×

NMB BANK
NIC ASIA

आँखा चिह्न हाेल्ड गरेकाे पार्टीलाई बाबुरामले बनाए नेपाल समाजवादी

साउन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस अघि आँखा चिह्न हाेल्ड गरेकाे समावेशी लोकतान्त्रिक पार्टीलाई नेपाल समाजवादी पार्टी बनाएर निर्वाचन आयोगमा अपडेट गराएका छन् । 

Muktinath Bank

जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि दलविहीन भएका उनले आफ्नाे नेतृत्वमा समाजवादी पार्टी बनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केहीदिन पहिले दल दर्ताका लागि आयोगमा निवेदन दिएको र आयोगले बिहीवार दल दर्ता भएको जानकारी गराएको उनीनिकट विश्वदीप पाण्डेले जानकारी दिएका छन् । ‘केहीदिन पहिले आयोगमा दल दर्ताका लागि निवेदन दिएका थियौँ’, पाण्डेले भने, ‘आयोगले आज दल दर्ता भएको जानकारी गराएको छ ।’ उनले पदाधिकारीको विषयमा केही खुलाएनन् । उनले आयोगमा पार्टीका विधान बुझाइएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

डा. भट्टराईको पार्टीको चुनाव चिह्न ‘आँखा’ रहने पाण्डेले बताए । नेकपा माओवादी केन्द्रबाट अलग भएपछि डा. भट्टराईले नयाँ शक्ति पार्टी दर्ता गराएका थिए । उक्त पार्टीको निर्वाचन चिह्न पनि आँखा नै रहेको थियो । डा. भट्टराईले २०७४ सालकाे चुनावमा आँखा चिह्न लिएर नै भाग लिएका थिए । 

Vianet communication
Laxmi Bank

तर, जसपासँग एकीकृत भएपछि उनको निर्वाचन चिह्न राखेर दीपक लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी गठन गरेका थिए । त्यसबेला डा.भट्टराईकै निर्देशनमा लामिछानेले उक्त दल निर्वाचन आयोगमा दर्ता गराएको चर्चा चलेको थियो । 

डा. भट्टराईले बिहीवार नै लामिछानेसहितका नेताहरूसँग पनि छलफल गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x