×

NMB BANK
NIC ASIA

‘झिँगेदाउ’ प्रिमियरमा भुवनदेखि स्वस्तिमासम्म, अग्र्यानिक कथा भन्दै फिल्मको प्रशंसा

भदौ १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ’को बुधवार बेलुका राजधानीमा प्रिमियर शो गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलादेखि स्वस्तिमा खड्का, रीमा विश्वकर्मासम्म बिग मुभिज पुगेका थिए । 

Muktinath Bank

चलचित्र हेरिसकेपछि अधिकांशले यसको कथावस्तु, कलाकारहरूको अभिनय र निर्देशकीयलगायतको पाटोको खुलेर प्रशंसा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘झिँगेदाउ’ उत्कृष्ट पारिवारिक फिल्म बनेको बताए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘फिल्म पारिवारिक, मनोरञ्जनात्मक छ । इमोशनल पनि छ । म्यासेज ओरेन्टेड पनि छ । सबै परिवारले हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’ 


Advertisment
Nabil box
Kumari

धेरैपछि प्रिमियरमा पुगेका अभिनेता दीपकराज गिरीले ‘झिँगेदाउ’ जस्तो फिल्मलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राखे । उनले यसप्रकारका राम्रा फिल्म कमै बन्ने गरेको र यो फिल्म हेर्न छुटाउन नहुने पनि बताए । ‘प्रस्तुित एकदमै अग्र्यानिक छ । यो फिल्मलाई हामी सबैले सहयोग गर्नुपर्छ । हाम्रो गाउँघर सम्झाउँछ फिल्मले’ दीपकराजले भने, ‘फिल्मले बोर गर्दैन । पैसा खेर जाँदैन ।’

Vianet communication
Laxmi Bank

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फिल्मलाई अग्र्यानिक भनिन् । उनले धेरैपछि मौलिक र अग्र्गानिक फिल्म हेर्न पाएको बताउँदै कलाकारहरूको काम निकै राम्रो रहेको बताइन् । 

अभिनेता रमेश उप्रेतीले फिल्मले आफूलाई मनमा छोएको बताए । अभिनेत्री स्वस्तिमा खड्काले धेरैपछि अग्र्यानिक, फरक शैलीमा बनेको फिल्म हेर्न पाएको बताइन् । उनले भनिन्, ‘गाउँघरको कथा हुँदाहुँदै पनि कलरफूल र रमाइलो तरिकाले बनाइएको फिल्म छ । एकदमै रमाइलो लाग्यो ।’ उनले अर्गानिक कथालाई कमर्सियल शैलीमा बनाइएको प्रतिक्रिया दिइन् । उनले कलाकारहरूको अभिनयको समेत खुलेर प्रशंसा गरिन् । 

अर्की अभिनेत्री रीमा विश्वकर्माले फिल्म उत्कृष्ट बनेको बताइन् । उनले भनिन्, ‘ज्ञानेन्द्रजी जत्तिको अनुभवी निर्देशकबाट यतिसम्मको फिल्म आउँछ भन्नेमा म विश्वस्त थिएँ । मलाई एकपटक हेरेर मन भरिएको छैन । अब स–परिवार हेर्न आउनेवाला छु ।’ 

अभिनेत्री मिथिला शर्माले पनि फिल्म एकदमै मनपरेको बताइन् । उनले फिल्मकी चरित्र अभिनेत्री हिउँवाला गौतमको खुलेर प्रशंसा गरिन् । ‘फिल्ममा हिउँवाला गौतम बहिनीको साधना छर्लङ्ग देखिएको छ । ज्ञानेन्द्र भाइले अत्यन्तै राम्रो फिल्म बनाउनुभएको छ । सबै टिमलाई बधाई । हाँस्दा–हाँस्दै सबैको मुटु समाइदिनुभयो’, मिथिलाले भनिन् । 

निर्देशक आकाश अधिकारी, नरेश पौड्याल, उज्जवल घिमिरे, मोडल गरिमा शर्मालगायतले पनि फिल्मको खुलेर प्रशंसा गरे । 

भीमनिधी तिवारीको कथा कृतिमा आधारित रहेर निर्माण गरिएको ‘झिँगेदाउ’लाई पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । 

फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा, कुशल विष्ट, हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजालगायतको अभिनय छ । प्रिमियरमा फिल्मका अधिकांश कलाकारहरू उपस्थित थिए । 

प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाबाट फिल्मप्रति विश्वास अझ बढेको अभिनेत्री केकीले बताइन् । उनले फिल्म इन्टरटेनिङको प्याकेज रहेको बताइन् । केकीले भनिन्, ‘पछिल्लो समय अर्गानिक भनिएको तर इन्टरटेनिङ तत्व नभएको वा इन्टरटेनिङ तत्व भएको तर अर्गानिक कथा नभएको भन्ने कुरालाई ‘झिँगेदाउ’ले पूरा गरेको छ भन्नुभयो सबैले । मैले पनि आज दर्शक भएर हेर्दा त्यही पाएँ ।’ 

अभिनेत्री आँचल शर्माले पनि दर्शक भएर फिल्म हेर्दा एकदमै रमाइलो लागेको प्रतिक्रिया दिइन् । आँचलले भनिन्, ‘म आफैँले दर्शक भएर हेर्दा हरेक पात्र र पात्रको अभिनयले बाँधेर राख्यो । घरभित्र र बाहिरको फ्रेम उत्तिकै सुन्दर छन् । समग्रमा सिंगो फिल्म नै राम्रो र बलियो इन्टरटेनिङ बनेको छ भन्ने लाग्यो ।’ 

अभिनेता मुकुन भुषाल र कुशल विष्टले हलमा आएर मनोरञ्जन लिन चाहने सबैलाई ‘झिँगेदाउ’ हेर्न छुटाउन नहुने बताए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x