×

NMB BANK
NIC ASIA

चीनमा प्रदर्शन हुँदै ‘राधा’, दूतावासले माग्यो फिल्म

साउन २४, २०७९

NTC
Premier Steels

नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ ।

Muktinath Bank

नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा ‘राधा’ प्रदर्शन हुने भएको हो । १५ अगस्ट अर्थात साउन ३० गते फेस्टिभलमा ‘राधा’ प्रदर्शन हुनेछ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार निर्मातालाई पत्र पठाउँदै यसबारे जानकारी दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको उत्कृष्ट डान्स भिडियो प्रदर्शन तथा नेपाली चलचित्रलाई चिनियाँ बजारमा प्रबद्र्धन गर्न सहयोगका लागि आयोजकले ‘राधा’लाई छनोट गरेको हो ।


Advertisment
Nabil box
Kumari

आयोजकले समन्वय गर्न दूतावासलाई आग्रह गरेको छ । दूतावासले पत्रमार्फत सहभागिताको लागि चलचित्रको पूर्ण स्क्रिप्ट, प्रिमियर भिडियो र चलचित्रमा समावेश तीजको गीत मागेको छ । ‘नेपालमा रिलिज नहुँदै चीनमा आधिकारिक क्षेत्रबाट प्रदर्शनका लागि छनोट हुनु एकदमै खुशीको कुरा हो । यसलाई लिएर एकदमै उत्साहित छौं,’ निर्मातामध्येकी देवकी बिष्टले लोकान्तरसँग भनिन् । 

Vianet communication

नेपालमा भदौँ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छिन् ।

उनको साथमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, पशुपति राई लगायतको अभिनय छ ।

चलचित्रलाई सुवर्ण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा देवकी बिष्टसँगै विक्रम दास जोशी र अभिनेता सौगात मल्लको समेत लगानी छ । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x