असोज ७, २०८०
मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ...
असोज ६, २०७९
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारदेखि नेपाल, भारतसँगै विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउँदै गर्दा निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमा एउटा लामो स्टाटस लेखेका छन् ।
उनले आफूहरूले गरेको काम व्यवसाय भन्दा पनि चलचित्र उद्योगको विकास र स्तरोन्नतिको लागि एक नेपाली निर्माताको जिम्मेवारी र कर्तव्य पनि भएको बताएका छन् । सेनले एउटा नेपाली चलचित्र संसारभरका १ हजारभन्दा धेरै हलमा लाग्दै गर्दा राजनीतिक दलका नेताहरू यसबारे किन बेखबर होलान् भनेर गुनासो समेत गरेका छन् ।
उनी लेख्छन्, ‘एउटा नेपाली चलचित्र संसारभरका १ हजारभन्दा धेरै हलमा लाग्दैछ । हिन्दी भाषामार्फत नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गरेको छ । तर, अनावश्यक एकले अर्कालाई गाली गर्ने, सधै सत्ताको लागि लडाइँ गर्ने राजनीतिक दलका नेताहरू यसबारे बेखबर किन हुनुभएको होला ? चलचित्र उद्योगको स्तरोन्नतिका लागि उहाँहरूको कुनै पनि दायित्व छैन र ? चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपालीहरू आश्रित छन् भन्ने किन उहाँहरूलाई अहिलेसम्म मनन् भएन होला ? हामीहरूको यो सफलतामा उहाँहरूले हौसलास्वरुप केही धारणा राख्ने, समाजिक सन्जालहरूमार्फत हामीहरूका लागि थप प्रेरणा दिने किसिमका कुनै पोस्टहरू राख्नुपर्ने होइन ?’
भारतमा मुख्यमन्त्री, मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूले चलचित्रबारे निरन्तर चासो दिइरहेको समेत सन्तोषले बताएका छन् । त्यहाँका व्यापारी, उद्योपतिहरूले पनि चासो दिइरहेको उनको भनाइ छ । ‘तर, स्वयं मेरो देशका नेता तथा मन्त्रीहरू कता हुनुहुन्छ खै !’, सन्तोषले लेखेका छन् ।
सन्तोषले चलचित्रकर्मीहरूको दुःख र पीडा बुझ्ने आफूहरूको अभिभावक संस्था चलचित्र विकास बोर्डले दर्शकहरूको मागअनुसार चलचित्र हललाई सौहार्दपूर्ण वातावरणमा चलचित्र लगाउने वातावरण बनाइदिन पनि स्टाटसमार्फत अनुरोध गरेका छन् ।
मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ...
नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्न...
यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष ...
दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ । य...
गोर्खालीको भेष हेर कति राम्रो लाग्छ मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...
निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...