×

NIC ASIA

सन्दर्भ : पाकिस्तानी स्वतन्त्रता दिवस

पाकिस्तान स्थापनाको ७५ वर्ष : अमेरिका–चीन स्वार्थ र ‘डाइनामाइट’ बन्ने खतरा

साउन २९, २०७९

Prabhu Bank
NTC
Photo : DailyPakistan
Premier Steels

आज (१४ अगस्ट) मा स्वतन्त्रता दिवस मनाइरहेको पाकिस्तान भूरणनीतिक अवस्थितिका कारण उच्च महत्त्वको मुलुक हो । 

Muktinath Bank

भूरणनीतिक अवस्थितिको लाभ पाकिस्तानका अभिजात वर्गले उठाएको भए पनि सर्वसाधारणसम्म त्यसको प्रतिफल पुग्न पाएको छैन । त्यसैले पाकिस्तान राजनीतिक  र आर्थिक समस्याको भुमरीमा परेको छ । संवैधानिक प्रक्रियालाई बारम्बार कुल्चिइएको तथा लोकतान्त्रिक संस्कृतिलाई जरा गाड्न नदिइएकोले यस्तो समस्या जन्मिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९४७ मा भारतीय उपमहाद्वीपबाट बेलायती उपनिवेशवादीहरूको बहिर्गमनसँगै भारतको विभाजन भएर पाकिस्तानको निर्माण भएको हो । वर्ल्डडेटा डट् इन्फोका अनुसार, यस ७५ वर्षको अवधिमा पाकिस्तान विश्वको ४२औं ठूलो अर्थतन्त्र बनेको छ । तर सन् १९७१ मा आफूबाट छुट्टिएको पूर्वी पाकिस्तान अर्थात् बंगलादेश (३३औं स्थान) को तुलनामा उसको अर्थतन्त्र कमजोर नै देखिन्छ ।


Advertisment
Nabil box
Kumari

पाकिस्तान स्वतन्त्रताप्राप्तिको समयदेखि नै राजनीतिक रूपमा अस्थिर रहिआएकाले गर्दा अर्थतन्त्र तथा राज्यका अन्य क्षेत्रहरूमा अपेक्षित प्रगति हुन नसकेको देखिन्छ । नेपालमा जस्तै त्यस देशमा कुनै पनि प्रधानमन्त्रीले पूरा अवधिको कार्यकाल चलाउन सकेको छैन । अनि निर्वाचित सरकारलाई विभिन्न कालखण्डमा सेनाले अपदस्थ गरी प्रत्यक्ष शासन चलाउने गरेको छ । 

Vianet communication

पाकिस्तानी सेना दक्षिण एसियाको सबभन्दा ठूलो मुलुक भारतप्रति पूर्णतः नकारात्मक भइदिँदा पनि देशको आर्थिक तथा राजनीतिक अस्थिरतामा योगदान पुगेको देखिन्छ । स्वतन्त्रताप्राप्तिदेखि नै भारतसँगको द्वन्द्वका कारण पाकिस्तानको अधिकांश ऊर्जा विनाशकारी गतिविधिमा खर्च भइरहेको छ । 

आफूलाई भूआर्थिक केन्द्रका रूपमा विकसित गर्ने आकांक्षा राखेको भए पनि कश्मीरमा भारतसँग परोक्ष युद्ध (प्रोक्सी वार) तथा देशभित्र विभिन्न आतंकवादी र अतिवादी शक्तिहरूसँग लडिरहेको पाकिस्तानलाई उक्त आकांक्षा साकार गराउन धेरै मुश्किल देखिएको छ । 

आतंकवाद, धार्मिक अतिवाद, अल्पसंख्यकमाथिको अत्याचार, व्यापक भ्रष्टाचार, अनियन्त्रित जनसंख्या वृद्धि, लैंगिक विभेद, कमजोर शिक्षाप्रणाली लगायतका चुनौतीलाई सम्बोधन नगरिएमा पाकिस्तान दक्षिण एसियाको ‘डाइनामाइट’ बन्ने खतरा छ । 

पाकिस्तानको अर्थतन्त्र अहिले महंगीको भारमा थिचिएर छटपटाइरहेको छ । अर्थतन्त्र चलायमान राख्नका लागि बारम्बार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्याकेज लिन अनि दातृसमुदायसँग भिक्षा माग्न पाकिस्तान बाध्य भइरहेको छ । 

आर्थिक समस्यालाई पाकिस्तानको सामन्तवादी समाज संरचनाले थप खराब बनाएको छ । पाकिस्तानी विश्लेषक उजैर एम युनुसका अनुसार, देशमा अझै पनि सामन्तवाद हावी छ । 

विशेषगरी सिन्ध र पञ्जाब राज्यमा विशाल भूक्षेत्र सामन्तहरूको नियन्त्रणमा छ । सम्पत्तिको अधिकार नागरिकलाई प्रत्याभूत गराउन राज्यले नसकेका कारण प्रभावशाली अभिजातहरूले गरीबगुरुवासँग भएको सानो क्षेत्रफलको जमीन समेत हडपिरहेका छन् । त्यसले पनि अतिवादलाई मलजल गरिरहेको छ ।

प्राविधिक तथा वैज्ञानिक शिक्षाको साटो धार्मिक शिक्षामा जोड दिइएका कारण पाकिस्तानले आफूसँग भएको विशाल युवा जनशक्तिको सदुपयोग गर्न नसकेको देखिन्छ । साँघुरो मजहबी शिक्षाका कारण पाकिस्तान अतिवादी जन्माउने भूमिमा परिणत भएको छ । 

त्यसका साथै पाकिस्तान पानी लगायतका प्राकृतिक स्रोतहरूको अभावका कारण पनि कठिन चुनौती बेहोरिरहेको छ । अहिले नै पाकिस्तानमा पिउनयोग्य पर्याप्त (वार्षिक रूपमा प्रतिव्यक्ति एक हजार घन मिटर) पानी उपलब्ध छैन भने जलवायु परिवर्तनले त्यस समस्यालाई थप बल्झाउने देखिन्छ । ऊर्जाका अन्य स्रोतहरू पनि पाकिस्तानमा बिस्तारै सकिन थालेको विश्लेषकहरू बताउँछन् । त्यसले ल्याउने दुष्परिणाम भयानक हुने देखिन्छ ।

आणविक हतियारले सुसज्जित संसारको एक मात्र मुस्लिम राष्ट्र भएको हैसियतले पाकिस्तानको अस्थिरता एसिया प्रशान्त क्षेत्र मात्र नभई विश्वकै लागि पनि खतराको सूचक हो । 

त्यसमाथि अझ विश्वमा विकसित हुँदै गरेको नयाँ शीतयुद्धमा पाकिस्तानको भूरणनीतिक अवस्थितिले दूरगामी असर पार्ने देखिन्छ । 

अहिले अमेरिकी परराष्ट्रनीतिको प्रमुख चासो नै एसिया प्रशान्त क्षेत्र हो । त्यहाँ चीनको प्रभाव बढ्न नदिनका लागि अमेरिकाले विभिन्न प्रयास थालेको छ । 

चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्त्वाकांक्षी बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतको प्रमुख परियोजनाका रूपमा रहेको चीन–पाकिस्तान आर्थिक कोरिडोर समेतका कारण पाकिस्तानमा चीनको अत्यधिक प्रभाव परेको तथ्यलाई अमेरिकाले सकारात्मक रूपमा लिएको छैन । 

चीनलाई पाकिस्तानको बाटो हुँदै अरब सागरसम्म जोड्ने उक्त परियोजनाले मलक्का जलसन्धिमा आउन सक्ने बाधाको विकल्प दिने भएकाले बेइजिङले यसलाई अत्यधिक महत्त्व दिएको हो । मध्य, पूर्वी, दक्षिण र पश्चिम एसियासँग जोडिने मियोका रूपमा पाकिस्तान रहेकाले समग्र युरेसियाली क्षेत्रको सम्पर्क सञ्जालका रूपमा विकसित गर्न खोजिएको बीआरआईमा पाकिस्तान महत्त्वपूर्ण सदस्य हो ।

बीआरआईलाई असफल बनाउनका लागि सबै किसिमको हत्कण्डा अपनाइरहेको अमेरिकाले पाकिस्तानी परराष्ट्रनीतिलाई चीन र रुसतर्फ ढल्काउने इमरान खानलाई सत्ताच्युत गर्न भूमिका खेल्यो । अमेरिकासँग पुनः सम्बन्ध कायम गर्न खोज्ने पाकिस्तानी सेनाको अभीष्ट त्यसमा सहयोगी बन्यो । 

इमरान खानको बहिर्गमनपछि प्रधानमन्त्री बनेका शहबाज शरीफले पाकिस्तानलाई युद्धोत्तर जापान र जर्मनीसँग तुलना गरी अमेरिकाको सहयोगी राष्ट्र बनाउने छनक देखाएका छन् । 

अमेरिकाले अफगानिस्तानमा ‘ओभर द होराइजन’ कारवाही चलाउनका लागि पाकिस्तानमा सैन्य अड्डा बनाउन खोज्दा इमरानले रोकेका थिए भने शरीफले त्यसको अनुमति दिने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । त्यस्तो स्थिति आएछ भने युरेसियाली एकताको प्रक्रिया जोखिममा पर्न सक्छ । 

शीतयुद्धको बेलामा सोभियत संघ कमजोर बनाउनका लागि अमेरिकाले मुजाहिद्दीनहरूलाई गरेको सहयोगमा पाकिस्तानको केन्द्रीय भूमिका थियो ।

अनि अमेरिकाको ट्विन टावरमा भएको आक्रमणपछि तत्कालीन बुश प्रशासनले चलाएको आतंकवादविरुद्धको युद्धमा पनि पाकिस्तान अमेरिकी साझेदार बनेको थियो । तर त्यो नीति पाकिस्तानका लागि दुईधारे तरवार साबित भयो किनकि अतिवादीहरूलाई जन्माउन भूमिका खेलेको पाकिस्तानका लागि उनीहरू नै समस्याको कारण बनिरहेका छन् । 

पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका पूर्वप्राध्यापक हुमायुँ खानका अनुसार, अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले पाकिस्तान भन्दा भारतलाई नै बढी महत्त्व दिनेछ । त्यस्तो स्थितिमा पाकिस्तानले चीनसँग थप निकट सम्बन्ध बनाउनुपर्ने हुन्छ वा कट्टर दुश्मन भारतको भन्दा कम महत्त्वको भूमिकामा सन्तुष्ट रहनुपर्ने हुन्छ । यस्तो दोस्रो दर्जाको भूमिका पाकिस्तानी सेनालाई कत्तिको पाच्य हुन्छ भन्ने महत्त्वपूर्ण प्रश्न छ । 

जे होस्, अमेरिकाको प्रमुख गैरनेटो साझेदारका रूपमा रहेको पाकिस्तानमा इमरान खानले पश्चिमविरोधी आवाज चर्काएपछि सेनाले असहज अनुभव गर्दै उनलाई सत्ताच्युत गराएको हो । यससँगै अमेरिकासँग पुनः लाभ लिनका लागि सेनाले पाकिस्तानी भूमिमा सैन्य अड्डा राख्नका लागि अनुमति दिने आशंका गर्न सकिन्छ ।

तर पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका पूर्वप्राध्यापक हुमायुँ खानका अनुसार, अमेरिकाको हिन्द–प्रशान्त रणनीतिले पाकिस्तान भन्दा भारतलाई नै बढी महत्त्व दिनेछ । त्यस्तो स्थितिमा पाकिस्तानले चीनसँग थप निकट सम्बन्ध बनाउनुपर्ने हुन्छ वा कट्टर दुश्मन भारतको भन्दा कम महत्त्वको भूमिकामा सन्तुष्ट रहनुपर्ने हुन्छ । यस्तो दोस्रो दर्जाको भूमिका पाकिस्तानी सेनालाई कत्तिको पाच्य हुन्छ भन्ने महत्त्वपूर्ण प्रश्न छ । 

त्यसैले अमेरिकालाई कुन हदसम्म पाकिस्तानी भूमिमा भित्र्याउने हो भन्ने विषयमा सेनाले चिन्तन गरिरहेको हुनुपर्छ । यसमा उसले निकै सोचविचारपूर्वक कदम चाल्नुपर्ने हुन्छ किनकि भारतबाहेक उसका सबै छिमेकीहरू अमेरिकाप्रति नकारात्मक छन् । 

नयाँ शीतयुद्धमा आफ्नो भूरणनीतिक अवस्थितिको फाइदा उठाएर पाकिस्तानलाई समृद्ध बनाउन त्यहाँका अभिजात वर्गले भूमिका नखेलेमा स्थिति नाजुक हुने देखिन्छ । 

अहिले नै पाकिस्तानमा समस्याका विभिन्न कारकतत्त्वहरू विद्यमान छन् । आतंकवाद, धार्मिक अतिवाद, अल्पसंख्यकमाथिको अत्याचार, व्यापक भ्रष्टाचार, अनियन्त्रित जनसंख्या वृद्धि, लैंगिक विभेद, कमजोर शिक्षाप्रणाली लगायतका चुनौतीलाई सम्बोधन नगरिएमा पाकिस्तान दक्षिण एसियाको ‘डाइनामाइट’ बन्ने खतरा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x