×

NMB BANK
NIC ASIA

नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र देखियो : पुन

साउन ८, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेकपा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् । 

Muktinath Bank

उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी समेत दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रवार प्रतिनिधि सभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले उल्लेख गरे । 


Advertisment
Nabil box
Kumari

आफू सरकारमा छँदा ल्याएकै प्रावधान समेटेर विधेयक पारित भएको यथार्थ ढाकछोप गरी एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको पुनले उल्लेख गरे । 

Vianet communication

‘ओली सरकारले विधेयक र अध्यादेशमा जे–जे प्रावधान अघि सारेको थियो । अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ’, पार्टी सम्बद्ध राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकलाई सम्बोधन गर्दै आइतवार पुनले भने, ‘आफूले विधेयक ल्याउने, अध्यादेशमा  पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरुले त्यही प्रावधान सहितको विधेयक पास गर्दा राष्ट्रघाती भनेर विरोध गर्ने  एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ ।’ 

पुनले आफू राष्ट्रवादी र बाँकी सबै अराष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न एमाले नेतृत्वलाई सुझाए । 

पुनले नेपालको भू–राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकता विहीन हुनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको बताए । 

पुनले नागरिकता ऐनमा उल्लेखित वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उल्लेख गरे । छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अंगीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने विचार उनले व्यक्त गरे ।

विवाहित अंगीकृत नागरिकताको विषयलाई दाउपेचको राजनीतिक एजेण्डा बनाउन नहुनेमा जोड दिँदै पुनले सबै दलबीच समान धारणा बनाउन जरुरी रहेको बताए ।

‘कोही पनि जनागरिक नागरिकता विहीन हुनुहुँदैन । सबैले नागरिकता पाउनुपर्छ’, उनले भने, ‘भारततसहित सार्क मुलुकको अनुभव हेरेर वैवाहिक अंगीकृतको सवालमा अहिले गरिएको व्यवस्था परिमार्जन गर्नुपर्छ ।’ 

पुनले त्यसका लागि इमान्दारीपूर्वक तयार हुन एमालेलाई आग्रह गरे ।  

सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अंगीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने पुनले स्पष्ट गरे । 

नेपाली राजनीति दुई दलीय होइन, दुई ध्रुवीय बन्दैछ     

फरक प्रसंगमा पुनले नेपालको राजनीति दुई दलीय नभई दुई ध्रुवीय बन्दै गएको बताए । 

नेपाली समाज क्रमशः वामपन्थी र प्रजातान्त्रिक विचारधारामा ध्रुवीकृत हुँदै गएको भन्दै विचार मिल्नेहरू एक ठाउँ उभिनु जायज भएको तर्क गरे । 

प्रगतिशील वामपन्थी र क्रान्तिकारी ध्रुवको नेतृत्व आफ्नो दलले गरेको र प्रजातान्त्रिक ध्रुवको नेतृत्व काँग्रेसले गरेको उनले चर्चा गरे । 

वामपन्थी ध्रुवलाई बलियो र सशक्त बनाउन आफ्नो दलले वामपन्थी र प्रगतिशीलहरूको समाजवादी मोर्चा निर्माणको प्रयास अघि बढाइसकेको पुनले बताए । तर, एमाले ती ध्रुवमा नभई बीचमा उभिएको आरोप पुनले लगाए । 

बीचमा रहनेको अस्तित्व संकटमा पर्ने भन्दै उनले कुन धारामा समाहित हुने भन्ने विषयको टुंगो छिटो लगाउन एमालेलाई आग्रह गरे । 

‘दुई पार्टी सिस्टम होइन, दुई विचारधारामा नेपाली समाजको तीव्र ध्रुवीकरण अघि बढेको छ’, पुनले भने, ‘एमाले प्रजातान्त्रिक ध्रुवको हो कि वामपन्थी प्रगतिशील ध्रुवको पार्टी हो उसले आफ्नो पोजिसन छिट्टै क्लियर गरोस् भन्ने हामी चाहन्छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x