×

NMB BANK
NIC ASIA

विकासमा ढिलाइ

छनोटको स्पष्ट आधार र मापदण्ड निर्धारण नहुँदा राष्ट्रिय गौरवका आयोजना वर्षौंसम्म अलपत्र [प्रतिवेदनसहित]

साउन १३, २०७९

NTC
राष्ट्रिय गौरवको आयोजनामध्येको एक निर्माणाधीन काठमाडौं तराई मधेश द्रुतमार्ग
Premier Steels

सरकारले घोषणा गरेका तर कार्यान्वयन पक्ष फितलो हुँदा राष्ट्रिय गौरवका आयोजना वर्षौंसम्म पूरा भएका छैनन् । कार्यान्वयन पक्ष कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा भएको एक दशकसम्म पनि प्रारम्भिक चरणकै समस्यामा अल्झिरहेको संसदीय समितिको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । 

Muktinath Bank

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तयार पारेको ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन २०७९’ले आयोजना कार्यान्वयनमा देखिएको समस्या औँल्याउँदै समाधानका लागि उपयुक्त सुझाव पनि दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले राष्ट्रिय गौरवका २४ वटै आयोजनाको अध्ययन गरेर अहिलेसम्म देखिएको समस्या समाधान गर्न उपयुक्त सुझावसहितको प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनले हरेक आयोजना अगाडि बढाउन र निर्माणाधीन आयोजना समयमा नै पूरा नहुनुको कारणसहितको उपयुक्त सुझाव दिएको हो ।


Advertisment
Nabil box
Kumari

समितिले दिएको यस्तो सुझावमा अधिकांश आयोजना शुरू भएको वर्षौंसम्म पनि रेखाङ्कन र मुआब्जा विवादमा अल्झनु, रुख काट्ने काम समयमा नै हुन नसक्नु भएको उल्लेख गरेको छ । आयोजना कार्यान्वयनका विषयमा अन्तरनिकाय समन्वय अभाव, संसदीय समितिका कार्यक्षेत्रमा दोहोरोपनाले समस्या हुनुसहितको कारण औंल्याएको छ ।

Vianet communication

आयोजना कार्यान्वयनका लागि पर्याप्त बजेट, दक्ष जनशक्ति र अन्य स्रोत साधनमा सुनिश्चिता नहुनु, जग्गा प्राप्तिको समस्या जटिल बन्दै जानु, आयोजनाको मूल्यांकन र विश्लेषण नहुनेसहितको समस्या पनि रहेको अध्ययन समितिको प्रतिवेदनले औंल्याएको छ । 

समितिले राष्ट्रिय गौरवका आयोजना छनोटका स्पष्ट आधार तथा मापदण्ड निर्धारण नगर्दा वर्षौंसम्म काम नहुने र भएकोमा पनि अपेक्षाअनुसारको प्रगति नभएको उल्लेख गरेको छ । समितिका सभापति दिलकुमारी रावल थापाले शुक्रवार उक्त अध्ययन प्रतिवेदनले औँल्याएका समस्या र निष्कर्षका विषयमा जानकारी दिएकी छन् । 

रावलले २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये बूढीगण्डकी जलविद्युत् आयोजना,  पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडलिटी नै नबनेका कारण शून्य प्रगतिको आयोजना बनेको बताइन् । माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने पछिल्लो समयका सफल आयोजना देखिएको उनको भनाइ छ । बाँकी अन्य समस्या,  जटिलता र आयोजनामा देखिएको कमजोरीलाई अध्ययन गरेर उपयुक्त सुझाव सरकारलाई दिएको पनि उनले बताइन् । 

समितिले समग्रमा राष्ट्रिय गौरवका आयोजनाका विषयमा सरकारलाई निर्देशनसहितको सुझाव दिएको छ । सुझावमा आयोजनाका लागि जग्गा प्राप्ति गर्दा न्यूनतम क्षतिपूर्ति हुने व्यवस्था गर्ने, वन, राष्ट्रिय निकुञ्ज तथा आरक्षित क्षेत्रमा आयोजना निर्माण तथा सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने, कार्यान्वयन मोडालिटी र लगानीको स्रोत निर्धारण गर्ने रहेको छ । 

नदीजन्य तथा खनिजजन्य निर्माण सामग्रीको उपलब्धता सुनिश्चित गर्ने, ठेक्का प्रक्रियाको सरलीकरण तथा ठेक्का व्यवस्थापनमा सुधार गर्ने, दक्ष प्राविधिक जनशक्तिको आपूर्ति तथा व्यवस्थापन गर्नुपर्ने पनि प्रतिवेदनले सुझाव दिएको छ । आयोजनाका कार्यान्वयनका लागि आवश्यक समन्वय, अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी बनाउने र स्रोत ब्यवस्थापन तथा संरचनागत सक्रियता कायम गर्नेसहितको सुझाव दिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको समयमै कार्यान्वयन भएको अवस्थामा घोषित उद्देश्य हासिल हुन सक्ने भएकोले आयोजना सम्पन्न गर्न बढी जोड दिनुपर्ने सुझाव सरकारलाई दिएको छ । सडक तथा हवाई पूर्वाधार, रेलमार्ग, जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा निर्माण हुने यस्ता पूर्वाधारले विकास र समृद्धि पथमा मुलुकलाई नयाँ युगमा प्रवेश गराउन सहयोग पुग्ने अपेक्षा गरेको छ । 

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने आधार राष्ट्रिय गौरवका आयोजना हुन सक्ने भएकोले यसमा समस्याहरूको बुद्धिमतापूर्ण समाधान गरेर समयमै आयोजना पूरा गराउन जरुरी भएको निष्कर्ष निकालेको छ । यसका लागि कानूनी तथा प्रक्रियागत जटिलताहरू तत्काल हटाउने, आयोजनामा कार्यरत जनशक्तिलाई जिम्मेवार एवं उत्प्रेरित बनाउने, आयोजनाहरूमा स्रोतको सुनिश्चितता गर्नुपर्ने सहितका निष्कर्ष समितिले निकालेको छ । 

हेर्नुहोस् समितिको प्रतिवेदन 

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x