×

NMB BANK
NIC ASIA

गोविन्दप्रसाद चौधरी नेपाल समाजवादीकाे सहअध्यक्ष, ९३ सदस्यीय राजनीतिक समिति गठन

भदौ ९, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनित गरेको छ । उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सहअध्यक्ष पदमा मनोनित गरेको हो । बैठकले केन्द्रीय कार्यकारिणी समितिमा ९८ जनालाई मनोनयन गरेको छ । 

Muktinath Bank

त्यस्तै नेपाल समाजवादीले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी÷दलित महासंघको इन्चार्जमा दुर्गा सोवलाई जिम्मेवारी प्रदान गरेको छ । 

Vianet communication
Laxmi Bank

समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ ।

नेपाल समाजवादीको घोषणापत्र लेख्न बाबुरामको नेतृत्वमा समिति गठन 

मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ । समिति सदस्यहरूमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेका छन् । 

त्यस्तै, अध्यक्ष महिन्द्र राय यादव संयोजक र सहध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेको निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

पार्टी निर्माण र मंसिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर सबै प्रदेशमा एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x