×

NMB BANK
NIC ASIA

एसपीपीबारे छलफल आवश्यक छैन, नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रकाशमान सिंह

साउन ११, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले एसपीपीको विषयमा सुनेको भरमा संसदीय समितिमा छलफल गर्न नहुने बताएका छन् ।

Muktinath Bank

बुधवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद सिंहले अनाधिकृत कागजातको विषयलाई लिएर एसपीपीको सम्बन्धमा समितिमा छलफल गर्न नहुने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रधानसेनापति र परराष्ट्र मन्त्रीले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारिसकेको भन्दै सुनेको कुराको आधारमा सो विषयमा छलफल आवश्यक नरहेको बताए । आधिकारिक कागजात अध्ययन गरेर मात्रै समितिले एसपीपीमा सरकारको भूमिकाबारे धारणा बनाउनु उपयुक्त हुने उनको भनाई छ ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘प्रधानसेनापति यहीँ समितिमै आएर बोलेर जानुभएको हाम्रो मस्तिष्कमा ताजै छ । कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने कुरा छैन भनेर उहाँले भन्नुभएको हो । परराष्ट्र मन्त्रीले पनि समितिमा आएर आफ्नो कुराहरू राख्नुभएको । त्यसकारणले गर्दा सुनेको भरमा, रे को भरमा कुनै आधिकारिक नभएको डकुमेण्टको विषयलाई लिएर हामीले धरै समय छलफल गर्नु राम्रो हुँदैन । आधिकारिक डकुमेन्ट फेरि मागौं, हेरौं । सत्य, तथ्य जे छ डकुमेण्टको आधारमा समग्र समितिको एसपीपीको बारेमा र अन्य उठेको मुद्दाहरूको बारेमा हाम्रो धारणा बनाउनु राम्रो हुन्छ भन्ने लागेको छ ।’  

Vianet communication

उनले सबै दलहरुले राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर संविधानको मर्मलाई अक्षरशः पालना गर्ने गरी गतिविधि अगाडि बढाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एसपीपीमा नेपाल सामेल नहुने पत्र अमेरिकालाई नपठाउनुले अँध्यारो कुनामा खिचडी पाक्दैछ कि भन्ने शंका उत्पन्न भएको बताए । उनले सरकारले आफ्नो परराष्ट्र नीतिलाई दह्रो गरी पक्रिन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘ढिलो गर्नुको कारण कतै कुनै अँध्यारो कुनामा फेरि खिचडी पाक्दैछ कि भन्ने शंका त नेपाली जनतालाई सधैं भई नै रहन्छ । छिटोभन्दा छिटो हामीले मागेको डकुमेण्ट आउनुपर्छ । सेनापतिको भ्रमण सार्वभौम संसदलाई जानकारी हुनुपर्छ । परराष्ट्र नीति सम्बन्धी नेपाल सरकारले दह्रोसँगले आफ्नो नीति नपक्रेको अहिले पनि अनुभव हामीलाई सधैं भइराखेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x