×

NMB BANK
NIC ASIA

उपेन्द्र यादवको प्रश्न : भोलि राष्ट्रपतिले शपथ गराएन भने सरकार नै बन्दैन अनि मुलुक कहाँ जान्छ ?

असोज ५, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको बताएका छन् ।

Muktinath Bank

बुधवार पार्टी जिल्ला कमिटीको पुनर्गठन घोषणा कार्यक्रमका लागि हेटौंडामा आएका अध्यक्ष यादवले   सञ्चारकर्मीसँग कुरा गर्दै संसदले पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयकलाई पारित नगरेर संविधानको संरक्षकले नै संविधानको उल्लंघन गरेको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘हाम्रो संवैधानिक व्यवस्थामा कार्यकारी अधिकार राष्ट्रपतिमा छैन तर पनि राष्ट्रपतिले राय सुझावसहित नागरिकता विधेयक फिर्ता पठाए । फिर्ता आएको विधेयकलाई पुनः पारित गरिसकेपछि राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्थ्यो । कतिपय मुलकमा संसदले पारित गरेर पठाएको विधेयक स्वतः कानूनमा बदलिन्छ ।’


Advertisment
Nabil box
Kumari

उनले भने, ‘यो भएन, त्यो भएन भन्ने अधिकार संसदको हो, राष्ट्रपतिको होइन । उहाँसँग अप्सन छैन । संसदले पारित गरेको कुरालाई राष्ट्रपतिले  प्रमाणीकरण मात्रै गर्ने हो ।’

Vianet communication

पुरानो सरकारले ल्याएको विधेयक प्रमाणीकरण गर्न हुने तर अहिले त्यही विधेयक कमा, फुलस्टप परिवर्तन नगर्दा पनि नहुने अवस्थाबारे यादवले प्रश्न गरे । ‘यहाँ सविधानको संरक्षक राष्ट्रपति हुने लेखिएको छ तर जो संविधानको संरक्षक हुन्, उसैले सविधानको उल्लंघन गरे । यस्तो कार्य निरन्तरता रह्यो भने भोलि आउने दिनमा सरकार, संसद र राष्ट्रपतिबीच द्वन्द्व पैदा हुन्छ  । भोलि राष्ट्रपतिले शपथ ग्रहण गराएन भने के हुन्छ ? राष्ट्रपतिले शपथ ग्रहण गराएन भने सरकार नै बन्दैन अनि मुलुक कहाँ जान्छ ?’ उनले प्रश्न गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x