×

NMB BANK
NIC ASIA

यसरी बनेको रहेछ ‘प्रेम गीत ३’, निर्माता एवं निर्देशक सेनले सम्झिए त्यो क्षण

भदौ २०, २०७९

NTC
Premier Steels

निर्माता एवं निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’ निर्माणको क्षण सम्झेका छन् । उनले फेसबुकमा लामो सन्देश लेख्दै ‘प्रेम गीत ३’का लेखक एवं निर्देशक स्वर्गीय छेतन गुरुङलाई पनि सम्झेका छन् । अहिले बलिउडमा समेत चर्चा पाइरहेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतनकै सोँच रहेको उनले बताएका छन् । 

Muktinath Bank

‘उहाँले हिमालको कुरा सुनाउनुभयो, हिमाली भेगमा विस्तारै–विस्तारै प्रेमिल तरिकाले बहिरहेको प्रेम कथा सुनाइरहनुभएको थियो’ सेनले लेखेका छन् ‘हिमालबाट बहिरहेको त्यो हिउँमा मैले त प्रेम र गीत देखेँ । लोभ लाग्यो, यसमा फिल्म बनाउन पाए त !’ तर, शुरुवातमा छेतनले यो असाध्यै महँगो र खर्चिलो फिल्म हुने बताउँदै केही वर्षपछि काम गर्ने बताएको सेनले सम्झेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले त्यो जवाफमा फेरि अर्को प्रश्न गरेँ, यसमा मैले लगानी गर्ने र तपाईं निर्देशक भएर काम गरियो भने के हुन्छ ?’ सन्तोषले छेतनले नै आफूलाई निर्देशनमा ल्याएको स्मरण गर्दै अगाडि लेखेका छन्, ‘उहाँले भन्नुभयो, सन्तोष तिमी पनि मेहनत गर्ने मान्छे हो । दिनरात यसैमा भविष्य खोजिरहेको मान्छे हो । काम गरौँ मिलेर । तिमी पनि मसँग निर्देशक भएर काम गर, मेरै कथा अनि मेरो र तिम्रो निर्देशनबाट यो काम सफल हुनुपर्छ । अन्यथा गाह्रो पर्छ । सक्दिनँ कि ब्रो ।’ 


Advertisment
Nabil box
Kumari

त्यसपश्चात छेतन र सन्तोष दुई जनाको संयुक्त निर्देशनमा ‘प्रेम गीत ३’ बन्ने तय भयो । फिल्म छायाँकन भयो, रिलिज अगाडि गर्नुपर्ने कामहरू सकियो । २०७६ चैत २८ गतेका लागि रिलिज मिति तय गरियो । तर, कोरोनाका कारण सो समय फिल्म प्रदर्शनमा आउन पाएन । निर्माता एवं निर्देशक सन्तोषले छेतनको मृत्युको क्षणसमेत सम्झेका छन् । 

Vianet communication

अहिले ‘प्रेम गीत ३’ले वाहवाही पाइरहेको छ । तर, यो हेर्न निर्देशक छेतन संसारमा छैनन् । ‘अहिले संसारभरले वाहवाही गरिरहेको छ । आम नेपालीले स्यावास भनिरहेका छन्’, सेन लेख्छन्, ‘तर, यो कुरा मेरो निर्देशक दाइले देख्न पाउनुभएको छैन । सायद भगवान बनेर माथिबाट त हेर्नुभएको होला । मिसिङ यु छेतेन दाइ ।’

यस्तो छ निर्माता एवं निर्देशक सन्तोष सेनको स्टाटस्

चलचित्र ‘मेरी मामु’को छायांकन हुँदै थियो । त्यसबेला एकजना क्षमतावान ब्यक्तिसँग भेट भयो । उहाँ क्षमतावान हो भनेर नाम सुनेको त थिएँ, उहाँसँग असाध्यै बाक्लो तरिकाले भेटघाट भएको थिएन । उहाँ पनि बिजी, म पनि त्यस्तै । उहाँले गरेका कामबारे हल्ला र चर्चा सुनेको थिएँ ।

तर, मनदेखि कुरा हुने गतिलो समय पाइरहेको थिएन । कुरामा कुरा चल्दै गर्दा उहाँले भन्नुभयो, ‘म ५–७ वर्षपछि यस्तो किसिमको फिल्म बनाउने सोँचमा छु, हेरौँ कत्तिको सफल भइन्छ ।’ म पनि २४ सैँ घण्टा फिल्म र फिल्मबारे कुरा साेचेरै दिन बिताउने मान्छे परेँ । त्यो माथि फिल्म मेकर्स परेँ । उहाँले हिमालको कुरा सुनाउनुभयो, हिमाली भेगमा विस्तारै–विस्तारै प्रेमिल तरिकाले बहिरहेको प्रेम कथा सुनाइरहनुभएको थियो । हिमालबाट बहिरहेको त्यो हिउँमा मैले त प्रेम र गीत देखेँ । लोभ लाग्यो, यसमा फिल्म बनाउन पाए त !'

मैले भने, – ‘यसमा फिल्म बनाउनुपर्छ । काम गर्न सकिन्छ । ५ वर्षपछि होइन, काम शुरु गरिहाल्नुपर्छ ।’ ‘सन्तोष ? यो त असाध्यै महँगो र खर्चिलो छ, पछि गरौँला’ – उहाँले मेरो जवाफमा अर्को जवाफ दिनुभयो । मैले त्यो जवाफमा फेरि अर्को प्रश्न गरेँ– ‘यसमा मैले लगानी गर्ने र तपाईं निर्देशक भएर काम गरियो भने के हुन्छ ?’ उहाँले भन्नुभयो, – ‘सन्तोष तिमी पनि मेहनत गर्ने मान्छे हो । दिनरात यसैमा भविष्य खोजिरहेको मान्छे हो । काम गरौँ मिलेर । तिमी पनि मसँग निर्देशक भएर काम गर, मेरै कथा अनि मेरो र तिम्रो निर्देशनबाट यो काम सफल हुनुपर्छ । अन्यथा गाह्रो पर्छ । सक्दिनँ कि ब्रो ।’ 

हातमा चुरोटको ठुटो फ्याकेर अर्को सल्काउनेबित्तीकै उहाँले फेरि भन्नुभयो, – ‘क्यान वि अर नट ?’ कस्तो गाह्रो भयो, हुन्छ भन्न । मैले सायद पहिलोपटक होला, लगानी गर्नु र निर्देशनको जोखिम मोल्नु फरक कुरा रहेछ भनेर फिल गरेको । मैले काम त शुरु गर्नु, बाँकी कुरा गर्दै जाऔँला भनेर ‘मेरी मामु’को काममा लागेँ ।

समय विस्तारै बित्दै गयो, कथा बन्यो । कलाकार छान्ने काम भयो । नाम ‘प्रेम गीत ३’ बन्यो, घोषणा भयो । छायांकन भयो । माइनस २०–२१ डिग्रीमा छायांकन भयो । चैत २८ मा प्रदर्शन गर्ने भनेर रिलिज डेट तय भयो । मिडिया भेटघाट र दर्शकसँग फिल्मबारे गफगाफ र यसबारे चर्चा गर्ने तथा जानकारी गराउने काम शुरु भयो । यता लाजिम्पाटमा फिल्मको सम्पादन भइरहेको छ ।

लकडाउनबारे हल्ला चल्दैछ । हामी अलिकति रिफ्रेसमेन्ट र अर्को एक प्रोजेक्टबारे कुराकानी गर्न उहाँ, मेरो हिरो प्रदीप (खड्का)लगायत धुलिखेल गयौँ । केही दिन गफ गर्‍र्यौं । कुराकानी भयो । त्यहाँबाट फर्किएर उहाँलाई घर छोडेर म लगायत हामी आ–आफ्नो घर फर्कियौँ । रात छिपिदैँ थियो । काठमाडौं शहर विस्तारै निदायो ।

मेरो मोबाइलमा चिरपरिचित नम्बरबाट फोन आयो, म ब्युझिएँ । हेल्लो भन्न नपाउँदै मैले जे सुन्न सक्दिनँ थेँ त्यही सुनेँ । छोरा मान्छे कतिसम्म कठोर भएर जिन्दगीमा संघर्ष गर्नुपर्ने रहेछ भन्ने थाहा हुँदाहुँदै पनि गाह्रो मन हलुका बनाएर उठेँ । उहाँलाई भेट्न गएँ । भेटेँ । र, यसपटक उहाँ फिल्मबारे केही बोल्नुभएको छैन । हातमा चुरोट पनि छैन । त्यो मुस्कान पनि छैन । हेरिरहेँ, टोलाइरहेँ । गर्लम्म अंगालो मारेर भने, दाइ । धेरैबेर रोएँ । म अरुलाई सम्हाल्नुपर्ने स्थानमा मलाई सम्हाल्नुपर्ने अवस्था आयो । म सम्हालिएँ ।

‘मेरी मामु’को छायांकनका बेलामा उहाँले भन्नुभएको थियो,– ‘यदी यो फिल्म बनाउने हो भने म एक्लै सक्दिनँ ब्रो ।’ अहिले म शाहरुख, सलमान, अमिताभ बच्चनलगायतका स्टार हिँड्ने मुख्य सडक म्यारियट होटल नजिकै यो शहर हेर्दै त्यो बेला सम्झिएँ । सायद दाइलाई यति थाहा रहेछ र मलाई पनि निर्देशनमा आउनुपर्छ । तिमी पनि निर्देशनमा आयौँ भने सहज हुन्छ भन्नुभएको रहेछ । छायांकन सकाएर बाँकी सबै काम तिमीले हेर्नुपर्छ भनेर पो मलाई निर्देशनमा जर्बजस्त जोड गर्नुभएको रहेछ ।

नेपाली फिल्म यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ । मलाई नाम चाहिन्न मेकर्सले यसरी काम गर्नुपर्छ भन्दै सुझाव–सल्लाह दिने दाइ र उहाँको स्टोरीमा म विश्वस्त थिएँ । काम भयो । अहिले संसारभरले वाहवाही गरिरहेको छ । आम नेपालीले स्यावास भनिरहेका छन् । तर, यो कुरा मेरो निर्देशक दाईले देख्न पाउनुभएको छैन । सायद भगवान बनेर माथिबाट त हेर्नुभएको होला । मिसिङ यु छेतेन दाइ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x