×

X
Nic Asia
Marvel
Khukuri

अछामको २ नम्बर क्षेत्रको झण्डै ७ दशक लामो परिवर्तित चाहनाको यात्रा वास्तवमै उथलपुथलपूर्ण रह्यो । निकै लामो समयसम्म जंगलघाट–कालेकाँडा, भुलु, रहफ–कालेकाँडा अनि जंगलघाट–गैरीटाँड–विनायक, मंगलसेन तथा बलाता–ढकारी–मंगलसेनको हटारु युग हाम्रो इतिहासको एक स्मरणीय अध्यायका रूपमा हामीले लिएकै छौं ।

DHARA
LAxmi BAnk

पुस्तान्तरणको मानवीय चक्रअनुसार हाम्रा पूर्खाहरूले कृषि र पशुपालन युगमा जुन आफ्नो पहिचान र परिचय स्थापित गरे, त्यस कठोर मेहनतको सम्मानसहित भैसोले हाम्रो पशुपालन युगको पेशागत सफलताको अर्को नाम हो भन्नेमा हामी कहीँ कन्फ्युज छैनौं ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आवश्यक वस्त्रका लागि कपासको खेतीसँगै चर्का र चान जस्ता घरेलु फर्महरू जीवन निर्वाहको हिस्सा थिए । त्यस युगको विस्थापनसँगै लत्ताकपडा किन्न तराई झर्नुपर्ने र हिउँदमा भैसी पाल्न भित्रि मधेश झर्नुपर्ने बाध्यताले औलो–सरौटोको संघर्षमा थुप्रैले अकालमा ज्यान गुमाए ।

पशुपालनको त्यस युगमा पशुको आहार जोहो गर्दा रुख र भीरबाट लडेर ज्यान गुमाउने तथा अंगभंग हुनेहरूको संख्या सानो थिएन । बाघ, भालु जस्ता जंगली जनावरहरूको आक्रमणमा पनि निकै धेरैले ज्यान गुमाए । काठका डुंगाहरू पल्टिँदा सेती र कर्णालीमा कतिको मृत्यु भयो ।


Advertisment
Bizbazar
Saurya island

विषालु सर्पको टोकाइ, हैजा जस्ता महामारी, बाढी पहिरो, खडेरी, भूकम्प जस्ता तमाम प्राकृतिक प्रलयहरूसँगको संघर्षमा आफूलाई बचाएर पुस्तान्तरको प्रक्रिया जीवित राख्दै भविष्यका लागि सधैं आशा र विश्वाससहित सुखद जीवनको परिकल्पनामा पाइला जारी राख्ने पूर्खाको त्यो शाहसिक संघर्ष हामी कहिल्यै बिसर्न सक्दैनौं । आफ्नो कर्तव्य निभाउने क्रममा पूर्खाहरूले गरेको त्यस योगदानका लागि हामी हमेशा ऋणि छौं ।

निकै रफ्तारमा चलेको परिवर्तित समयसँगै २०१५ सालको संसदीय व्यवस्थाले राजनीति र त्यसपछिको पञ्चायत विकासको युगमा वामे सर्दै थिए, अफसोच अछाम हालको २ नम्बर क्षेत्रले त्यसको आभास पाउन सकेन । पञ्चायतभर अछामको पूर्वी दक्षिण र पश्चिम दक्षिणभाग सदरमुकामका लागि संघर्ष र त्यसको जस लिने होडमा अल्झियो ।

Vianet communication
IME BANK INNEWS

बहुदलीय व्यवस्थाको उदयसँगै हटारु युगको यात्रा छोट्टिँदै थियो । भेडा–च्याङ्ग्राको गोरेटो बाटो घोडेटोतर्फ अघि बढ्दै थियो र खासगरी हिमाली भेडाहरूको नून बोक्ने जिम्मा खच्चरहरूको काँधमा आइपुगेको थियो । ठीक त्यहीँ बेला अछामले यहाँको बासनादार माटोप्रति आफ्नो कर्तव्य निर्वाह गर्नसक्ने, स्पष्ट उद्देश्य सहितको एक राजनीतिक मुसाफिर, जसलाई हमेशा याद गर्न सकियोस्, त्यस्तो व्यक्तिको खोजी गर्‍यो, बहुदलीय व्यवस्थायता ३ दशकहरू बिते तर अछामले माटोको मर्म बुझ्ने नेतृत्व पाउन सकेन ।

आफ्नो जिन्दगीको अमूल्य समय, सुन्दर सपना र त्यही माटोका लागि समर्पित भावसहित राजनीतिक उद्देश्य बोकेको नेता पाउने कल्पना त सायद कसैले गरेकै छैनौं तर एक सामाजिक कार्यकर्ता आफ्नो जन्मभूमिप्रतिको न्युनतम दायित्व पूरा गर्न सदैव तयार होस् भन्ने चाहना पनि कसले पूरा गर्छ ? अहिलेसम्म कुनै ठेगान छैन ।

७ दशक लामो अस्तव्यस्तता र निष्क्रियताबीच पूर्वी अछाम मात्र होइन, सिंगो २ नम्बर क्षेत्र भारी उतारचढावबाट गुज्रियो । गरीबी, अभाव, विपन्नताका अतिरिक्त राजनीतिक गालीगलौजले पनि केही समय मार्केट लियो । यही अज्ञानता, अन्धविश्वास र अँध्यारोबीच हत्केलामा प्रकाश बोकेर आएको माओवादी पनि गणतन्त्रपश्चात आफ्नो सम्पूर्ण उर्जासहित उपस्थित हुन सकेन ।

त्यसो हुँदा जनताबीच आशा, भरोसा र विश्वास दिलाउन एउटा कुनै पार्टी र पार्टी भित्रको व्यक्ति जननेताको ब्राण्डका रूपमा स्थापित हुन सकेन । अहिले पनि ठीक यही बेला एउटा नेतृत्वको जोडदार खाँचो छ, जतिबेला जिल्लाको यस क्षेत्रमा जनतामा राजनीतिक पार्टी र तिनका कार्यकर्ताप्रतिको मोह भंग हुँदै गएको छ ।

हामी समस्या, चुनौती र सम्भावनाको त्रिकोणमा उभिएका छौं । किनकि एकातिर जनताको हामीप्रति मोह भंग हुँदै गएको छ । अर्कोतिर हामी निर्वाचनको उमंगमा छौं र मुख्यगरी यस क्षेत्रको मुहार फेर्न हामीलाई यतिबेला एउटा नविन क्रमभंगको जरुरी छ । जनताको मोहभंगको समस्यालाई विश्वासमा बदल्ने, आफ्नो चुनावी उमंगको चुनौतीलाई वास्तविकतामा बदल्ने र नविन क्रमभंगको सम्भावनालाई गोल गर्नुपर्ने टड्कारा विषयहरू हामीसामु छन् ।

हामी आफ्नै संसारमा छौं, समाजको युवा वर्गमा क्रान्तिकारी बदलाव आएको कुरा हामीलाई स्वीकार्न गाह्रो छ । दलहरूको दलदलकै कारण एउटा सिंगो व्यवस्थामाथि धावा बोल्ने हामी कलिला युवाहरू नै होइनौं ? हामीले सत्ताविरुद्ध सशस्त्र रूपमा धावा बोल्दा ठीक अरुले हाम्रो आचरणमाथि उठाउने प्रश्न गलत भन्ने बुझियो भने हामी सामाजिक गतिको नियम बुझ्न सक्दैनौं । यसर्थ युवा सोच, उत्तेजक प्रतिक्रिया र सामाजिक बदलाव स्वीकार गर्दै सोही अनुरूप आफूलाई ढाल्नुको विकल्प हामीसँग छैन ।

सिंगो देशभर राजनीतिक पार्टीहरूको हैसियतमा गिरावट आएको छ । हाम्रो भूमिकामाथि तेर्सिएका प्रश्नमा समाज विभक्त बन्दैछ । यस्तो अवस्थामा हामीले डटेर चुनौतीको सामना गर्दै निकै होसियारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने र जनतामाझ व्यवस्थाप्रति विश्वास कायम राख्न भूमिका खेल्नुपर्ने हुन्छ ।

गम्भीर चुनौती

एकातिर घरेलु मोर्चामा गठबन्धनको इज्जत बचाइराख्नुपर्ने बाध्यता छ, अर्कोतिर हामीलाई विकासका पूर्वाधारको जिम्मा लिनसक्ने र राष्ट्रिय स्तरको नीति निर्माणमा अब्बल मान्छे पनि चाहिएकै छ । यसअघिका जननिर्वाचितप्रतिको असन्तोष र दलहरूप्रतिको बढ्दो वितृष्णालाई मत्थर पार्दै वस्तुस्थितिलाई सन्तुलनमा राख्दै संयमतापूर्वक सम्पन्न गर्नुपर्ने तमाम कामहरू बाँकी छन् ।

राजनीति चुनौतीको कैलाशपर्वत हो, जहाँ सम्पूर्ण चुनौतीलाई एकैचोटी चट पार्ने गरी दिशानिर्देश गर्ने ‘कम्पास’ भेटिँदैन । राजनीति सम्भावनाको त्यो खेल हो, जहाँ वारेण्टी वा ग्यारेण्टी एक मिलिसेकेण्डका लागि पनि नहुन सक्छ । समग्रमा आशंका, अविश्वास र अन्यौलताका चुनौतीहरूबाट पार पाउने हो भने हामी परिवर्तनका लागि तयार छौं भन्ने सन्देश दिनैपर्ने हुन्छ ।

इतिहासमा व्यक्ति, संस्था र व्यवस्थाप्रति संकटहरू आउँछन् तर त्यसको सचेततापूर्वक समाधानका लागि तयार रहनुपर्छ । बेलायतमा १९५६ को स्वेज नहर संकटले ब्रिटिशको विश्वव्यापी सम्भ्रान्त हैसियतलाई पतन गरिदियो र शाही परिवारमा आएको १९९० को दशकको घरेलु संकट अर्को चुनौतीपूर्ण मोडमा खडा भयो ।

राज परिवारको आवश्यकता, औचित्यता र भूमिकामाथि समेत प्रश्न उठेपछि महारानी एलिजावेथले शाही परिवारले आफ्नो सम्पत्तिको ‘ट्याक्स क्लीयर’ गर्ने घोषणा गरिन् । शाही परिवार हरेक प्रकारको जाँच पड्तालबाट बाहिर रहन नसक्ने भन्दै उनले आफ्नो भाषणमा कुनै पनि संस्था र व्यक्ति जवाफदेहिताबाट बच्न नहुने घोषणा गरिन् । उनको त्यही पारदर्शिताले बेलायतको राजतन्त्र सुरक्षित रह्यो ।

नेपालका हकमा दरवार हत्याकाण्डको संकटले नारायणहिटीमाथि ठूलो चुनौती सिर्जना भयो । त्यस घटनापछि दरबारले आफूलाई पारदर्शी राख्दै जनभावना अनुरूप परिवर्तनका लागि तयार रहेको सन्देश दिनुको साटो तत्कालीन राजा ज्ञानेन्द्रले शाही शासनको घोषणा गरे, असीमित अधिकारसहित सत्तासिन हुने उनको चाहना अन्ततः जनसागरको बाढीले बगाइदियो । यसको मतलब जवाफदेहिताबाट पन्छिएर व्यक्ति वा संस्था कसैले आफ्नो आयु लम्ब्याउन सक्दैन ।

भौगोलिक संकटमा नेतृत्व

संसारका हरेक अभ्यासहरू हेर्दा नेतृत्वले भौगोलिक संकटहरूलाई गम्भीरतापूर्वक लिएको पाइन्छ । चीनले आफ्नो आधुनिक समय र इतिहासलाई तुलना गर्दै अपमानका सय वर्ष चीनका लागि पीडादायी रहेको निष्कर्षसहित महान् चीनको पुनरोदयको नारा अघि सारेको छ । अमेरिकाले अगेन अमेरिका फस्टको स्लोगान अघि सारेको छ, मस्कोले रुसको पुनरोदयलाई जोड दिएको छ ।

भारत आफ्नो प्राचीन वैभवमा फर्कने कोसिसमा छ । युरोप, अमेरिका, एशिया, अस्ट्रेलिया र अफ्रिका सबै आफ्नो इतिहासको समीक्षासहित वर्तमान र भविष्यको प्रगतिका लागि सम्पूर्ण सामथ्र्यको प्रयोगमा जुटेका छन् । त्यसको असर हरेक मुलुकभित्र त्यसका विभिन्न क्षेत्र र उपक्षेत्रहरूमा पनि छ । 

ठीक यसैगरी अछामले पनि यतिबेला इतिहासको समीक्षासहित वर्तमानमा सुधार र भविष्यको प्रगतिका लागि जवाफदेही नेतृत्वको खोजी गरेको छ । जसले वर्तमानका चुनौती पन्छाउँदै इतिहासको वस्तुनिष्ठ मूल्यांकनद्वारा भविष्यको दिशा दिन सकोस् ।

इतिहासलाई न्याय, वर्तमानलाई माया र भविष्यको सुनिश्चितता

सिंगो अछामको इतिहासलाई न्याय गर्न कैयन विषयहरूको नयाँ शिराबाट अध्ययन जरुरी छ । सामान्यतया व्यवस्थाविरुद्ध लडाइँको आधुनिक इतिहासमा बलदेव शाह (वाँकावीर) जनजिब्रोमा झुण्डिएको धन्न वाँकावीर भन्ने उक्ति पछिको वास्तविकतालाई उजागर गर्दै राणा शासनविरुद्ध वाँकावीरले बालेको विद्रोहको मशालको सम्मानसहित एउटा सालिक निर्माण जरुरी हुनसक्छ ।

अर्को राजतन्त्रविरुद्ध उभिँदा आफ्नो जीवनको आहुती दिने अछामका पहिलो शहीद टंक बोगटीको शालिक निर्माण जरुरी छ । जसले दमित, शोषित र उत्पीडितहरूका पक्षमा हमेशा आफूलाई उभ्याए र ज्यान बलिदानद्वारा आफ्नो निष्ठा र समर्पणलाई प्रमाणित गरे ।

विकासको इतिहासमा अछामले नाम लिनैपर्ने अर्का पात्र हुन् हरिप्रसाद भण्डारी । जंगलघाटमा पुल र तुर्माखाँद–कमलबजार–गैरीटाँड–मंगलसेन मोटरबाटोको ट्रयाक खोलेर पूर्वी अछामलाई विकसित बनाउने भण्डारीको धोको थियो । उनको सम्झनामा जंगलघाट वा तुर्माखाँदमा एउटा शालिक निर्माण जरुरी छ । अछामका हरेक पालिकासँग त्यस्ता कुनै न कुनै गौरवपूर्ण इतिहास, वास्तुकला, शक्तिपिठ र पुरातात्विक वस्तुहरू छन्, यस्ता थुप्रै खोजहरूलाई पूरा गर्दै हामीले अछामको राजनीतिक–प्रशासनिक–सामाजिक–सांस्कृतिक र विकासको इतिहासमाथि न्याय गर्न सक्छौं ।

गौरवपूर्ण वर्तमानका लागि समुदायको जागरण, श्रम, सीप र पेशा–व्यवसायप्रति अगाध माया गर्ने एउटा सोच हामीमा जरुरी छ । त्यसका लागि इतिहासले हामीलाई बाँकी छोडेका केही कामहरू पूरा गर्ने र केही वर्तमानका आवश्यकताहरूलाई कडीका रूपमा जोड्ने कुराले वर्तमानप्रतिको हाम्रो चासो र चिन्ता निवारण हुनसक्छ ।

तुर्माखाँदलाई अछामको ‘गेट वे’ बनाउने सपनाका लागि केही आधारहरूको शिलान्यास भएको छ । जंगलघाट पुल, तल्लो डुंगेश्वर पुल, टुनिवगर पुल, वेतान कर्णालीले निर्माण गर्ने पुलको प्रारम्भिक प्रक्रिया शुरू भएको छ । जंगलघाट पुल बढीमा ४ वर्षमा सम्पन्न हुनेछ भने अन्य ३ वटा पुलहरू आगामी ५–७ वर्षमा सम्पन्न हुनेछन् ।

अपर कर्णाली परियोजनासँगै भैरवस्थान र भुलुलाई पायक पर्ने गरी एउटा नयाँ पुल निर्माणमा दबाब दिन बाँकी छ । वेतान कर्णालीबाट तुर्माखाँद आउने मोटरबाटोका लागि आवश्यक पहल जरुरी भइसकेको छ । यति काम सम्पन्न भए यो क्षेत्र व्यापक ‘कनेक्टिभिटी’ सुविधामा रहनेछ । यही ‘कनेक्टिभिटी’को जगमा हामीले यस क्षेत्रको समृद्धि हासिल गर्दै फरक ढंगले पशुपालन युगको वैभवताको पुनरोदय गर्नसक्छौं । यही परिकल्पनालाई जति चाँडो व्यवहारमा ल्याउन सकियो, त्यही वर्तमानप्रतिको माया हुनेछ ।

जहाँसम्म भविष्यको सुनिश्चितता छ, त्यो एक दूरदर्शी नेताको काम हो । त्यसका लागि हामीसँग उपलब्ध हजारौं मेगावाट हाइड्रो, जिल्लाका विभिन्न स्थानमा रहेका माइनिङ, नदी किनारको उर्बर माटोको सदुपयोग, प्राकृतिक सम्पदा र बौद्धिक सम्पत्ति सिर्जना गर्नसक्ने जनशक्ति तयारका लागि हामीले गर्ने मेहनत मुख्य हुनेछ ।

नलेखिएका इतिहासहरूको उत्खनन् बाँकी छ, जो भविष्यको आयआर्जनको एउटा सानो स्रोतको हिस्सा बन्न सक्छन् । विनायक पञ्चदेवल, बाँच्कोटको मौलो, मष्टो, भैरव, त्रिपुरास्वरी, मंगलासैनी, वासुधारा, गाईपाला, देवल, खम्म जस्ता अनगिन्ती प्राचीन शक्तिका कथा र सांस्कृतिक प्रचलन छन्, जसले हाम्रो धार्मिक पर्यटनमा भविष्यमा टेवा पुर्‍याउन सक्छ ।

निष्कर्षमा यी सबै विषयमा चिन्तित, विषयको बोध गर्नसक्ने, संरचना निर्माणका लागि आवश्यक पहल लिनसक्ने एक लामो दौडको घोडा जस्तो नथाक्ने नेता जरुरी छ । त्यो हाम्रै पुस्ताले हामी भित्रबाटै खोज्नुपर्छ । त्यसमा हामी सफल भयौं भने हाम्रो प्रगतिलाई संसारको कुनै शक्तिले रोक्न सक्ने छैन । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x