×

NMB BANK
NIC ASIA

रामजी निर्देशित ‘आराध्या’को टिजर रिलिज

साउन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् । 

Muktinath Bank

सार्वजनिक टिजरमा व्यस्त आमाबाबुबाट समय नपाउँदा सन्तानमा हुने मनोभावलाई प्रस्तुत गरिएको छ । सर्टफिल्मले व्यस्तताका कारण सन्तानप्रति समय नदिने आम अभिभावकको कथा चित्रण गरेको टिजरबाट बुझ्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा अभिनेता आमिर गौतम, सुरवीना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कँडेललगायतको अभिनय छ ।


Advertisment
Nabil box
Kumari

‘यो कथा एउटा मात्रै परिवारको होइन, धेरै परिवारमा भइरहेका घटना हो, जसलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको हो’, निर्देशक ज्ञवालीले भन्छन्, ‘सार्वजनिक भएपछि फिल्म हेर्ने दर्शकले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हेलचेक्र्याइँ गरिएको रहेछ भन्ने महसुस गर्नेछन् ।’

Vianet communication
Laxmi Bank

रामजीलाई कथा लेखनमा आर्यन अधिकारीले साथ दिएका छन् । 

सन्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारी निर्माता राजेशकुमार शाह हुन् । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म ‘आराध्या’मा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

चलचित्रमा समावेश एउटा बाल गीतमा आरसी शाहले आवाज दिएकी छन् ।  उक्त गीतका गीतकार भने पत्रकार जीवन भण्डारी हुन् । 

विशाल निरौलाको म्युजिक एरेन्जमा तयार उक्त गीत फिल्म प्रदर्शन भन्दा केही समय अघि सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । ज्ञवालीले ‘एक लभर’, ‘डार्क मुन’, ‘हनिमुन’, ‘लकडाउन’लगायतका एक दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् । ‘आराध्या’लगत्तै अर्को सर्टफिल्मको तयारीमा लाग्ने ज्ञवाली बताउँछन् ।​
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x