×

X
Dabur
Nic Asia
Marvel

इन्धन खपत घटाउने विकल्प

इन्धन खपत घटाउन निगमको प्रस्ताव– शनिवार गाडीरहित बिदा, पेट्रोल–डिजेलमा कोटा

काठमाडाैं | असार २०, २०७९

TVS INSIDE

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

निगमले इन्धन खपत कम गर्न नसके घाटाको अवस्था चुलिँदै जाँदा इन्धनको आपूर्ति नै रोकिन सक्ने जनाएको छ । 

निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सरकारी तथा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न सरकारलाई भनेको छ । 

Vianet communication
Maruti inside

यस्तै शनिवार गाडीरहितको सार्वजनिक बिदा घोषणा गर्न पनि सरकारलाई सुझाव दिइएको छ । यसले देशभरका मुख्य शहरमा यस्तो व्यवस्था गर्दा इन्धन खपत कम हुने जनाएको छ । 

पेट्रोल पम्पहरूले मोटरसाइकललाई ५ लिटर र कार जीप तथा साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन बिक्री गर्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाएको छ ।

यस्तै छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने विकल्प पनि निगमले सरकारलाई दिएको छ ।

यस्तै ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने, मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ । 

यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायत अन्य उपकरणको आयात बन्द गर्न समेत सरकारलाई निगमले प्रस्ताव गरेको छ । 

ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्नुपर्ने निगमको भनाइ छ  ।
 

TATA Below
NLIC
साउन २९, २०७९

चुनावी प्रयोजनका लागि ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् । निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा  शनिबारसम्म विभिन्न ४० राजनी...

साउन २८, २०७९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको महामन्त्री गगन थापाले जानकारी दिए । बैठक...

साउन २९, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेप...

साउन २९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कार्यशैली देख्दा आफ्नो मन पोल्ने गरेको बताएका छन् । आइतवार काठमाडौंमा युवासँगको अन्तर्क्रियामा पूर्वप्रधानमन्त्री ओलीले सरकारले गलत काम गरिरहेको आरोप लगाएका हुन् ।...

साउन २९, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसदले मंसिर ४ गतेको चुनाव पछि केपी शर्मा ओली फेरि प्रधानमन्त्री बनेर आउने दावी गरेकी छिन् । आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेकपा एमाले सांसद मायादेवी न्य...

साउन २९, २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज (आइतवार) आफू पक्षका नेताहरूसँग छलफल गर्दैछन् ।   छलफल दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा गर्ने तयारी भएको छ ।  आसन्न प्रदेश र प्रतिनिधि सभा ...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x