माघ १९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १...
काठमाडाैं | भदौ १०, २०७९
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ मा हुने घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै केन्द्रीयस्तरका नेताहरूको चहलपहल जिल्लामा बढ्न थालेको छ । अरू समय बिरलै मात्र गाउँमा भेटिने नेताहरू निर्वाचनको समय नजिकिँदै जाँदा पार्टीका विभिन्न कार्यक्रमहरूमा व्यस्त हुन थालेका छन् ।
सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ । सीट बाँडफाँडका लागि उसले कार्यदल समेत बनाइसकेको छ ।
गठबन्धन साझेदार दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एउटै घोषणापत्र लिएर निर्वाचनमा होमिने तयारीमा छन् ।
केन्द्रदेखि जिल्लासम्म चुनावी माहोल तात्दा बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुर पनि त्यसबाट अछुतो छैन । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर २ मा नेताहरूको तयारी हेर्दा टिकटकै लागि रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
मकवानपुर क्षेत्र नं. २ : गठबन्धनभित्र उम्मेदवार छनोटमा सकस
गत निर्वाचनमा एमाले विजयी भएको सो क्षेत्रमा मंसिर ४ मा हुने निर्वाचनका लागि प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५ जना आकांक्षी छन् ।
अघिल्लोपटक एमालेबाट जितेर हाल एकीकृत समाजवादीमा रहेका पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), माओवादी केन्द्रका तर्फबाट रामनारायण बिँडारी र नेकपा एमालेबाट केन्द्रीय सदस्य रामेश्वर राना एवं बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौला आकांक्षी छन् ।
उक्त क्षेत्रमा ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा स्वयं विजयी भएका थिए । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रही विजयी भएका खतिवडा नेकपा एमाले विभाजन भएसँगै नेकपा एसमा छन् ।
तत्कालीन समयमा नेता खतिवडाले ४६ हजार ४८१ मत प्राप्त गर्दा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् । खतिवडा १२ हजार ३९१ मतको फराकिलो अन्तरले विजयी भएका थिए ।
उक्त निर्वाचन क्षेत्रबाटै नेकपा माओवादी केन्द्रका तर्फबाट रामनारायण बिडारीले पनि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनावमा लड्ने आकांक्षा व्यक्त गरेका छन् ।
०४८ सालको निर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनेर पराजित भएका उनी हाल राष्ट्रिय सभाका सदस्य समेत रहेका छन् । कांग्रेस सहमहामन्त्री डिना पनि प्रतिनिधिसभा सीट नछाड्ने पक्षमा छिन् । गठबन्धनभित्रै केन्द्रीय राजनीतिमा प्रभाव रहेका ३ नेता आमनेसामने भएका छन् । कसले टिकट पाउँछ भन्ने यकिन भइसकेको छैन ।
विरोध खतिवडाको नाम पार्टीबाट अगाडि बढ्यो, कांग्रेस–माओवादीमा छटपटी
केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन जिल्ला कमिटीमा सिफारिश भइसकेको छ ।
एकीकृत समाजवादीले खतिवडाको नाम अगाडि सारेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा छटपटी बढेको देखिन्छ ।
गत निर्वाचनमा नेकपा एमाले र माओवादीको चुनावी तालमेल हुँदा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ खतिवडालाई छाडेको थियो । नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान प्रदेश सभा निर्वाचनमा होमिएकी थिइन् ।
अघिल्लोपटक कांग्रेसले एउटा क्षेत्रमा राप्रपाका कमल थापालाई सघाएको थियो भने अर्को क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो । कांग्रेस–राप्रपा तालमेल तत्कालीन वाम गठबन्धनलाई पछाडि पार्न असफल रह्यो ।
सोही कारण पनि कांग्रेस जुनसुकै हालतमा मकवानपुरमा कमब्याक गर्न चाहन्छ । माओवादीले पनि यसपटक प्रतिनिधि सभा क्षेत्र छाड्न चाहेको छैन ।
जिल्लामा आ–आफ्नो दाबी भए पनि केन्द्रकै निर्णय लागू हुने गठबन्धनका नेताहरू बताउँछन् । सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कृष्ण सिटौला नेतृत्वको कार्यदलले काम गरिरहेको छ ।
एमाले आफ्नो गढ जोगाउने रणनीतिमा
मंसिर ४ मा हुने निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा एमालेका २ नेताले आकांक्षा देखाएका छन् ।
एमालेको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना र बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौलाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा देखाएका हुन् । राना एमालेभित्र स्वच्छ छवि भएका भएका पाका नेताका रूपमा चिनिन्छन् भने बर्तौला विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका नेता हुन् ।
गत स्थानीय निर्वाचनबाट पार्टीभित्र पनि युवालाई अवसर दिनुपर्छ भन्दै दबाब बढेकाले बर्तौलाको सम्भावना बढेको छ । एमाले र माओवादीको गठबन्धन हुँदा २०७४ को निर्वाचनमा सो क्षेत्रमा पर्ने मकवानपुरको राक्सिराङ गाउँपालिकाबाहेक अन्य सबैमा एमाले र माओवादी केन्द्रको गठबन्धनकै बर्चस्व रहेको थियो ।
राक्सिराङमा कांग्रेसले नेतृत्व लिँदा थाहा नगरपालिकामा माओवादी केन्द्र र अन्य सबैमा एमाले विजयी भएको थियो । उक्त गठबन्धन लामो समय टिक्न नसक्दा र एमालेभित्रैबाट माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन हुन पुग्यो । त्यसको असर ०७९ को स्थानीय निर्वाचनमा देखिन पुग्यो । २०७४ मा एमाले विजयी भएको क्षेत्रमा समेत हालको सत्तारुढ गठबन्धन हावी हुन पुग्यो ।
२०७९ को निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष र इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा मात्र एमालेले जितेको छ । दलहरूको एकल मत हेर्दा भने एमाले अगाडि देखिन्छ ।
उक्त क्षेत्रमा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले ३४ हजार २४०, नेकपा माओवादी केन्द्रले २२ हजार ६ सय ७ र नेकपा एकीकृत समाजवादीले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा थाहा नगरपालिका तथा मनहरि, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका पर्छन् । साथै हेटौंडा उप–महानगरपालिकाको पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फका वडाहरू ५, ६, ७, ८ पनि यही क्षेत्रमा पर्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई गए राति १...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने तयारी गरेको छ । त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठक पार्टी कार्यालय...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले प्रतिनिधि सभामा प्र...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...