×

NMB BANK
NIC ASIA

बहुध्रुवीयतातर्फ विश्व व्यवस्था

जटिलतातर्फ धकेलिँदै विश्व : धरापमा परेको हो पश्चिमको एकल प्रभुत्व ?

साउन १, २०७९

NTC
Sarbottam
Photo : katehon.com
Premier Steels
Marvel

विश्व व्यवस्था विगत डेढ दशकदेखि क्रमशः एकध्रुवीयताबाट बहुध्रुवीयतातर्फ प्रवेश गरिरहेकोमा युक्रेन युद्धले त्यस प्रक्रियालाई तीव्रता दिएको छ । 

Muktinath Bank

रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारवाही शुरू गरेदेखि अमेरिकासँग पहिले साझेदारी गरेका मुलुकहरू पनि उसको अन्धसमर्थन गरिरहेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत विगत केही समययता अमेरिकाको घनिष्ठ सहयोगी राष्ट्र बन्दै गएको भए पनि युक्रेन युद्ध शुरू भएपछि उसले रुससँग व्यापक रूपमा तेल र कोइला किन्न थालेको छ । युक्रेनमाथिको कारवाहीका कारण अमेरिका र युरोपले लगाएको प्रतिबन्धबाट रुसको अर्थतन्त्रलाई जोगाउनका लागि चीनले सस्तो मूल्यमा ग्यास र तेल रुससँग व्यापक रूपमा किन्न थालेको छ । 


Advertisment
Nabil box
Kumari

उता साउदी अरब पनि रुससँग पहिलेभन्दा बढी नजिकिएको छ र उसले आफ्नो तेल चिनियाँ मुद्रामा कारोबार गर्ने बताएको छ । यसले पेट्रोडलरलाई अवमूल्यन गर्नेछ र अमेरिकी एकध्रुवीयताको प्रमुख योगदानकर्ताका रूपमा रहेको डलर प्रभुत्वको आधारशिलालाई हल्लाउनेछ ।

Vianet communication
Laxmi Bank

रुसलाई विश्व मञ्चबाट एक्ल्याएर एकध्रुवीयतालाई अकण्टक बनाउने पश्चिमको योजना पूर्णतया विफल भएको छ । उल्टो पश्चिम चाहिँ बाँकी संसारबाट एक्लिएको अनुभूति हुन थालेको छ । 

हुन पनि रुस व्यापक प्राकृतिक स्रोतसाधन र बलियो सेना भएको मुलुक भएको तथ्यलाई पश्चिमले बिर्सेको भएर अहिलेको स्थिति आएको हो । इराक, अफगास्तिान वा लिबिया जस्तो मध्यमशक्ति बराबर रुसलाई ठान्नु पश्चिमको भूल साबित भएको छ ।

सारा संसार भनेको अमेरिका र युरोपेली संघ मात्र हो भन्ने पश्चिमको भ्रम नराम्ररी तोडिएको छ । पश्चिम अरूभन्दा असाधारण छैन र उसले खेल्ने गरेको एकल विजेता हुने खेल (जिरो सम गेम) प्रति बाँकी विश्वको कुनै सम्मान छैन भन्ने कुरा प्रमाणित भएको छ । 

एकध्रुवीयतालाई अनुप्राणित गर्ने लोकतन्त्र, विधिको शासन, नवउदारवाद, मानव अधिकार लगायतका मान्यतामा पश्चिमले बनाएको आफ्नो व्याख्यात्मक भाष्यलाई अब बाँकी विश्वले पत्याउन छोडेको छ ।  त्यसको झलक साउदी अरबका युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले दिइसकेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडन अघिल्लो साता साउदीको भ्रमणमा रहेको बेलामा एमबीएसले अमेरिकालाई आफ्नो मूल्यमान्यता अरूमाथि थोपर्ने काम नगर्न आग्रह गरे । 

अमेरिका नेतृत्वको पश्चिमको एकध्रुवीयता अन्त्य भइसकेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुन महिनामा सेन्ट पिटर्सबर्ग इकोनोमिक फोरममा सम्बोधन गर्ने क्रममा ठोकुवा गरे । 

हुन पनि एकध्रुवीयतालाई अनुप्राणित गर्ने लोकतन्त्र, विधिको शासन, नवउदारवाद, मानव अधिकार लगायतका मान्यतामा पश्चिमले बनाएको आफ्नो व्याख्यात्मक भाष्यलाई अब बाँकी विश्वले पत्याउन छोडेको छ । 

त्यसको झलक साउदी अरबका युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले दिइसकेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडन अघिल्लो साता साउदीको भ्रमणमा रहेको बेलामा एमबीएसले अमेरिकालाई आफ्नो मूल्यमान्यता अरूमाथि थोपर्ने काम नगर्न आग्रह गरे । 

त्यस्तो काम प्रभावकारी नहुने र त्यसबाट अमेरिकाले नकारात्मक प्रतिक्रिया प्राप्त गर्ने उनको भनाइ छ । आफ्नो मूल्यमान्यतालाई आफैंले पहिला कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न अनि बल्ल अरूलाई उपदेश दिन उनले आग्रह गरे ।

कुनै बेलामा अमेरिकी सुरक्षाका लागि मरिहत्ते गर्ने साउदीले अमेरिकासँग यसरी ठाडोठाडो कुरा गर्ने स्थिति आउनु एकध्रुवीयता अन्त्यको उम्दा उदाहरण हो । पश्चिम एसियाबाट ध्यान हटाएर हिन्द प्रशान्तमा केन्द्रित गर्न खोजेको अमेरिकालाई साउदीले सम्मान नदिनु आश्चर्यको कुरा हैन । अझ युक्रेन युद्धका कारण विश्व बजारमा बढेको तेलको मूल्य घटाउनका लागि बाइडनले साउदी अरबलाई तेल उत्पादन गर्न फकाउनुपर्ने स्थिति आएपछि पश्चिमले पालेको एकध्रुवीय भ्रम तोडिएको हुनुपर्छ ।

विश्वलाई बहुध्रुवीय बनाउन रुसका साथै चीनको पनि योगदान छ । अमेरिका र ईयूले युक्रेनलाई समर्थन गरे जस्तो चीनले रुसको समर्थन गरेको भए त्यसलाई अन्तर्राष्ट्रिय राजनीतिको नयाँ विन्दु मान्ने अवस्था हुन्थ्यो । 

त्यस्तो अवस्थामा विश्व दुई परस्परविरोधी खेमामा विभक्त हुन्थ्यो र द्विध्रुवीयताको आरम्भ भएको मानिन्थ्यो । एकातर्फ अमेरिका र युरोप हुन्थ्यो भने अर्कातर्फ रुस र चीन हुन्थे । अनि युक्रेन एक्काईसौं शताब्दीको द्विध्रुवीय भिडन्तको पहिलो युद्धभूमिका रूपमा चित्रित हुन्थ्यो । 

तर त्यस्तो स्थिति छैन । चीनका क्रियाकलाप तथा भाषा अभिव्यक्तिले रुसलाई राहत त दिएका छन् तर चीनले रुसलाई हातहतियार वा अन्य कुनै पनि सामरिक सहयोग गरेको छैन । 

अमेरिकाले चीनलाई रुसको समर्थन नगर्न बारम्बार अनुरोध गरेको वा धम्क्याएको भए पनि चीनले रुसको साथ छोड्न मानेको छैन । तर त्यससँगै चीनले युरोप र युक्रेनसँगको संवाद तथा सहकार्यको बाटो पनि बन्द गरेको छैन । 

त्यसो त अमेरिका नेतृत्वको पश्चिमले अहिलेको स्थितिलाई द्विध्रुवीय द्वन्द्वका रूपमा चित्रण गर्न खोजिरहेको छ । बाइडन प्रशासनले अहिले लोकतन्त्रवादी र निरंकुशतन्त्रवादीहरूको भिडन्त भइरहेको र त्यसमा लोकतन्त्रवादीहरू विजयी हुनुपर्ने बताइरहेको छ । 

हुँदाहुँदा विपक्षी दल र सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाउने भोलोदीमीर जेलेन्स्की समेत लोकतन्त्रका मसिहाका रूपमा चित्रित भइरहेका छन् । उनले निरंकुशतन्त्रका प्रतिनिधि पुटिनको सशक्त प्रतिकार गरिरहेको बताइँदैछ ।

तर अमेरिका र युरोपले अन्तर्राष्ट्रिय राजनीतिमा कोरेको यस्तो श्यामश्वेत विभाजन गलत छ किनकि पश्चिम आफैं त्यसमा अडिन सक्ने स्थितिमा छैन । आफ्नो स्वार्थपूर्तिका लागि अमेरिकाले निरंकुश शासकहरूसँग पनि सहकार्य गरिरहेको छ । 

जस्तो, माथि पनि उल्लेख भएअनुसार विश्व बजारमा गैररुसी तेलको प्रवाह बढाउनका लागि बाइडन प्रशासनले निरंकुश साउदी शासकहरूलाई फकाउनुपर्ने स्थिति आएको छ । हुन पनि विश्व आदर्श मूल्यमान्यताका आधारमा चल्दैन, राज्यहरूको राष्ट्रिय स्वार्थका आधारमा चल्छ । भारतले त्यसको उम्दा उदाहरण प्रस्तुत गरिरहेको छ । 

जे होस्, पश्चिमले नचाहेको भए पनि विश्व बहुध्रुवीय बनेको छ र बहुध्रुवीयताको चरित्र नै जटिल किसिमको हुन्छ । अमेरिकी विश्लेषक एन्ड्रु कोरीब्को यसलाई जटिल बहुध्रुवीयता (कम्प्लेक्स मल्टीपोलारिटी) वा जटिलता (मल्टीप्लेक्सिटी) को संज्ञा दिन्छन् ।

त्यस्तो बहुध्रुवीय विश्वमा पश्चिमले भने जस्तो नियममा आधारित विश्व व्यवस्थाले काम गर्दैन । नियममा आधारित भन्दै पश्चिमले आफ्नो नियम अरूमाथि लाद्न खोजेको छ । तर त्यसलाई अरूले कदापि स्वीकार नगर्ने माथि उल्लेखित एमबीएसको अभिव्यक्तिबाटै स्पष्ट हुन्छ । 

बहुध्रुवीय विश्वमा विविधतालाई अँगालिने र सबै राष्ट्रको सार्वभौमसत्तालाई उत्तिकै सम्मान गरी विपरीत विचारलाई पनि सहर्ष स्वीकार गरिने प्राध्यापकद्वय होरासियो फाल्काओ र मार्क ल मेनेस्ट्रेल लेख्छन् । सबैको कुरा सुन्ने अनि सबैलाई स्वीकार्य हुने निष्कर्षमा पुग्ने काम बहुध्रुवीय विश्वमा हुने परिकल्पना गरिएको भए पनि यो त्यति सरल चाहिँ हुने छैन । राष्ट्रिय स्वार्थका कारण मुलुकहरूले जटिल किसिमका सम्झौता गर्नुपर्ने हुन्छ र राज्यस्तरमा व्यापक सहकार्य नभएमा विश्व व्यवस्था नै डगमगाउने स्थिति आउनेछ ।

बहुध्रुवीय विश्वमा एउटा महाशक्तिको डरको अभावका कारण ठूलो शक्तिले मध्यम तथा सामान्य शक्तिमाथि थिचोमिचो गर्नेे सम्भावना नहोला भन्न सकिन्न । हुन पनि अहिले पश्चिमले युक्रेनमा रुसको विजय भएमा शक्ति नै सर्वोपरि हुने भाष्य स्थापित हुने भएकाले रुसलाई हराउनु जरूरी रहेको बताउने गरेको छ । 

युरोपका परराष्ट्रनीति तथा सुरक्षा मामिलाविद् स्वेन बिस्कोपका अनुसार, एकध्रुवीयताको अन्त्य भएसँगै संसार अब शीतयुद्धमा प्रवेश गर्नेछ । एकतिर नेटोका सदस्य मुलुक तथा अस्ट्रेलिया, जापान, न्युजील्यान्ड र दक्षिण कोरिया जस्ता तिनका सहयोगी मुलुक हुनेछन् भने अर्कातर्फ रुस हुनेछ । चीनले रुससँग साझेदारी जारी राखे पनि पश्चिमले आर्थिक कारणले गर्दा चीनसँगको सम्बन्ध कायम राख्नेछ । 

त्यो हार सुनिश्चित गराउनका लागि रुसविरुद्ध पश्चिमले प्रतिबन्ध कायम राखिरहने सम्भावना छ । त्यसले गर्दा विश्वमा मूल्यवृद्धिका कारण आक्रोशको लहर आएर कतिपय सरकार ढल्न सक्ने भए पनि पश्चिमले रुसमाथिको प्रतिबन्ध सहजै हटाउने देखिँदैन । 

युरोपका परराष्ट्रनीति तथा सुरक्षा मामिलाविद् स्वेन बिस्कोपका अनुसार, एकध्रुवीयताको अन्त्य भएसँगै संसार अब शीतयुद्धमा प्रवेश गर्नेछ । एकतिर नेटोका सदस्य मुलुक तथा अस्ट्रेलिया, जापान, न्युजील्यान्ड र दक्षिण कोरिया जस्ता तिनका सहयोगी मुलुक हुनेछन् भने अर्कातर्फ रुस हुनेछ । चीनले रुससँग साझेदारी जारी राखे पनि पश्चिमले आर्थिक कारणले गर्दा चीनसँगको सम्बन्ध कायम राख्नेछ । 

त्यस्तो परिस्थिति विकसित हुँदा अमेरिका र ईयूले रुसविरुद्ध उभिनुलाई मात्र आफ्नो पक्षमा राख्नका लागि फकाउने आधार बनाइरहन सक्ने छैनन् । रुस र चीनसँग निकट सम्बन्ध राख्ने मुलुकहरूले अमेरिका र ईयूलाई उनीहरूभन्दा राम्रो कस्तो विकल्प उपलब्ध गराउन सक्छौ भनेर अवश्य प्रश्न गर्नेछन् । 

त्यस्तै प्रश्नको अपेक्षा सहित अमेरिका नेतृत्वको जी७ ले पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर यान्ड इन्भेस्टमेन्ट र बिल्ड ब्याक बेटर वर्ल्ड ल्याएको छ । युरोपले पनि ग्लोबल गेटवे पहल शुरू गरेको छ । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभसँग प्रतिस्पर्धा गर्न ल्याइएका यी पहलहरूले बहुध्रुवीय विश्वका मुलुकहरूलाई राष्ट्रिय स्वार्थअनुकूल महाशक्तिहरूसँग सन्तुलन कायम गरी सहकार्य गर्न अवसर प्रदान गरेका छन् । 

महाशक्ति राष्ट्रहरूले खेमा निर्माणमा जोड दिँदा मध्यम र सामान्य शक्तिराष्ट्रहरूले सन्तुलनको यस नीतिलाई आक्रामकताका साथ अघि बढाउनेछन् । आखिरमा बहुध्रुवीयता भनेकै शक्तिका बहुल केन्द्रहरूले एकअर्कालाई सन्तुलनमा राख्नका लागि प्रयास गर्ने भूराजनीतिक परिस्थिति हो । नेपालको जस्तो सामान्य शक्तिराष्ट्रले चतुरतापूर्वक तथा राष्ट्रिय स्वार्थ अनुकूल हुने गरी यस किसिमको सन्तुलन कायम गर्नुपर्ने हुन्छ । 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x