×

NMB BANK
NIC ASIA

ट्रष्टका नाममा बजेट हालेर ब्रम्हलुट गरिएको छः उपसभापति गुरुङ

असार २६, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यकोषबाट विभिन्न ट्रष्ट र फाउण्डेसनहरूका नाममा बजेट छुट्याउने कार्यको विरोध गरेका छन् । 

Muktinath Bank

आफ्नै पार्टीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीसहित विभिन्न मन्त्रीहरूका परिवारका सदस्यको नाममा खोलिएका ट्रष्ट तथा फाउण्डेशनलाई बजेट विनियोजन गरेको भन्दै विरोध भइरहेका बेला गुरुङको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ट्वीटरमा नेताहरूको नाममा खोलेको ट्रष्ट र फाउण्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाएका छन् । यसलाई भ्रष्टाचारको संज्ञा दिँदै उनले तत्काल रोक्नुपर्ने बताएका छन् । 


Advertisment
Nabil box
Kumari

उपसभापति गुरुङले आफूले पार्टीका तत्कालीन सभापति सुशील कोइरालाकै पालामा केन्द्रीय समिति बैठकमा यसको विरोध गरेको स्मरण गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ, नेताहरूको नाममा खोलेको ट्रष्ट/फाउण्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’

Vianet communication

उनले यस्तो गतिविधिले नेतृत्वप्रति जनताको विश्वास गुम्ने बताएका छन् । उनले यस्ता काम नरोकिए श्रीलंकाको जस्तो अवस्था आउनेतर्फ सचेत गराउँदै लेखेका छन्, ‘यो प्रवृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’

श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकले आन्दोलन थालेका छन् । उनीहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न मन्त्री र नेताका सरकारी तथा निजी निवासमा कब्जा जमाइरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x