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष बैठकले निकालेको गुरूङले बताए ।
बैठकले पार्टीभित्रैबाट भएका अन्तर्घात, अराजकताका घटनाहरूको छानबिन तथा कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको गुरुङले जानकारी दिए ।
एमालेको सचिवालय बैठकले असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने निर्णय गरेको छ । एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
००००
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नियुक्तिविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । अब सो मुद्दाको पेशी आगामी असार २६ गतेका लागि तोकिएको छ । 
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा आइतवार सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि अर्को पेशी तोकिएको हो ।
००००
उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ । शाखा अधिकृत हिरालाल भुसालले उपसचिव रमेश श्रेष्ठलाई कार्यकक्षमै गएर कुटपिट गरेको स्रोतले जानकारी दियो ।
००००
सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
००००
जसपाका मधेस प्रदेश सांसद निष्काशनमा परेका छन् । गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेश सांसद कौशल कुमार यादव निष्काशनमा परेका हुन् । महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले प्रदेशसभा सदस्य यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।
००००
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीका पुराना नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् ।  छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइरालालगायत सहभागी थिए ।
००००
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
००००
बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको आज करिब २३  लाख मात्रा नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
००००
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा कर्मचारी भेटिएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । आइतबार राति स्कुल प्रशासन र मृतक रमा रायमाझीको परिवारबीच सहमति भएसँगै तनाव साम्य भएको हो । छलफलमा मृतकका परिवारलाई स्कुलले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउनेलगायतका सहमति भएको हो । सो स्कुलको क्यान्टिनमा काम गर्ने रमा शनिबार साँझ होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको दाबी गर्दै आफन्तले आइतबार दिनभर स्कुल क्षेत्रमा प्रदर्शन गरेका थिए ।
००००
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । आइतवार बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित भएसँगै प्रदेश १ को बजेटसमेत संसदबाट पास भएको हो ।
००००
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम  अस्वीकार गर्ने मन्त्रिपरिषदको निर्णयबारे अमेरिकालाई पत्र पठाउने काम अझै नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमा आएको र अध्ययन भइरहेकाले पत्र गइनसकेको बताएकी हुन् ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको बताएकी हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x