×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने विषयमा एमाले सहमत छैनः विशाल भट्टराई

भदौ २१, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने विषयमा सहमति नभएको प्रष्ट पारेको छ । कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँगको परामर्शमै विधेयक ल्याएको भनेपछि एमालेले सहमति नजनाएको सदनमै प्रष्ट पारेको हो । 

Muktinath Bank

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै कानूनमन्त्री गोविन्द कोइरालाले ढाँटेको प्रष्ट पारे । उनले प्रतिनिधि सभाभित्र दुई खाले सांसद हुने अवस्था आउने गरी विधेयक अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने अडान राखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले यदाकदा सुने–कानुनमन्त्रीज्यू र सरकारको तर्फबाट भनिएको छ कि–प्रमुख प्रतिपक्ष दलको समर्थनमा पनि हामीले ल्याएको हो भनेर भन्नु भएछ । म सम्झना दिलाउन चाहन्छु, यही कानुनमन्त्रीज्यूले एक दिन बैठकमा बोलाउनु भएको थियो । हामीले भनको थियौँ, तपार्इंले राखेको यो प्रस्तावप्रति नेकपा एमालेको बिल्कुल समर्थन छैन । किनभने हामी यो नेपाल ऐनलाई संशोधन गर्ने क्रममा तपाईंले जे व्यवस्था गर्न खोज्नु भएको छ प्रतिनिधि सभाको कार्यकाल र प्रदेशको सभाको कार्यकाल सम्बन्धमा यस सम्बन्धमा हाम्रो गम्भिर आपत्ति छ’, उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल प्रारम्भ चाहिँ सपथ गरेकै दिनबाट हुनुपर्छ । किनभने यसभन्दा अगाडिको अभ्यास पनि त्यही हो । र, हाम्रो कार्यकालको अन्त्य कुन बेला हुने भन्ने प्रसंगमा चाहिँ खास भन्ने हो भने निर्वाचनको घोषणा भइसकेपछि प्रतिनिधि सभाको अहिलेको काम गराई हेर्दाखेरी, कोरम नपुगेको दुरूह अवस्था हेर्दाखेरी चुनावको घोषणासँगै वास्तवमा कार्यकाल सकिनु पर्थ्याे ।’


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूको मनोनयन हुने दिन प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल सकिने भएकाले सोही व्यवस्था मात्रै आफ्नो पार्टीलाई मान्य हुने भट्टराईको भनाइ थियो । ‘नोमिनेशनको अघिल्लो दिन हाम्रो प्रतिनिधि सभाको र प्रदेश सभाको कार्यकाल समाप्त हुनैपर्छ । दुई दिन भए पनि लम्ब्याएर अरु कुनै हर्कत गर्न तपाईंहरूले चाहनु भएको छ भने एमाले त्यसको विपक्षमा छ । र, हामी अनिवार्य रूपमा त्यसलाई रोक्न चाहन्छौंँ’, उनले भने ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x