×

X
Nic Asia
Marvel
Khukuri

शंकाको घेरामा फैसला

विशेषको विवादास्पद फैसला– प्रश्न मात्र सार्दा पनि उत्तीर्ण गराउनेलाई सफाइ, प्रमाण बेवास्ता !

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा १८ पटक प्रश्नपत्र मात्र सार्नेलाई उत्तीर्ण गराउने परीक्षक तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष अदालतले सफाइ दिएको छ । प्रमाणहरू अनदेखा गरी गलत आधार लिएर विशेष अदालतले सफाइ दिएको पाइएको छ ।

DHARA
LAxmi BAnk

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गर्ने/गराउने काम गरी भ्रष्टाचार गरेको भन्दै त्रिविका प्राध्यापक रामविश्वास प्रसाद साह, प्रा. चेतराज भट्ट, परीक्षार्थी अमरनाथ साह, प्रमोदकुमार गोइतसहित चारजनालाई प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यसहितको पूर्ण इजलासले फैसला गर्दा सबै प्रतिवादीलाई सफाइ दिएको पाइएको छ ।


Advertisment
Bizbazar
Saurya island

'फौजदारी मुद्दामा शंकाको भरमा कसैलाई कसूरदार ठहर्‍याउन नमिल्ने भन्ने न्यायिक सिद्धान्त समेत रहेको र शंकाको सुविधा अभियुक्तले भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त समेत रहेको परिप्रेक्ष्यमा प्रतिवादीहरूले आरोप-दाबीबमोजिम उपप्राध्यापक पदको लिखित परीक्षाको परिणाम फेरबदल गरे, गराएको भन्ने वस्तुनिष्ठ र निश्चयात्मक प्रमाणबाट सम्पुष्टि गर्न सकेको नदेखिएकाले शंका र अनुमानका आधारमा भ्रष्टाचारजस्तो गम्भीर फौजदारी कसूरमा प्रतिवादीहरूलाई कसूरदार कायम गर्न कानून एवं न्यायसम्मत हुने देखिएन,' विशेष अदालतको फैसलामा उल्लेख छ ।

'प्रतिवादीमध्येका अमरनाथ साह राष्ट्रसेवक नरहेको, अन्य प्रतिवादीहरू चेतराज भट्ट, रामविश्वासप्रसाद साह र प्रमोदकुमार गोइत राष्ट्रसेवक देखिएता पनि निज प्रतिवादीहरूले परीक्षाको परिणाम फेरबदल गरे/गराएको भन्ने दाबी वस्तुपरक रूपमा पुष्टि नभएको देखिँदा निज प्रतिवादीहरूले आरोप-दाबीबाट सफाइ पाउने ठहर्छ,' फैसलामा उल्लेख छ ।

Vianet communication
IME BANK INNEWS

'प्रतिवादीमध्येका रामविश्वासप्रसाद साह र चेतराज भट्टले परीक्षासम्बन्धी काम कारवाहीका क्रममा कुनै नियम वा आचरणको उल्लंघन गरेको देखिएमा निजहरूलाई त्रिभुवन विश्व विद्यालयको ऐन/नियमबमोजिम जे बुझ्नुपर्ने बुझी विभागीय कारवाही गर्नसक्ने नै भएकाले सोहीबमोजिम गर्न, गराउन त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षणका लागि जानकारी दिनू,' फैसलामा अगाडि भनिएको छ ।

हेर्नुहोस्, फैसलाको ठहर खण्ड :

भएको के थियो ?

शैक्षिक सत्र २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको थियो ।

आन्तरिक विशेष परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेपनि पास गराइएको थियो । उक्त उत्तरपुस्तिका परीक्षक विज्ञ प्रा. डा. चेतराज भट्ट थिए ।

१ नम्बर प्रश्नको उत्तरमा उनले १ नम्बरकै प्रश्न हुबहु सारे पनि नम्बर दिइएको थियो। २ नम्बर प्रश्नको उत्तरमा २ नम्बरकै प्रश्न हुबहु सार्नुका साथै ३ र ४ मा समेत प्रश्न मात्र सार्दा पनि नम्बर दिइएको थियो। 

यसरी प्रथम पत्रको ३५ अंकका लागि सोधिएका कूल ५ वटा प्रश्नको उत्तर नै नलेखेका, उत्तर लेख्दा त्यही ५ वटा प्रश्नहरूलाई उत्तर खण्डमा १७ पटक हुबहुजस्ताको त्यस्तै सारेकोमा कूल ११ अंक दिएर ती परीक्षार्थीलाई उत्तीर्ण गराइएको थियो, जसमा १ अंक पनि दिन मिल्ने अवस्था छैन ।

३५ अंकका लागि दोस्रो खण्डको अर्को पत्रको उत्तरपुस्तिकामा पनि पूर्ण रूपमा गलत उत्तर लेखेकोमा बढीभन्दा बढी अंक दिएर पास गराइएको थियो। जाँचकले शुरूमा उत्तरपुस्तिका जाँच्दा लेखाइलाई पूर्णरूपले गलत भनी काटेका थिए । तर, उत्तरपुस्तिकामा देखाइएका संकेत जाँचकले भेटाएपछि  व्यक्तिको पहिचान भई उत्तर पुस्तिकाको बाहिर पहिलो पृष्ठमा २६.५ अंक दिइएको थियो । 

ती परीक्षार्थीले आफ्नो उत्तरपुस्तिका जाँचकलाई चिनाउन अंग्रेजीमा ‘रिमेनिङ’ लेखेर संकेत गरेका थिए ।

दोस्रो खण्डको उत्तरपुस्तिकामा उनले १ नम्बर प्रश्नको उत्तर लेख्दा उत्तरपुस्तिकामा जाँचकले १ अंक मात्र दिए पनि  मूल पृष्ठमा भने ९.५ अंक दिइएको थियो। उत्तरमा जाँचकले कैफियतमा ‘कम्प्लिट सेन्टेन्स’ भनी कैफियत लेखेर ०.५ अंक शुरूमा दिएकोमा पछि आएर फेरि ९.५ अंक दिएका थिए ।

२ नम्बर प्रश्नको उत्तर गलत लेख्दा पनि ५ अंक दिइएको थियो । ३ नम्बर प्रश्नको उत्तर उनले नेपाली भाषामा लेखेका कारण जाँचकले ‘प्रेस इन इंग्लिश’ अर्थात् अंग्रेजी भाषामा मात्र उत्तर लेख भनेर कैफियत लेखेका छन् तर पनि त्यसमा ९.५ अंक दिइएको थियो ।

४ नम्बर प्रश्नको उत्तरमा उनले केही पनि उत्तर नलेखी खाली नै छाडेकामा पनि त्यसमा अंक दिइएको थियो। ५ नम्बर प्रश्नको उत्तर पूर्णरूपमा गलत लेखेकोमा पनि २.५ अंक दिइएको थियो ।

(उत्तरपुस्तिकासहितको प्रमाण हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।)

ससुरा जाँचक, ज्वाइँ परीक्षार्थी; ३५ मा ३२ अंक ल्याएर टप !

खुलातर्फ उत्तरपुस्तिका जाँचक रामविश्वासप्रसाद साहले आफ्नै ज्वाइँको उत्तरपुस्तिका जाँचेर गलत उत्तरमा समेत बढीभन्दा बढी अंक दिएर 'टपर' बनाएका थिए ।

परीक्षामा ३०७१ रोल नम्बर भएका परीक्षार्थीले 'टप' गरेका थिए । उनी जाँचक साहका ज्वाइँ हुन् । ती परीक्षार्थीले उत्तर नै नलेख्दा समेत अंक पाएका थिए । प्रथम पत्रको ४ नम्बर प्रश्नको उत्तर लेख्दा उनले उत्तरमा ४ नम्बरको प्रश्न मात्र सारेकोमा पनि २ अंक दिइएको थियो। अन्य प्रश्नको उत्तर गलत लेखेको भए पनि उनलाई उच्च अंक दिएर परीक्षामा सर्वोत्कृष्ट बनाइएको थियो ।

प्रथम खण्डमा २५ र दोस्रो खण्डमा ३२ अंक दिएर कूल ५७ अंकसहित उनलाई ‘टप’ गराइएको थियो । दोस्रो खण्डको उत्तरपुस्तिका उनको आफ्नै ससुरा रामविश्वासप्रसाद साहले जाँचेका थिए । 

विशेषको फैसलामा लिइएका गलत आधार

फैसलाको ठहर खण्डको २१ नम्बरमा कोड नम्बर ५७०८ रहेका प्रमोदकुमार गोइतको प्रथम पत्रमा १ नम्बर प्रश्न सारेकोमा दिएको र १० नम्बर नियमबमोजिम दिएको भन्दै गलत आधार लिएको देखिन्छ ।

जबकि उक्त उत्तरपुस्तिकामा प्रश्नहरू मात्र १७ पटक सारेको प्रमाण मुद्दाकै फाइलमा समावेश गरिएको छ। त्यसैको आधारमा उक्त उत्तरपुस्तिकामा शुन्य अंकबाहेक नम्बर दिने कुनै आधार नै छैन।

गोइतकै दोस्रो खण्डको उत्तरपुस्तिकामा ५ अंक पनि आउन सक्ने अवस्था छैन तर २६.५ अंक दिइएको छ । उक्त उत्तरपुस्तिकमा अंक दिन नमिल्ने भनी स्वयं उत्तरपुस्तिका परीक्षण गर्ने विज्ञले कैफियत जनाएको अवस्थासहितको प्रमाणहरू पनि राखिएको छ । तर विशेष अदालतले फैसला गर्दा यी सबै प्रमाणहरूलाई अनदेखा गरी भएको आधार तथा प्रमाणहरूलाई आधार नलिएको देखिन्छ ।

त्यसैगरी अमरनाथ साहको प्रथम पत्रको उत्तरपुस्तिकामा अंग्रेजीमा 'टीयू सर्भिस कमिसन' भन्ने स्पष्ट संकेत उत्तरपुस्तिकाको शुरूमा लेखिएको छ । त्यही संकेतलाई पहिचान गरी उत्तरपुस्तिका परीक्षण गर्ने चेतराज भट्टले २५ अंक दिएका छन् । जबकि उनको लेखाइबमोजिम बढीमा १० नम्बर पनि दिन नमिल्ने अख्तियारको निष्कर्ष छ । 

साहकै दोस्रो खण्डको उत्तरपुस्तिकामा पनि सोही खालको संकेत शुरूमा र अन्त्यमा पनि उल्लेख गरिएको छ । त्यसैलाई पहिचान गरी उत्तरपुस्तिका परीक्षणकर्ता रामविश्वासप्रसाद साहले अधिकतम नम्बर ३२ दिएको देखिन्छ । यी सबै प्रमाणहरूलाई अनदेखा गरी विशेष अदालतले प्रतिवादीहरूले अदालतमा गरेको बयानकै आधारमा सफाइ दिएको देखिन्छ ।

पुनः परीक्षण गरी दिएका अंकहरू यथावत कायम रहेको भन्ने बयान र नक्कली प्रतिवेदनलाई आधार मानी उत्तरपुस्तिकामा दिइएको अंक सदर हो भनी अदालतले व्याख्या गरेको देखिन्छ । कसूरदारहरूले आफ्नो कसूरबाट छुटकारा पाउनका लागि काल्पनिक झूटा बयान गर्नुका साथै बयानका क्रममा सोही परीक्षामा उत्तीर्ण गराइएकाहरूलाई साक्षी राखी आफ्नो अनुकूल बयान गर्न लगाएर उम्कने प्रयास भएको देखिन्छ ।

यसअघि थुनछेक मुद्दाका क्रममा विशेष अदालतले अमरनाथ साह, चेतराज भट्ट र रामविश्वास प्रसाद साहलाई १०/१० हजार रुपैयाँ तथा प्रमोदकुमार गोइतलाई ५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो ।

न्याय परिषद् सचिवालयमा उजुरी

विभिन्न प्रमाणहरूलाई बेवास्ता गर्दै गलत आधार लिएर प्रतिवादीहरूलाई सफाइ दिने गरी गरिएको उक्त फैसलाको छानबिन गर्न माग गर्दै न्याय परिषद् सचिवालयमा उजुरी परेको छ । २०७९ साउन ११ गते दर्ता भएको उक्त उजुरीमा न्यायाधीशहरूले प्रमाणको सही मूल्यांकन नगरी आचारसंहिता समेत उल्लंघन गरेको जिकिर गरिएको छ ।

'न्यायाधीशको न्युनतम क्षमता प्रदर्शन गर्न नसकी प्रतिवादीलाई सफाइ दिई अपराधीकरणको बढावालाई मद्दत पुर्‍याएको देखिएको र मुद्दामा समावेश गरिएका वस्तुनिष्ठ प्रमाणहरूलाई कानूनविपरीत बेवास्ता गरी कानूनको उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम प्रमाणको आधारमा सजाय हुनुपर्नेमा निजहरूलाई उन्मुक्ति दिनेगरी न्यायाधीशहरूबाट फैसला भएकाले यस सम्बन्धमा छानबिन गरी कारवाही गरी पाऊँ,' गिरीले दिएको उजुरीमा उल्लेख छ ।

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् ।  कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।  'कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलव...

असोज ११, २०७९

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताएका छन् । सङ्घीय संसद्का पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदनम...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले नजरबन्दमा राखेको आरोप लगाएका छन् । आइतवार लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासको गेटमै सुरक्षाकर्मी ख...

असोज ५, २०७९

गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छ...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले सर्वोच्च...

असोज २, २०७९

संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागु हुने गरी आइतवार उनीहरूको कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपत...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x