×

NMB BANK
NIC ASIA

घट्यो तीज गीतको चहलपहल

काेराेनाकालमा जति पनि आएनन् तीजका गीत, यसपालि किन सुस्तायो बजार ?

बजारमा विष्णु माझीको प्रतिक्षा, कलाकार भन्छन्, ‘उहाँको गीत र भूकम्प उस्तै हो’

साउन १६, २०७९

NTC
Premier Steels

तीज गीतको चहलपहल कोरोनाकालमा भन्दा झण्डै आधाले सुस्ताएको छ । 

Muktinath Bank

जेठ, असारलाई विशेषतः तीज गीत रेकर्डिङको सिजन मानिन्छ । असारको शुरूबाटै तीज गीत सार्वजनिक गर्ने रस्साकस्सी चल्ने गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसवर्ष साउन मध्यसम्मको माहोल हेर्दा तीज गीतको चहलपहलसँगै रौनक कोरोनाकालमा भन्दा निकै सुस्ताएको छ ।


Advertisment
Nabil box
Kumari

सरोकारवालाका अनुसार यस वर्ष तीज गीतको चहलपहल विगतमा भन्दा ३० देखि ५० प्रतिशतसम्मले कमी छ । 

Vianet communication

चल्तापूर्जा निर्देशक प्रकाश भट्ट यस वर्ष तीज गीतको चहलपहल विगतमा भन्दा धेरै कमी रहेको आफूलाई महशुस भएको बताउँछन् । 

यस वर्ष हालसम्म सार्वजनिक भएकामध्ये सबैभन्दा चर्चित तीज गीत ‘झमझम झम्काना’का निर्देशक समेत रहेका भट्टले लोकान्तरसँग भने, ‘ठ्याक्कै कतिले कमी छ भन्न त गाह्रो पर्छ, तर आफ्नो काम गराई, अन्य समग्र माहोल हेर्दा गत वर्षको भन्दा ४० प्रतिशतले नै कमी देख्छु ।’ 

तीज गीतका लागि व्यस्त निर्देशकमध्येमा पर्ने स्मृति तिमिल्सिना ‘गुरुआमा’ पनि यस वर्ष तीज गीतमा विगतको जस्तो चहलपहल नरहेको बताउँछिन् ।

उनी तीज गीतको चहलपहलमा विगतको भन्दा ३० देखि ३५ प्रतिशतसम्मले नै कमी देखिएको बताउँछिन् । 

‘अब तीज आउन १ महिना पनि बाँकी छैन । यतिबेलासम्म एक खालको चहलपहल देखिन्थ्यो । अलि छिटो नै सूटिङ भैसक्थ्यो । तर, यसपालि विगतमा जस्तो देखिएको छैन,’ उनी भन्छिन् । 

लोक गायिका पूर्णकला बीसी पनि अहिलेसम्म तीज गीतको रौनक विगतमा जस्तो नदेखिएको बताउँछिन् । उनी रेकर्डिङदेखि छायांकनसम्ममा पहिलेभन्दा चहलपहल घटेको आफूले पाएको बताउँछिन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भने तीज गीत रेकर्डिङ र सार्वजनिकमा विगतमा भन्दा ५० प्रतिशतले नै कमी पाएको बताउँछन् । उनले तीज गीत मात्र नभई्, अन्य गीतहरू पनि गतवर्षको तुलनामा कम आएको बताए । 

विगतमा भन्दा किन सुस्तायो ? 

पछिल्ला केही वर्षयता रहरले तीज गीतमा लगानी गर्नेहरू ह्वात्तै बढेका थिए । अघिल्ला दुई वर्ष पनि व्यावसायिक गायक/गायिका भन्दा रहरले तीज गीत ल्याउनेहरू धेरै थिए । कोरोनाका कारण स्टेज कार्यक्रम ठप्प हुँदा व्यावसायिक कलाकारहरूले तीज गीत कमै मात्रामा ल्याएका थिए । एउटा तीज गीत गाऔं न, एउटा तीज गीतमा नाचौं न, भनेर रहरले लगानी गरेकाहरू धेरै थिए । 

पछिल्ला वर्ष युट्युबमा गीतको भ्युज खस्कँदो छ । युट्युबको खस्कँदो बजारमा आफ्ना गीतहरूले लगानी उठाउन नसकेपछि रहरले लगानी गर्नेहरू पछाडि हटे । 

यसवर्ष रहरले लगानी गर्नेहरूमा कमी आएका कारणले समग्र तीज गीतको चहलपहलमा कमी महसूस गरिएको निर्देशक प्रकाश भट्टले बताए । 

‘पहिले शोखले लगानी गर्नेहरू धेरै हुन्थे । अहिले व्यावसायिक व्यक्तिहरूले भन्दा अरूले लगानी गर्न सकिरहेका छैनन्,’ उनले भने ।

संगीतसँग आबद्ध रहेकाहरूको मात्रै लगानी देखिएको उनले बताए । 

‘व्यावसायिक कलाकारहरूले त स्टेजमा गएर दर्शकलाई नचाउन पुग्ने गीत गरिरहनुभएको छ । यो तीजमा मेरो कोशेली यो है भन्न पाउने अवस्था सबै कलाकारहरूले बनाएका छन्,’ उनी भन्छन्, ‘रहर गरेर गीत गाउनेहरू, रहर गरेर लगानी गर्नेहरूको कमी हो ।’ 

दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले अहिले कलाकारहरू गीतमा लगानी गर्ने अवस्थामा नरहेको बताउँछन् । 

‘कोरोनादेखि नै आर्थिक अवस्था कमजोर हुँदै गएको हो । गीत कमी हुनुमा देशको आर्थिक अवस्था, कलाकारको आर्थिक आय लगायतका भूमिका छ,’ बिजीले भने । 

भिडियोसहित ल्याउँदा ४/५ लाख रुपैयाँ खर्च लाग्ने र युट्युबबाट त्यो लगानी उठ्ने वातावरण कमै रहेको हुँदा लगानीकर्ताहरू ‘रिस्क’ मोल्न डराइरहेको बताए ।   रहरले लगानी गर्नेहरूलाई अहिले अझ गाह्रो अवस्था रहेको बिजीको भनाइ छ ।

निर्देशक स्मृति तिमिल्सिना दुई वर्षको लकडाउनका कारण अहिले लगानी गर्ने खर्च नभएको हुनसक्ने बताउँछिन् । त्यस्तै युट्युबमा गीतले अपेक्षित भ्युज नपाउनु पनि अर्को कारण रहेको हुनसक्ने बताउँछिन् । 

‘कोरोनाको समयमा कलाकारहरू पनि फुर्सदमा हुनुहुन्थ्यो, त्यसमाथि उक्त समय कलाकारहरूमा एक खालको फ्रस्टेसन थियो । सोही कारण भुल्नका लागि पनि गीतमा लगानी गर्नुभएको थियो जस्तो लाग्छ,’ तिमिल्सिना अगाडि भन्छिन्, ‘तर अहिले भाइरल लाइभ दोहोरी र युट्युबमा आउने विभिन्न काण्डहरूको भ्युज गइरहेको हुन्छ । तर, गीतको भ्युज राम्रो जाँदैन सोहीकारण पनि लगानीकर्ताहरू हच्किएको हुनसक्छ ।’ 

विगतमा जेठ–असारमा धेरै तीज गीतहरू छायांकन भैसकेका हुन्थे । साउन मध्यसम्म धेरै तीज गीतहरू सार्वजनिक भैसकका हुन्थे । 

यसवर्ष भने अहिले पनि छायांकन मात्र नभएर रेकर्डिङका गतिविधिहरू समेत भैरहेको गायक खुमन अधिकारी बताउँछन् । 

सोही कारण आउँदा दिनमा रौनक बढ्न सक्ने उनको विश्वास छ । 

यसवर्ष कसले ल्याउला बजार तताउने तीज गीत ?

दुई वर्षअघि खेम सेञ्चुरी र मधु क्षेत्रीको स्वर रहेको ‘सोचेझैं जिन्दगी रैनछ,’ बोलको तीज गीत सर्वाधिक चर्चामा रह्यो । 

गत वर्ष दुईवटा तीज गीत निकै चर्चित बने । पहिलो, विष्णु माझीको ‘चरी जेलैमा’ । दोस्रो, प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ ।

यी दुईवटै तीज गीतले युट्युबमा छोटो समयमै करोड भ्युज पाए । अहिले यी दुईवटै तीज गीतको भ्युज ३ करोडबाट उकालो लागिसकेको छ । 

यस वर्ष तीजका केही गीत सार्वजनिक भैसकेका छन्, जसमध्ये चर्चा केही सिमित गीतले मात्रै पाएका छन् । र, त्यसमध्ये सबैभन्दा चर्चामा रहेको छ, ‘झमझम झम्काना’ ।

भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वरमा तीन साताअघि सार्वजनिक गीतले युट्युबमा ७६ लाख भ्युज पाइसकेको छ । गीत छिट्टै करोड क्लबमा प्रवेश गर्ने निर्माण टीमको विश्वास छ । 

पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा सार्वजनिक ‘मै राम्रो छैन’ले ३७ लाख भ्युज पाएको छ । सूर्य खड्का र रचना रिमालको स्वरमा सार्वजनिक ‘ढुंगे धारा’ले ३२ लाख भ्युज पाएको छ । 

गत वर्ष वजार तताएका विष्णु माझी र प्रकाश सपूतले भने अहिलेसम्म तीज गीत ल्याएका छैनन् । 

‘उनीहरूका तीज गीत आउँछन्/आउँदैनन् ?’ स्रोता–दर्शक एवं सांगीतिक क्षेत्रसँग जिज्ञासा मात्र छैन, प्रतिक्षा पनि उत्तिकै छ ।

गायक प्रकाशले यस वर्ष तीज गीत नल्याउने जनाएका छन् । 

आफ्नो तीज गीतको पर्खाइमा रहेका शुभचिन्तक एवं स्रोता दर्शकलाई प्रकाशले आइतबार मात्रै यस वर्ष आफूले तीज गीत नल्याउने जानकारी दिएका हुन् ।

उनले आफ्नो आउँदो चलचित्र ‘परदेशी २’मा समय दिनुपर्ने भएकाले यसवर्ष तीज गीत नल्याउने भएका हुन् ।

‘यसपालि मैलै मेरो सिर्जनात्मक समय, ऊर्जा, र तनमन चलचित्र ‘परदेशी २’ मा लगाउने सोचेको छु,’ प्रकाशले फेसबूकमा लेखेका छन् । 

गायिका विष्णु माझीले भने हरेक वर्ष तीज गीत ल्याउँदै आएकी छिन् ।

‘पुतलीको भट्टी’को नयाँ भागका रूपमा उनले हरेक वर्ष तीज गीत ल्याउँछिन् । त्यसको निरन्तरता नै थियो, गत वर्ष सार्वजनिक– चरी जेलैमा ।

उक्त गीत विष्णुको ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा सार्वजनिक भएको थियो । चलेका धेरै गायक/गायिकाका तीज गीतहरू सार्वजनिक भैसकेको र ती गीतहरूले अपेक्षित चर्चा पाउन नसकिरहेको अवस्थामा अब विष्णु माझीको गीतको प्रतिक्षा धेरैले गरेका छन् ।

‘अबको प्रतिक्षा विष्णु माझीको गीतको हो,’ निर्देशक तिमिल्सिना भन्छिन्, ‘यद्यपि, उहाँको गीत र भूकम्प उस्तै हो । कहिले आउँछ कसैलाई पत्तो हुँदैन ।’

गायिका पूर्णकला पनि विष्णु माझीको तीज गीतको प्रतिक्षामा रहेको बताउँछिन् । ‘बर्सेनि उहाँका तीज गीतले छाप छाड्ने गरेका छन् । उहाँको गीत कस्तो आउँछ, कस्तो आयो भन्ने कौतुहलता ममा पनि हुन्छ,’ उनले भनिन् । 

अहिले गीतको पनि पोस्टर र टिजर सार्वजनिक गर्ने प्रचलन छ । गीतको रेकर्डिङ र छायांकनको तस्वीर सार्वजनिक नगर्ने कलाकारहरू बिरलै हुने गरेका छन् । 

यस्तोमा विष्णु माझीको गीत एकैपटक युट्युबमा अपलोड भएपछि मात्रै उनका फ्यान, स्रोता दर्शक एवं संगीतकर्मीहरूले थाहा पाउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x